Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

१६ दिनमा १३ अर्बका तीन विमान भित्रिए

काठमाडौं । असारको पहिलो साता (४ देखि १९ गते) यता मंगलबारसम्म नेपालमा तीनवटा ठूला एयरलाइन्सले १३ अर्ब रुपैयाँ हाराहारीका तीनवटा विमान थपेका छन् । नेपाल सरकारलाई बुझाएको भन्सार महसुलसहित यी विमानको लागत कम्तीमा १४ अर्ब पुग्छ । असार ४ गते निजी क्षेत्रको श्री एयरलाइन्सले करिब ८९ करोड रुपैयाँ हाराहारीमा क्यानडाली सीआरजे ल्याएको थियो भने १४ गते सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ११ अर्ब ८४ करोड हाराहारीमा एयरबसको ब्रान्ड न्यु ए३३० वाइड बडी विमान ल्याएको थियो । अाजको कान्तिपुरमा खबर छ-त्यसैगरी मंगलबार निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब ७ करोड रुपैयाँमा ७२ सिट क्षमताको टर्बोप्रोप इन्जिनयुक्त एटीआर ७२–५०० विमान थपेको छ। अब बुद्धसँग दुई प्रकार (एटीआर र बिचक्राफट) का ११ वटा वायुयान पुगेका छन्। बुद्धले यो विमान फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीमार्फत लिज पर्चेजमा ल्याएको हो। विमान बुद्धकै एटीआर पाइलट प्रमोद थापा र आर श्रेष्ठले फ्रान्सको टुलुजबाट इजिप्ट, मस्कट हुँदै काठमाडौं ल्याएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयका प्रमुख श्याम भण्डारीका अनुसार बुद्धले यो विमान ९७ लाख ९८ हजार १ सय ५७ अमेरिकी डलरमा खरिद गरेको हो। नेपाल सरकारले विमान खरिदमा १ प्रतिशत भन्सार शुल्क तोकेको छ। मंगलबार बेलुकी काठमाडौंमा अवतरण भएको एटीआर विमानको बुद्धले बुधबार १ करोड ८ लाख १४ हजार २ सय रुपैयाँ भन्सार शुल्क तिरेको छ। प्लेनस्पोटर्स डट नेटका अनुसार बुद्ध यो विमानको स्वामित्व लिने छैटौं वायुयान कम्पनी बनेको छ। ११ वर्षअघि भारतको किङफिसर एयरलाइन्सले यो विमान (ब्रान्ड न्यु) खरिद गरेर उडाएको थियो। किङफिसरपछि यो विमान दुईपटक लिज प्रक्रिया हुँदै चौथौपटक फ्रान्सको अधीनस्थ राज्य न्यु–क्यालिडोनियाको एयर क्यालोडोनियाले खरिद गरेको थियो। त्यसले चार महिनाअघि मात्रै विमान निर्माता कम्पनी एटीआरलाई ‘बिक्री गरेर’ एटीआर ७२–६०० सिरिजको आनुधिक एटीआर जहाज खरिद गरेको थियो। बुद्धका निर्देशक रूपेश जोशीका अनुसार बुद्धसँग भएका नौवटा एटीआर विमानमध्ये एयर क्यालोडोनियासँग सोझै तीनवटा खरिद गरिएका हुन् भने चारवटा निर्माता कम्पनी एटीआरमार्फत र एउटा चाइना साउदर्नसँग खरिद गरिएका हुन्। बुद्धले अबको २४ महिनाभित्र सबै रकम भुक्तानी गरी यो विमान कम्पनीको स्वामित्वमा ल्याइने जनाएको छ। यही टाइपको ब्रान्ड न्यु एटीआर विमानको कम्तीमा २ अर्बदेखि २ अर्ब २० करोड रुपैयाँ हाराहारी खरिद मूल्य छ। यस एयरलाइन्सले २०५४ असोजमा अमेरिकी कम्पनी हकर बिचक्राफट कर्पोरेसनसँग ब्रान्ड न्यु बिचक्राफट १९०० डी विमान खरिद गरेर उडान सुरु गरेको थियो। हाल यसले पर्वतीय उडानसहित १३ वटा आन्तरिक सहर र काठमाडौंदेखि भारतको बनारसमा सीधा उडान भर्दै आएको छ। बुद्धले अबको एक महिनाभित्र थपिएको विमानले सेवा थाल्ने भनेको छ। एटीआर कम्पनीका अनुसार विश्वभर कम्तीमा १ सय मुलुकका दुई सयभन्दा बढी वायुसेवा अपरेटरले एटीआर विमान उडाइरहेका छन्। फ्रान्स/इटलीबाट उत्पादन हुने ९० सिटसम्मको यो विमान क्षेत्रीय उडानका लागि विश्वभरका अपरेटरहरूको रुचिमा पर्छ। यसैबीच हेलिकप्टर हुँदै वायुसेवा पनि सञ्चालनमा निजी क्षेत्रको सबैभन्दा कान्छो एयरलाइन्स श्री एयरले पनि चौथो विमान थपेको छ। असार पहिलो साता काठमाडौंमा अवतरण गराइएको क्यानडाली सीआरजे विमान थपिएसँगै श्रीसँग ७० सिट क्षमताका दुइटा र ५० सिट क्षमताका दुइटा गरी चारवटा विमान पुगेका छन्। विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख श्याम भण्डारीका अनुसार श्रीले यो विमान ८१ लाख ७५ हजार अमेरिकी डलरमा खरिद गरेर ल्याएको हो। यसले ९९ लाख २० हजार रुपैयाँ भन्सार राजस्व बुझाएको थियो। श्रीका प्रबन्ध निर्देशक सुधीर मित्तलका अनुसार यो विमान अमेरिकाबाट श्रीकै तीनजना पाइलटले क्यानडा, आइसल्यान्ड, फिनल्यान्ड, कजाख्स्तान, दिल्ली हुँदै काठमाडौं ल्याएका थिए। श्रीले खरिद गरेको विमान साढे १२ वर्षअघि अमेरिकी कम्पनी होराइजन एयरले उडाउँथ्यो। त्यसपछि यो विमान स्काई वेस्ट, अलास्का हुँदै छैटौंपटक श्रीको स्वामित्वमा आइपुगेको हो। क्षेत्रीय उडानमा सीआरजे अधिकांश अपरेटरले रुचाएको जेट इन्जिनयुक्त विमान हो। गत साउनदेखि उडान सुरु गरेको श्रीले पनि बुद्धले जस्तै नेपालबाट भारतीय सहरमा क्षेत्रीय उडानका लागि पर्यटन मन्त्रालयसँग अनुमति मागेको छ। यसलाई नागरिक उड्डयन प्राधिकरणले नेपालगन्ज र विराटनगरमा बेस स्टेसन हुने गरी अनुमति दिएको छ। त्यसअनुसार श्रीले एउटा विमान नेपालगन्ज र अर्को विमान विराटनगरमा राखेर उडान सञ्चालन गर्नुपर्नेछ। हाल श्रीले काठमाडौंसहित ७ वटा सहरमा उडान गर्दै आएको छ। श्रीले विमान ल्याएको एक सातामै उडाउन थालिसकेको छ। निगमले भने वाइडबडीको भन्सार महसुल तिरिसकेको छैन। भन्सारका एक अधिकारीका अनुसार निगमले ल्याएको पहिलो वाइडबडीको भन्सार महसुल करिब १२ करोड रुपैयाँ हाराहारी हुने भनेको छ। यसको दोस्रो वाइडबडी विमान साउन ९ गते फ्रान्सको टुलुजबाट उडेर १० गते बिहान काठमाडौंमा अवतरण गर्दै छ।नेपालको हवाई कानुनले १५ वर्ष ननाघेको विमान खरिद गर्न छुट दिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending