Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नेकपा स्थायी समितिमै सरकारको आलोचना क–कसले गरे ?

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना  भएको हो । अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए । ‘सरकारको कामबारे पनि छलफल भएको थियो,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारबीचको समन्वय, मन्त्रीहरूको कामका विषयमा अर्को बैठकमा छुट्टै छलफल गरिनेछ ।’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकमा चीन भ्रमणको ब्रिफिङ, सरकारको काम, पार्टी विधान र नियमावलीमा केन्द्रित रहेर छलफल भएको थियो । सरकारको समीक्षा र योजनाका लागि छुट्टै बैठक बैठकमा सरकारको कामको आलोचना भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले त्यसैमा केन्द्रित रहेर छलफल गर्न छुट्टै बैठक डाकिने जानकारी गराएर बैठक समापन गराएका थिए । अध्यक्ष ओलीको चीन भ्रमणसम्बन्धी ‘ब्रिफिङ’बाट सुरु भएको बैठक अर्का अध्यक्ष प्रचण्डले समापन गरेका थिए । सरकारको कामको समीक्षासम्बन्धी एजेन्डामा लगातार नेताहरूले आलोचना गर्न थालेपछि प्रचण्डले बैठक समापन गरेका हुन् । ‘अध्यक्ष प्रचण्डले सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ छुट्टै बैठक बसौँ, त्यही बैठकबाट योजना पनि बनाऔँ भन्दै बैठक समापन गर्नुभो,’ एक स्थायी समिति सदस्यले नयाँ पत्रिकासँग भने । ओलीले भने, ‘विपक्षी  हमलाको कडा प्रतिवाद गरौँ’ बैठकमा अध्यक्ष ओलीले चीन भ्रमण उपलब्धिमूलक भएको भन्दै दुवै छिमेकी मुलुकसँग सम्बन्ध सुधार भएको ‘ब्रिफिङ’ गरेका थिए । दुई देशसँगको सम्बन्ध विस्तारपछि भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न तथा विकासलाई तीव्रता दिन सरकारले आवश्यक तयारी गरिरहेको बताएका थिए । तर, सरकारले राम्रो काम गरिरहँदा पनि प्रमुख विपक्षी कांग्रेस गोविन्द केसी प्रकरण र अन्य विषयलाई मुद्दा बनाएर हमलामा उत्रिएको भन्दै उनले कडा प्रतिवादमा उत्रिन निर्देशन दिएका थिए । ‘सरकारले अहिलेसम्म जति काम गरेको छ, राम्रै गरेको छ, अझ प्रभावकारी उपस्थितिका साथ विकासलाई अघि बढाउने तयारीमा छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर, सरकारले राम्रो काम गर्दागर्दै पनि चाहे गोविन्द केसी प्रकरणमा होस् या अरू विषयमा विपक्षीबाट आलोचना हुँदा पनि हामीले प्रतिवाद गर्न सकेनौँ, अब सबैले सरकारमाथिको हमलाको कडा प्रतिवाद गरौँ ।’ प्रचण्डले भने, ‘सरकारको कामबारे अर्कोपटक छलफल गरौँ’ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामबारे अर्कोपटक छलफलका लागि छुट्टै बैठक बोलाइने बताए । ‘सरकारको काममा छुट्टै बैठक डाकेर छलफल गरौँला, सरकारले कसरी राम्रो गर्न सक्छ, प्रभावकारी उपस्थिति देखाउन सक्छ, सबैले त्यही बैठकमा सुझाब राख्नुहोला,’ प्रचण्डको भनाइ थियो । उनले बैठकमा आएका सुझाबका आधारमा केन्द्रीय सचिवालयले नियमावलीलाई अन्तिम रूप दिने जानकारी गराएका थिए । प्रदेश र जिल्ला कमिटीको संख्या बढाउन माग बैठकमा प्रदेश र जिल्ला कमिटी एकीकरण कार्यदलमा रहेका स्थायी समितिका अधिकांश नेताले विधानमा प्रस्ताव गरिएको कमिटीको संख्या बढाउन माग गरेका छन् । नेकपाको विधानमा प्रदेश कमिटी १ सय ७५ तथा जिल्ला कमिटी १ सय २५ सदस्य बनाउन प्रस्ताव छ । तर, बैठकमा बोल्ने अधिकांश नेताले अन्तरिमकाल भएकाले कम्तीमा २ सय सदस्यभन्दा बढीको प्रदेश र १ सय ५० सदस्यभन्दा बढीकै जिल्ला कमिटी बन्ने गरी विधान सम्पादन गरेर प्रकाशन गर्नुपर्ने माग गरेका थिए । स्थायी समिति सदस्य बेदुराम भुसालले प्रस्तावित संख्या बढाउने गरी नेताहरूले सुझाब राखेको जानकारी दिए । ‘प्रदेश र जिल्लाको संख्या थप्दा राम्रो हुन्छ भन्ने सुझाब आएको छ,’ भुसालले भने, ‘नेताहरूको सुझाबलाई ध्यानमा राखेर केन्द्रीय सचिवालयले नै सबै काम गर्नेछ ।’ बैठकमा नेता अमृत बोहराले पार्टी केन्द्रीय अनुशासन आयोग स्वायत्त हुनुपर्ने, आयोगको अध्यक्ष स्थायी समितिको पदेन सदस्य हुनुपर्ने तथा आयोगको संख्या तत्कालीन एमालेकै कायम गर्नुपर्ने सुझाब राखेका थिए । क–कसले गरे आलोचना ? बैठकमा नेताहरू भीमबहादुर रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत करिब एक दर्जन नेताले सरकारको आलोचना गरेका हुन् । सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरूको टिप्पणी थियो । बजेटले सकारात्मक प्रभाव पार्न नसकेको, बजेटलगत्तै बढेको कालोबजारी नियन्त्रण गर्न नसकेको, कालोबजारी गर्नेमाथि कारबाही गर्ने सवालमा आपूर्तिमन्त्रीले कुनै प्रभावकारी कदम चाल्न नसकेको, सरकारको काममा मन्त्री–मन्त्रीहरूबीच नै समन्वय नदेखिएको उनीहरुको भनाई थियो । यातायात क्षेत्रको सिन्डिकेट तोडेर सरकारले राम्रो सुरुवात गरे पनि निरन्तरता दिने सवालमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच आपसी समन्वय नहुँदा नकारात्मक सन्देश गएको स्थायी समिति सदस्यहरूको भनाइ थियो । कतिपय नेताले प्रदेशहरूमा पनि बजेटका विषयलाई लिएर आलोचना भइरहेको विषय पनि उठाए । उनीहरूले प्रदेश र केन्द्र सरकार तथा प्रदेश सरकार र पार्टीको संसदीय दलबीच नै राम्रो समन्वय नरहेकोमा ध्यानाकर्षण पनि गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending