Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कक्षाकोठामा विद्यार्थीको रुवाबासी: एक साता विद्यालय बन्द

काठमाडाैं । प्युठानमा घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन्। उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन। टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्या केही छैन। सबै साथीसँगै प्रार्थना गर्छन्। पहिलो घण्टी पढ्छन्। दोस्रो र तेस्रो घण्टी उनीहरूले पढ्नै सक्दैनन्। विद्यार्थीमा त्यसपछि एकोहोरो रुने, कराउने, काँप्ने, हल्लिने, पेट दुख्ने, छट्पटिने, मुटु दुख्नेजस्ता समस्या देखिन थाल्छ। जिल्लाको दुर्गम गाउँ गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन माध्यमिक विद्यालयका ४७ जना विद्यार्थीमा यस्तै समस्या देखापरेको छ। अाजको अन्नपूर्णमा खबर छ-दैनिक दुई÷तीन घण्टा विद्यार्थी कक्षाकोठामै बस्नै सक्दैनन्। शिक्षकलाई सम्झाउनै समस्या परेको छ। असार ५ गतेबाट कक्षा २ देखि सातसम्मका धेरैजसो छात्रालाई उक्त समस्या देखा परेको प्रधानाध्यापक रामचन्द्र गिरीले जानकारी गराए। ‘दुईहप्ता बढी भयो विद्यार्थी कक्षाकोठामा रुन थालेको’, गिरीले भने, ‘स्थानीय स्वास्थ्यकर्मीले चेकजाँच गर्नुभयो। तर, समस्या समाधान हुन सकेन।’ ३७ जना छात्रा र दशजना छात्रमा समस्या देखिएको उनले जानकारी गराए। ‘तीन कक्षामा पढाउँदै थिएँ’, शिक्षिका पार्वता जिसीले अनुभव सुनाउदै भनिन्,‘पढाइरहेको बेला एक्कासी छात्रा विमला विक रुन थालिन्। उनी रोएको देखेपछि सबै कक्षाका विद्यार्थी रोइकराइ गरे।’ विद्यार्थीलाई निको हुने आशामा दुई हप्ता बढी समय बितिसक्यो। समस्या झनै जान थालेको शिक्षकको भनाइ छ। ‘भूतप्रेतको आशंकमा अभिभावकको सल्लाह अनुसार पूजाआजा समेत गर्‍यौँ’, प्रधानाध्यापक गिरीले भने, ‘केही गरेपनि समस्या सल्झिएन। झनै बल्झिदै गयो।’ विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरूलाई दिनहुँ विद्यालयमा बोलाउने गरिएको छ। अभिभावकले दैनिक दुई-तीन घण्टा छोराछोरीलाई विद्यालयमा गएर सम्झाउने गर्छन्। एक हप्तादेखि पठनपाठन प्रभावित भएको छ। बिहान साढे दश बजेदेखि झण्डै दुई बजेसम्म विद्यार्थीमा उक्त समस्या हुने गरेको छ। धेरैजसो बालबालिकाहरू ६ देखि १६ वर्ष उमेर समूहका छन्। ‘मुटु दुख्ने, आङ काप्ने, भूत आयो, नाइ जादिन, मलाई किन लतारेको’, जस्ता भनाइ बालबालिकाहरूले रुँदै भन्ने गरेका छन्। दिनप्रति दिन विद्यार्थीमा समस्या बढ्दै जान थालेपछि विद्यालय प्रशासनलाई हम्मेहम्मे परेको छ। गतवर्ष समेत यस्तै समस्या देखिएको शिक्षिका विष्णा रोकाले जानकारी गराइन्। १६ दिनदेखि ६ कक्षामा पढ्दै गरेका छोरा सञ्जु सुनार विद्यालयमा रुन थालेपछि पीडा थपिदै गएको आमा हुमा सुनारले गुनासो गरिन्। ‘घरमा केही हुँदैन्’, उनले भनिन्, ‘विद्यालय पुग्यो की रुन थाल्छ।’ घटनाको विषयमा बुझ्न बिहीबार प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे सहितको स्वास्थ्य टोली विद्यालयमा पुगेको छ। ‘विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखियो’, प्रजिअ घिमिरेले भने, ‘केही विद्यार्थीलाई विशेषज्ञ सेवा दिनुपर्ने देखिएको छ।’ मनोचिकित्सक सहितको विशेषज्ञ टोली ल्याउने विषयमा गृह मन्त्रालयमा जानकारी गराइसकेको उनले बताए। विद्यालयमा पुगेकी प्यूठान अस्पतालमा कार्यरत डा. सोफिया थापाले ‘मास हिस्टरिया’ले गर्दा विद्यार्थीमा यस्तो समस्या देखिएको जानकारी गराइन्। विद्यालयले शुक्रबारदेखि एक हप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसअघि पाँच दिनसम्म विद्यालय बन्द गरेपनि समाधान नभएपछि पुनः बन्द गर्नुपरेको प्रधानाध्यापक गिरीले जानकारी दिए। सुरुमा सातजनामा देखिएको मास हिस्टेरिया क्रमश सबैमा सरेको हो।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending