Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

करोडौँको कोष बनाउँदै नेकपा, केन्द्रीय कमिटीका ४४१ नेताको वरीयताक्रम निर्धारण

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मासिक करोडौँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन । अाजको नयाँ पत्रिकामा खबर छ-महासचिव विष्णु पौडेलले नेकपाको नाममा छिट्टै पार्टी कोष सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘हामी छिट्टै नेकपाको नाममा पार्टी कोष सञ्चालन गर्दै छौँ, पौडेलले भने, ‘त्यसका लागि केही प्रक्रिया पूरा गर्न बाँकी छ ।’ लेबीबाटै मासिक  सात करोड उठाउने तयारी नेकपाले पार्टीका संगठित सदस्यहरूबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ । तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिब ३ लाखसहित ६ महिनाभित्र करिब ७ लाख नेकपाका संगठित सदस्य हुनेछन् । पार्टीको प्रस्तावित विधानमा ६ महिनाभित्र नेकपाको नयाँ संगठित सदस्यता कायम गर्ने भनिएकाले दुवैतर्फका कार्यकर्ताहरूले सदस्यता नवीकरण गरिसक्नेछन् । विधानको धारा ६२ मा एक संगठित सदस्य बराबर १ सय रुपैयाँ मासिक लेबी उठाउने प्रस्ताव गरिएकाले करिब ७ करोड रुपैयाँ पार्टी कोषमा जम्मा हुने नेकपाले अनुमान गरेको छ । तर, लेबीको पैसा थोरै प्रतिशत तल्ला कमिटीहरूले राखेर केन्द्रीय कोषमा जम्मा गर्नेछन् ।
४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले र माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूको पुरानै वरीयताअनुसार नाम राखिएको छ ।
पार्टी चलाउन  चन्दा र परियोजनाबाट पैसा नेकपाको विधानमा ७ प्रकारले प्राप्त रकमबाट कोषमा रकम जम्मा गरेर पार्टी सञ्चालनको प्रस्ताव गरिएको छ । जसअनुसार तोकिएको शुल्क र लेबीबाट, चन्दा सहयोगबाट, प्रकाशन बिक्री वितरणबाट, पार्टी सम्पत्तिको परिचालनबाट, विशेष कार्यक्रम या अभियानबाट रकम संकलन गरिने उल्लेख छ । त्यस्तै, पार्टीको लगानीमा सञ्चालित परियोजनाबाट र पार्टी एकताबाट प्राप्त रकमबाट कोष सञ्चालन हुने विधानको धारा ६२ मा उल्लेख छ । विनियमबाट  कार्यकर्ता संरक्षण कोष नेकपाले विधानको धारा ६३ मा कार्यकर्ता संरक्षण कोष सञ्चालनको व्यवस्था गरेको छ । छुट्टै विनियमअनुसार सञ्चालन गरिने त्यस्ता कोष केन्द्रीय कमिटीको अनुमति लिएर प्रदेश र जिल्ला तहमा पनि सञ्चालन गर्न पाइने उल्लेख छ । तत्कालीन एमालेले ईश्वर पोखरेल संयोजक रहेको पार्टी कार्यकर्ता संरक्षण कोष बनाए पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । यद्यपि, कोषमा भने सवा करोड रुपैयाँ रहेको छ । तत्कालीन माओवादी केन्द्रमा भने त्यस्तो कोष नरहे पनि पार्टी कोषबाटै आपत्विपत्मा परेका कार्यकर्तालाई सहयोग गर्ने गरिएको केन्द्रीय कार्यालय सचिव प्रह्लाद बुढाथोकीले बताए । कोषमा तत्काल  साढे १२ करोड पार्टी एकतासँगै नेकपाको नाममा तत्काल साढे १२ करोड रुपैयाँ जम्मा हुने भएको छ । नवगठित पार्टीको नाममा खाता खुलेलगत्तै तत्कालीन एमालेबाट पार्टी कोषको ११ करोड र कार्यकर्ता संरक्षण कोषको सवा करोड जम्मा हुनेछ । तर, तत्कालीन माओवादी केन्द्रबाट भने कति रुपैयाँ जम्मा हुने कुनै टुंगो छैन । यद्यपि, केही रकम जम्मा गरिने माओवादी नेताहरूको भनाइ छ । साबिक एमाले १२ करोड  नाफामा, माओवादी घाटामा तत्कालीन एमालेको पार्टी कोष नाफामा छ भने माओवादी केन्द्रको पार्टी कोष घाटामा छ । साबिक एमालेको कोषमा अहिले ११ करोड र कार्यकर्ता संरक्षण कोषमा सवा करोड रहेको तत्कालीन लेखा आयोगका सचिव खेम पौडेलले बताए । उता, माओवादी केन्द्रको कोष भने घाटामा रहेको छ । ‘हाम्रो कोष घाटामा छ, सापट गरेर पार्टी चलाउँदै आएका थियौँ, तत्कालीन माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘तत्कालीन एमालेले जस्तो हाम्रोमा व्यवस्थित ढंगले लेबी नउठ्दा घाटामा पार्टी चलाउँदै आयौँ, अहिलेचाँहि २/४ महिनायता सांसद भएका साथीहरूको केही लेबी कोषमा जम्मा भएको छ ।’ तल्ला कमिटीले  पनि कोष चलाउने नेकपाको विधानमा सबै प्रदेश तथा स्थानीय पार्टी कमिटीहरूले पनि पार्टी कोष चलाउन पाउने व्यवस्था गरेको छ । ‘प्रदेश तथा स्थानीय पार्टी कमिटीहरूले आफ्नो कमिटीका तथा मातहतका कमिटीका सदस्यता शुल्क एवं लेबी र शुभचिन्तकहरूको सहयोग संकलन गरी आफ्नो तहको कोष सञ्चालन गर्न सक्नेछन् ।’ विधानमा भनिएको छ ।
हाम्रो कोष घाटामा छ, सापट गरेर पार्टी चलाउँदै आएका थियौँ, तत्कालीन एमालेले जस्तो हाम्रोमा व्यवस्थित ढंगले लेबी नउठ्दा घाटामा पार्टी चलाउँदै आयौँ, अहिलेचाहिँ दुई/चार महिनायता सांसद भएका साथीहरूको केही लेबी कोषमा  जम्मा भएको छ
यस्तो बन्दै छ विधान केन्द्रीय कमिटीका ४४१ नेताको वरीयताक्रम निर्धारण नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ४४१ केन्द्रीय नेताकै वरीयताक्रम निर्धारण गर्ने भएको छ । वरीयता निर्धारणमा सहजताका लागि नेकपाले सदस्यहरूको राजनीतिक पृष्ठभूमिसहितको व्यक्तिगत विवरण संकलन गरिरहेको छ । नेकपाको विधानले पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयताक्रम निर्धारण र कार्यविभाजन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको छ । विधानको धारा १९ मा केन्द्रीय कमिटीका अधिकारबारे भनिएको छ, ‘केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम निर्धारण गर्ने र कार्यविभाजन गर्ने ।’ स्थायी समिति सदस्यहरूको अन्तिम सुझाब समेटेर विधान प्रकाशन गर्ने नेकपाको तयारी छ । तर, सबै सदस्यको वरीयता निर्धारण गर्ने कि नगर्ने निर्णय केन्द्रीय कमिटीले नै गर्नेछ । राजनीतिक पृष्ठभूमिसहितको अभिलेख संकलन पार्टी एकीकरणलगत्तै नेकपाले ४४१ केन्द्रीय सदस्यहरूको अभिलेख संकलनलाई तीव्रता दिइरहेको छ । केन्द्रीय सदस्यहरूले राजनीतिक पृष्ठभूमिसहितको व्यक्तिगत विवरण उल्लेख गरेर केन्द्रीय सचिवालयलाई बुझाइरहेका छन् । सबै सदस्यको अभिलेख संकलन भइरहेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । व्यक्तिगत विवरणभित्र केन्द्रीय सदस्यहरूले शैक्षिक योग्यता, रुचि, प्रकाशित कृति, पारिवारिक विवरण, संक्षिप्त राजनीतिक पृष्ठभूमि, पार्टी सदस्यता प्राप्त मिति र नम्बर उल्लेख गरेका छन् । नौजनाको मात्र वरीयता,  सबैको वर्णानुक्रममा नाम नेकपामा अहिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ९ सदस्यीय सचिवालयका नेताहरूको मात्र वरीयता निर्धारण गरिएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले र माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूको पुरानै वरीयताअनुसार नाम राखिएको छ । तर, केन्द्रीय सदस्यहरूको भने वर्णानुक्रमअनुसार राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending