Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

अोली सरकारले घटुवा गरिदिने चेतावनीपछि पाँच एआइजीले दिए राजीनामा

१४ माघमा बढुवा सशस्त्रका डिआइजी जानकीराम भट्टराई, निराकारमविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठले पाँच वर्षे पदावधिका कारण ११ चैतमा अवकाश पाउँदै थिए । त्यो वेलासम्म सशस्त्रमा एआइजीका ६ दरबन्दीमा ६ जना नै बहाल थिए । अाजको नयाँ पत्रिकामा खबर छ-एउटा पनि दरबन्दी खाली थिएन । त्यसैले पाँचजनालाई एकैपटक एआइजी बनाउन पाँच दरबन्दी थपेर ११ पु-याइएको थियो । तत्कालीन गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा १४ माघमा दरबन्दी थपेर उसै दिन पाँचजनालाई बढुवा गरिएको थियो । यसरी फाजिलमा परे बढुवा भएका पाँचै एआईजीले दुई दिनपछि दज्र्यानी चिह्न लगाए, तर जिम्मेवारी पाएनन् । लगत्तै बसेको देउवा नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेश प्रहरी प्रमुखको रूपमा डिआइजीलाई खटाउने निर्णय ग-यो । त्यसअघि एआइजी खटाइएको थियो । नयाँ निर्णयपछि पनि नेपाल प्रहरीका सातै एआइजीहरू पशुपति उपाध्याय, विजयलाल कायस्थ, केशरीराज घिमिरे, कमलसिंह बम, मधुप्रसाद पुडासैनी, रणबहादुर चन्द र माधवप्रसाद नेपाल सेवाअवधि रहेसम्म फिल्डमै रहे । त्यसपछि मात्र डिआइजी खटिए । तर, सशस्त्रका पाँच एआइजी भने तत्कालै ‘फाजिल’मा परे अर्थात् भूमिकाविहीन भए । अहिलेसम्म जिम्मेवारविहीन रहेका उनीहरूले हल्चोक गएर हाजिर गर्नेसम्म मात्र व्यवस्था थियो । घटुवा गर्ने चेतावनी नवनिर्वाचित केपी ओली सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ बाट ४ मा घटाएपछि सशस्त्रमा पनि घटाउनुपर्ने बहस चल्यो । यसरी सशस्त्रको एआइजीको दरबन्दी ११ बाट घटाएर २ मा झारियो । भूमिकासहित बहालमा रहेका ६ जनामध्ये शैलेन्द्र खनाल आइजिपी भए, दुईजनाले अवकाश पाए भने बाँकी तीनजना अहिलेसम्म भूमिकामै बहाल छन् । उनीहरूको हकमा सेवाअवधि सकिएपछि दरबन्दी स्वतः खारेज हुने व्यवस्था गरिएको छ । तर, भूमिकाविहीन पाँचजनासँग भने गृहले राजीनामा माग्दै आएको थियो । तर, बरु न्यायका लागि अदालत जाने भन्दै उनीहरूले राजीनामा दिन इन्कार गर्दै आएका थिए । अनि दिए राजीनामा राजीनामा दिन इन्कार गरेमा पाँचैजना एआइजीको बढुवा नै खारेज गरिदिने चेतावनी गृहले दिएको थियो । उनीहरूलाई मन्त्रालयमा बोलाएर गृहसचिव प्रेमकुमार राईले चेतावनी दिएका थिए, ‘राजीनामा नदिए एआइजी अर्थात् विशिष्ट श्रेणीबाट अवकाश हुनेछ, नदिए डिआइजी अर्थात् प्रथम श्रेणीबाट पदमुक्त गरिनेछ ।’ यहीबीचमा बुधबारको मन्त्रिपरिषद् बैठकले गत १४ भदौयता शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय ग¥यो । झस्किएका पाँचै एआइजीले तत्कालै राजीनामा दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending