Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मुस्ताङ दुर्घटनाका घाइते भन्छन्-ढालाले ढ्याम–ढ्याम च्याप्यो

काठमाडौं । हामी काम गर्ने ठाउँमा जहिल्यै टिपर चढेर ओहोरदोहोर गथ्र्यौं । शुक्रबार पनि खाना खाएर काममा जाँदै थियौं । हिँडेर जाँदा ४५ मिनेट लाग्छ । शुक्रबार टिपरमा बालुवा भरी थियो । हामी ३०–३२ जना कामदार थियौं । म दाङको सुरवीर चौधरीको काखमा बसेको थिएँ । रोल्पा लिवाङको अर्जुन घर्ती र प्रसाद पुनलाई अंगालो हालेर जिस्किँदै थिएँ । हामी त्यसरी नै कहिले ढुंगा, कहिले बालुवामाथि बसेर जान्थ्यौं । कोरला जाने पुरानो बाटोबाट टिपर गुडेको थियो । टिपर न्युट्रलमा थियो जस्तो लाग्छ । एकछिनमा झ्याक–झ्याक गर्दै ओरालोतिर गयो । अाजको कान्तिपुरमा खबर छ-ब्रेक नलागेपछि गुल्टियो । पछाडिको ढालामा लक लागेको रहेनछ, ढ्याम–ढ्याम भयो । ढालाले धेरै मान्छे च्याप्यो । अलि तल पुगेर गाडी पर्लङ्गै पल्टियो । त्यसपछि के भयो, मलाई केही थाहा भएन । १५–२० मिनेट बेहोस भएछु । उठेर हेर्दा जताततै लासैलास थियो । मेरो माइलो भाइ सन्त घर्तीमगर पनि दुर्घटनामा बित्यो । जिस्किँदै, चल्दै आएका तीनै जना बिते । हाम्रै साथीभाइले हामीलाई उद्धार गरे । घेलुङबाट नर्स पनि आए । घटनास्थलमै १९ जनाले ज्यान गुमाइसकेका थिए । ड्राइभर लाइसेन्सवाला नै हो । बरु लाइसेन्स नहुने अरू थुप्रै ड्राइभर छन् । हिजै त्यस्तो भयो । भाग्यको खेल होला । ड्राइभरले युवती काखमै बसालेर टिपर चलाएको थियो भन्ने कुरा पनि आएको छ । हामी पछाडि थियौं । अगाडि ड्राइभरसहित तीन जना बस्ने सिटमा ७–८ जना थिए । दुई जना अपरेटर, दुई युवती, खलासी र ड्राइभर थिए । ढालाको लक भइदिएको भए पनि यति धेरै जना मर्ने थिएनन् । हामी २०५७ सालदेखि मुस्ताङमा बस्थ्यौं । बाटो खन्ने काम गथ्र्यौं । बेनीबाट कोरला जोड्ने बाटोमा ग्याबिन, पर्खाल, पुल, कल्भर्ट बनाउने काम गर्छौं । बिरुवा कन्स्ट्रक्सनमा काम गर्ने हामीजस्ताको धेरै समूह छ । दुर्घटनामा परेको दुई समूह मात्रै हो । मेरो पार्टनर रमेशका श्रीमती, दुई साला, जेठान, दिदीसासू, साढुदाइ र भदैलाई पनि यही दुर्घटनाले खायो । मेरो साँप्राको हड्डी भाँचिएको छ । अन्तिमसम्म कम्पनीले उपचार गर्ने हो कि होइन ? ठूलो भाग्यबाट बँचियो जस्तो लाग्छ । – ऋषि घर्तीमगर (सुनछहरी गाउँपालिका, रोल्पा) (दीपक परियारसँगको कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending