Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सरकार किन यति निष्ठुर ?

काठमाडौं । मानवशास्त्री सुरेश ढकाललाई दिनहुँजसो महांकाल–कीर्तिपुर ओहोरदोहोर गर्नुपर्छ । यस क्रममा सामना गर्नुपर्ने बाटोको हिलो–धूलोले उनलाई दिक्क पार्छ । संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्ने हक हुनेछ भनेर लेखिए पनि दिनहुँ लाखौं नगरवासीको फोक्सोमा धूलो र धूवाँका असंख्य कण छिरिरहेको देख्दा उनी जिल खान्छन् । अाजको कान्तिपुरमा खबर छ-‘अचेल बर्खाको बेला छ, हिलोले इज्जतै लिन्छ,’ उनी भन्छन्, ‘चाबहिलको बाटो त झन् बेहाल छ ।’ महांकाल पुग्न उनी गोपीकृष्ण हल हुँदै कपन जाने बाटो लाग्छन् । यो सास्तीका उनी प्रतिनिधि पात्र मात्र हुन्, उपत्यकाका आममानिस दिनहुँ यस्तै दु:ख भोगिरहेका छन् । धारामा पानी नआउनु त पुरानो कुरा भयो, यसमा गुनासो धेरैले गर्न छाडिसके तर सडकमा पानी जमेर हिँडडुल गर्नै नपाएपछि सर्वसाधारणले भन्न थालेका छन्, ‘हाम्रा प्रधानमन्त्रीले पानीजहाज यहीँ चलाए पनि हुने नि !’ यस्तो गुनासो समाजशास्त्री ढकाल स्वयं पनि गर्छन् । ‘हामी बलियो सरकार भएपछि विकास होला भन्ने आशा गथ्र्याैं, जनताको दु:खसुख सुनिएला भन्ने ठान्थ्यौं,’ उनले भने, ‘तर सरकारले पाएको दुई तिहाइ त काम नगर्न र अटेरी हुनलाई पो हो कि जस्तो भएको छ ।’ उनको विश्लेषणमा यतिखेर जनतालाई रेल र पानीजहाज होइन, खाल्डाखुल्डी नभएको बाटो र धूवाँ–धूलो नभएको हावा चाहिएको छ । ‘तर सरकारका आँखा भुइँमै छैनन्,’ ढकाल भन्छन्, ‘नत्र भने यो हदको सास्ती बाटामा हुने नै थिएन, सरकारले केही गरिसक्थ्यो ।’ केही दिनअघि बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकको खाल्डाखुल्डी सम्याइपाऊँ भनेर स्थानीय बुद्धिजीवी र राजनीतिज्ञले जोरपाटी चोकमा विरोधसभा नै गरे । त्यस क्रममा नागरिक दबाब अभियानका संयोजक दीपकसिंह भण्डारीले बौद्ध क्षेत्रको सडक कालमार्ग हुन पुगेको भन्दै वर्षाैंसम्म पनि यो दुरवस्थालाई सरकारले नहेरेकाले आफूहरू स्वयं अब आन्दोलनमा उत्रिएको उद्घोष गरे । मानव अधिकारवादी अधिवक्ता होमकान्त चौलागार्इंले त्यस क्रममा भनेका थिए, ‘सडकले बिजोग बनाएर आम मानिसको मौलिक अधिकार नै हनन भइरहेको छ तर सरकार देखे/नदेखेझैं गर्छ ।’ कानुनविद्हरू सडकको यो दुरवस्थाले मानिसको ‘जीवनको अधिकार’ लाई नै हनन गरिरहेको तर्क गर्छन् । ‘अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको मर्मलाई ख्याल गर्दै हामीले संविधानमा प्रत्येक मानिसलाई जीवनको अधिकार हुनेछ भनेर लेख्न थालेको २०४७ सालदेखि नै हो तर यसलाई सरकारले मृत्युदण्ड नदिए पुग्छ भनेर बुझेको जस्तो छ,’ नेपाल बारका पूर्वमहासचिव सुनील पोखरेल भन्छन्। ‘केवल बाँच्नु मात्रै जीवनको हक होइन, सम्मानपूर्वक बाँच्नु नै जीवनको हक प्राप्त हुनु हो । तर यहाँ त पाइला–पाइलामा अपमान र तिरस्कार भइरहेको छ,’ उनले भने। आमनागरिकको सुखदु:खमा बेवास्ता मात्रै गरेको होइन, सरकार मानव अधिकारका आधारभूत मान्यतालाई लत्याउने स्तरमा पुगेको निष्कर्ष मानव अधिकारवादीको छ । समाचार लेखेकै भरमा पत्रकारको जागिर खोसिनु, सरकारले आफैंले गर्छ‘ भनेर वाचा गरेको चिकित्सा शिक्षा विधेयक हेरफेर गर्न‘, अदालतको आदेश पालना गर भनेर आमरण अनशन बस्दासमेत एउटी आमाको माग सुनुवाइ नहुनु, बाढीपीडितको उद्धारमा असाध्यै ढिलासुस्ती हुनु, कुनै आन्दोलन वा हुलदंगाको संकेतै नभई विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा हुनुजस्ता पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर संकेतका रूपमा लिएको आयुक्त सुदीप पाठक बताउँछन् । ‘लोकतान्त्रिक सरकार नागरिकका सुखदु:खसँग जोडिएको हुन्छ, उसले आफूले गरेका वाचा पूरा गर्छ र कसैलाई प्रश्न सोधेकै भरमा जागिरबाट वञ्चित गर्दैन,’ पाठक भन्छन्, ‘नागरिकले सर्वत्र पाइरहेको सास्तीप्रति सरकारको बेवास्ता र आफैंले पहिले गरेका वाचाको उल्लंघन देख्दा राष्ट्रिय मानव अधिकार आयोग झस्किएको छ । हामी यसको समग्रतामा अनुगमन गरिरहेका छौं ।’ सरकारले बिना कुनै आधार निषेधित क्षेत्र घोषणा गरेर विरोध प्रदर्शन गर्न पाउने नागरिकको मौलिक हक अधिकार नै हनन गरेको, प्रश्न सोध्ने पत्रकारको जागिर खाइदिएर स्वतन्त्रतापूर्वक पेसा–व्यवसाय गर्न पाउने हक खोसेको, डा. गोविन्द केसी र गंगामाया अधिकारीको सत्याग्रहलाई बेवास्ता गरेर नागरिकको शान्तिपूर्ण आवाज अनदेखा गरेको, सडकको हिलो–धुलो हटाउन कुनै पहलै नगरेर सम्मानपूर्वक बाँच्न पाउने नागरिकको हकको पालना नगरेको र बाढीपहिरोका पीडितको उद्धारमा ढिलासुस्ती देखाएर आम मानिसको जीवन रक्षा गर्ने प्राथमिक दायित्वबाट सरकार च्युत भएको पाठकले बताए । ‘सरकार चाहिएकै जनताका अधिकार र हक व्यवहारमै अनुभव गर्न पाइयोस् भनेर हो,’ पाठक भन्छन्, ‘तर यहाँ त सबैतिर कष्टमाथि कष्ट थपिँदै गएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending