Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

करोडौँको कोष बनाउँदै नेकपा, केन्द्रीय कमिटीका ४४१ नेताको वरीयताक्रम निर्धारण

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मासिक करोडौँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन । अाजको नयाँ पत्रिकामा खबर छ-महासचिव विष्णु पौडेलले नेकपाको नाममा छिट्टै पार्टी कोष सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘हामी छिट्टै नेकपाको नाममा पार्टी कोष सञ्चालन गर्दै छौँ, पौडेलले भने, ‘त्यसका लागि केही प्रक्रिया पूरा गर्न बाँकी छ ।’ लेबीबाटै मासिक  सात करोड उठाउने तयारी नेकपाले पार्टीका संगठित सदस्यहरूबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ । तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिब ३ लाखसहित ६ महिनाभित्र करिब ७ लाख नेकपाका संगठित सदस्य हुनेछन् । पार्टीको प्रस्तावित विधानमा ६ महिनाभित्र नेकपाको नयाँ संगठित सदस्यता कायम गर्ने भनिएकाले दुवैतर्फका कार्यकर्ताहरूले सदस्यता नवीकरण गरिसक्नेछन् । विधानको धारा ६२ मा एक संगठित सदस्य बराबर १ सय रुपैयाँ मासिक लेबी उठाउने प्रस्ताव गरिएकाले करिब ७ करोड रुपैयाँ पार्टी कोषमा जम्मा हुने नेकपाले अनुमान गरेको छ । तर, लेबीको पैसा थोरै प्रतिशत तल्ला कमिटीहरूले राखेर केन्द्रीय कोषमा जम्मा गर्नेछन् ।
४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले र माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूको पुरानै वरीयताअनुसार नाम राखिएको छ ।
पार्टी चलाउन  चन्दा र परियोजनाबाट पैसा नेकपाको विधानमा ७ प्रकारले प्राप्त रकमबाट कोषमा रकम जम्मा गरेर पार्टी सञ्चालनको प्रस्ताव गरिएको छ । जसअनुसार तोकिएको शुल्क र लेबीबाट, चन्दा सहयोगबाट, प्रकाशन बिक्री वितरणबाट, पार्टी सम्पत्तिको परिचालनबाट, विशेष कार्यक्रम या अभियानबाट रकम संकलन गरिने उल्लेख छ । त्यस्तै, पार्टीको लगानीमा सञ्चालित परियोजनाबाट र पार्टी एकताबाट प्राप्त रकमबाट कोष सञ्चालन हुने विधानको धारा ६२ मा उल्लेख छ । विनियमबाट  कार्यकर्ता संरक्षण कोष नेकपाले विधानको धारा ६३ मा कार्यकर्ता संरक्षण कोष सञ्चालनको व्यवस्था गरेको छ । छुट्टै विनियमअनुसार सञ्चालन गरिने त्यस्ता कोष केन्द्रीय कमिटीको अनुमति लिएर प्रदेश र जिल्ला तहमा पनि सञ्चालन गर्न पाइने उल्लेख छ । तत्कालीन एमालेले ईश्वर पोखरेल संयोजक रहेको पार्टी कार्यकर्ता संरक्षण कोष बनाए पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । यद्यपि, कोषमा भने सवा करोड रुपैयाँ रहेको छ । तत्कालीन माओवादी केन्द्रमा भने त्यस्तो कोष नरहे पनि पार्टी कोषबाटै आपत्विपत्मा परेका कार्यकर्तालाई सहयोग गर्ने गरिएको केन्द्रीय कार्यालय सचिव प्रह्लाद बुढाथोकीले बताए । कोषमा तत्काल  साढे १२ करोड पार्टी एकतासँगै नेकपाको नाममा तत्काल साढे १२ करोड रुपैयाँ जम्मा हुने भएको छ । नवगठित पार्टीको नाममा खाता खुलेलगत्तै तत्कालीन एमालेबाट पार्टी कोषको ११ करोड र कार्यकर्ता संरक्षण कोषको सवा करोड जम्मा हुनेछ । तर, तत्कालीन माओवादी केन्द्रबाट भने कति रुपैयाँ जम्मा हुने कुनै टुंगो छैन । यद्यपि, केही रकम जम्मा गरिने माओवादी नेताहरूको भनाइ छ । साबिक एमाले १२ करोड  नाफामा, माओवादी घाटामा तत्कालीन एमालेको पार्टी कोष नाफामा छ भने माओवादी केन्द्रको पार्टी कोष घाटामा छ । साबिक एमालेको कोषमा अहिले ११ करोड र कार्यकर्ता संरक्षण कोषमा सवा करोड रहेको तत्कालीन लेखा आयोगका सचिव खेम पौडेलले बताए । उता, माओवादी केन्द्रको कोष भने घाटामा रहेको छ । ‘हाम्रो कोष घाटामा छ, सापट गरेर पार्टी चलाउँदै आएका थियौँ, तत्कालीन माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘तत्कालीन एमालेले जस्तो हाम्रोमा व्यवस्थित ढंगले लेबी नउठ्दा घाटामा पार्टी चलाउँदै आयौँ, अहिलेचाँहि २/४ महिनायता सांसद भएका साथीहरूको केही लेबी कोषमा जम्मा भएको छ ।’ तल्ला कमिटीले  पनि कोष चलाउने नेकपाको विधानमा सबै प्रदेश तथा स्थानीय पार्टी कमिटीहरूले पनि पार्टी कोष चलाउन पाउने व्यवस्था गरेको छ । ‘प्रदेश तथा स्थानीय पार्टी कमिटीहरूले आफ्नो कमिटीका तथा मातहतका कमिटीका सदस्यता शुल्क एवं लेबी र शुभचिन्तकहरूको सहयोग संकलन गरी आफ्नो तहको कोष सञ्चालन गर्न सक्नेछन् ।’ विधानमा भनिएको छ ।
हाम्रो कोष घाटामा छ, सापट गरेर पार्टी चलाउँदै आएका थियौँ, तत्कालीन एमालेले जस्तो हाम्रोमा व्यवस्थित ढंगले लेबी नउठ्दा घाटामा पार्टी चलाउँदै आयौँ, अहिलेचाहिँ दुई/चार महिनायता सांसद भएका साथीहरूको केही लेबी कोषमा  जम्मा भएको छ
यस्तो बन्दै छ विधान केन्द्रीय कमिटीका ४४१ नेताको वरीयताक्रम निर्धारण नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ४४१ केन्द्रीय नेताकै वरीयताक्रम निर्धारण गर्ने भएको छ । वरीयता निर्धारणमा सहजताका लागि नेकपाले सदस्यहरूको राजनीतिक पृष्ठभूमिसहितको व्यक्तिगत विवरण संकलन गरिरहेको छ । नेकपाको विधानले पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयताक्रम निर्धारण र कार्यविभाजन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको छ । विधानको धारा १९ मा केन्द्रीय कमिटीका अधिकारबारे भनिएको छ, ‘केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम निर्धारण गर्ने र कार्यविभाजन गर्ने ।’ स्थायी समिति सदस्यहरूको अन्तिम सुझाब समेटेर विधान प्रकाशन गर्ने नेकपाको तयारी छ । तर, सबै सदस्यको वरीयता निर्धारण गर्ने कि नगर्ने निर्णय केन्द्रीय कमिटीले नै गर्नेछ । राजनीतिक पृष्ठभूमिसहितको अभिलेख संकलन पार्टी एकीकरणलगत्तै नेकपाले ४४१ केन्द्रीय सदस्यहरूको अभिलेख संकलनलाई तीव्रता दिइरहेको छ । केन्द्रीय सदस्यहरूले राजनीतिक पृष्ठभूमिसहितको व्यक्तिगत विवरण उल्लेख गरेर केन्द्रीय सचिवालयलाई बुझाइरहेका छन् । सबै सदस्यको अभिलेख संकलन भइरहेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । व्यक्तिगत विवरणभित्र केन्द्रीय सदस्यहरूले शैक्षिक योग्यता, रुचि, प्रकाशित कृति, पारिवारिक विवरण, संक्षिप्त राजनीतिक पृष्ठभूमि, पार्टी सदस्यता प्राप्त मिति र नम्बर उल्लेख गरेका छन् । नौजनाको मात्र वरीयता,  सबैको वर्णानुक्रममा नाम नेकपामा अहिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ९ सदस्यीय सचिवालयका नेताहरूको मात्र वरीयता निर्धारण गरिएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले र माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूको पुरानै वरीयताअनुसार नाम राखिएको छ । तर, केन्द्रीय सदस्यहरूको भने वर्णानुक्रमअनुसार राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending