Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

साउदीमा नेपाली युवकको करेन्ट लागेर मृत्यु

रोल्पा। स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् । पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्युवरण गरेको पारिवारिक स्रोतले जनाएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीका २३ वर्षीय युवा रामचन्द्र पुनको गत असार १८ गते भएको मृत्युले विदेशमा काम गर्ने रोल्पालीको जोखिम झनै प्रष्टयाएको छ । विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । आव ०७२÷०७३ मा वैदेशिक रोजगारीमा गएका छ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए । यसैगरी, आव ०७३÷०७४ मा खाडी गएका चार हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो । चालू आवमा समेत मृत्यु ठूलो संख्याका रोल्पाली युवाले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएको बताइएको छ । यसरी विदेश जान बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकको रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन् । जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो संख्याका रोल्पालीको मृत्यु, घाइते र अंगभंग भएर स्वदेश फर्किने गरेका छन् । यसरी विदेशिनेमध्ये अधिकांश १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ । शुरुवातमा पुरुष मात्र विदेश जाने गरेकोमा पछिल्ला दिनमा महिलासमेत विदेश जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य हुने गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: