Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

जिउँदै ‘जलाइएकी’ युवतीको मृत्यु

काठमाडाैं । बुटवलमागत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो । असार ९ गते राति ३ बजेतिर उनीमाथि आगो लागेको थियो । अनुहारभन्दा तल कम्मरभन्दा माथि जलिरहेको समयमा चिच्याउँदै धारामा पानी खन्याउन पुगेकी उनी सख्त घाइते भएकी थिइन् । उनको स्तनसहित पेट, छाती र पाखुरा जलेका थिए । अाजको अन्नपूर्णमा खबर छ-अर्धचेत अवस्थामा रहेकी उनलाई छिमेकीको सहयोगमा लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि ल्याएको थियो । अस्पतलले उपचार गर्न नसकिने भन्दै पाल्पा मिसनमा रिफर ग¥यो । मिसनले दुई दिनपछि काठमाडौं रिफर गरेएकी समीक्षाको कीर्तिपुर अस्पतालमा २० गते मृत्यु भएको थियो । परिवारका अन्य सदस्यले कोठामा आगो लागेर उनी जलेको बताउँदै आएका छन् । तर घाइते समीक्षाले सानीआमासँग हजुरआमाले मट्टितेल खन्याएको बताइएको दाबी गरिएको छ । घटनाको प्रकृतिले समेत आगो लगाइएको संकेत गरेको प्रहरीको भनाइ छ । समीक्षाका बाबुले सौतनी आमा भिœयाएपछि उनी मावलीघर बस्दै आएकी थिइन् । झण्डै १५ वर्षपछि गत तिहारदेखि घर बस्न थालेकी उनीमाथि सौतेनी आमा, हजुरआमा र हजुरबुवाले यातना दिँदै आएका छिमेकीले बताएका छन् । उनका बुवा ड्राइभर हुन् । घटनाको दिन समीक्षाले इराकमा रहेकी आमा मीनासँग आफूलाई मार्ने तयारी गरेको भन्दै सुनाएको बताइएको छ । ‘मलाई फोन गरेर मार्न खोजेका छन् भनेकी थिई, मैले रातिको समयमा कता जा भन्नू, आमा मीनाले भनिन् । उनी घटनापछि नेपाल फर्किएकी छन् । समीक्षाले आफ्नी आमामाथि अन्याय भएको भन्दै आवाज उठाउँदै आएकी थिइन् । यो कुरा परिवारका अन्य सदस्यलाई चित्त बुझेको थिएन । कक्षा १० पढ्दै गरेकी समीक्षाले नागरिकता बनाइदिन आग्रह गरेपछि उनीहरूको आक्रोश बढेको थियो । त्यही रिसमा ‘हत्या’का लागि मट्टितेल छर्किएर जलाउने प्रयास भएको आमा मीनाले आरोप लगाइन् । घटनाको किटानीपछि इलाका प्रहरी कार्यालय सालझण्डी र बुटवलले अनुसन्धान थालेका छन् । मृत्यु नहुँदासम्म यो घटना सार्वजनिक गरिएको थिएन । प्रहरीले सामान्य आगलागीको मुचुल्का उठाएर बसेको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान गरिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending