Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मन छैन पुस्तेली थातथलो छोड्नः भन्छन् – ‘जोखिम भएपनि गाउँ नै फर्कन्छौँ’

काठमाडौँ, सोनामा तामाङ लाङटाङ हिमालको फेदीमा फैलिएको चौरमा चौँरी चराउँदै थिए । माथिबाट गडगडाहट आवाजसँगै ढुङ्गाहरु खसेजस्तै गरी हिमपहिरो एक्कासि खस्यो । हेर्दाहेर्दै गाउँका घर भत्किए, मानिस पुरिए र भागाभाग भयो । यो घटना उनलाई सपना जस्तो लाग्यो । त्यतिबेला उनलाई सपना नभएर विपना भयो जतिबेला पहिरोले घर पुरिएर श्रीमती र नाति गुमाए । भूइँचालोले ल्याएको विपत्तिको कहालीलाग्दो दृश्य अहिलेसम्म झल्झली आउने गर्दछ । हिमपहिरोले गाउँ नै सखाप बनाएको र आफन्तजनको मृत्यु गराएको भएपनि पुस्तेली थातथलो छोड्न उनलाई मन छैन । ‘सरकारले सहयोग गरे गाउँमै जाने इच्छा छ’, ७८ वर्षीय सोनामले भने । आफू जन्मेहुर्केको गाउँको माटो जस्तो अन्तको माया कहाँ हुन्छ र ? पहिरोपछि काठमाडौँ हेलिकप्टरमा उद्धार गरिएर स्वयम्भुनजिक बसेका सोनामले भने– ‘यहाँ त निकै गर्मी छ, खाना खान मन लाग्दैन, निद्रा पनि छैन, जोखिम भए पनि गाउँनै फर्किन्छौँ ।’ लाङटाङ–६ की छेदिन तामाङले पहिरोमा जेठो छोरालाई गुमाए तर उनलाई अहिले त्योभन्दा बढी चिन्ता गाउँ र चौपायाको छ । ‘गाउँको यादले असाध्यै सताएको छ, चौंरीका हुलहरु कता भौँतारिएका होलान्, यहाँ गर्मीले थलिन लागियो बरु गाउँमै फर्कन चाहन्छु’, उनले भनिन् । झन्डै २० वर्षदेखि लाङटाङमा पर्यटन व्यवसाय गर्दै आएकी खामु तामाङलाई पहिरोपछिको जिन्दगी झनै सकसपूर्ण लागेको छ । ‘आफ्नै गाउँ फर्किन पाए हुन्थ्यो । यहाँ गर्मीले पोलेर मर्न लागियो । खाना रुच्दैन खाको पनि के खाएँ पत्तो हुँदैन, शरीरभरि डाबर र घाउ निस्किसकेको छ, हामी चिसोमा बस्नेलाई असाध्यै गाह्रो भयो’, उनले थपे, ‘गाउँ फर्कने वातावरण सरकारले बनाइदिए उतैतिर खेती कमाएर जीवन गुजारा गर्ने थियौँ ।’ स्थानीय नाम्गेल मिडल बोर्डिङ स्कुलमा ६ कक्षामा अध्ययनरत छेवाङ तामाङले भूकम्प गएको दिनको विभत्स दृश्यले मस्तिस्कलाई झस्काइरहने बताउँछन् ।  माथिबाट पहिरो खस्दै गरेको मानिसहरु भागिरहेको स्कुलका बच्चाहरु रुँदै चिच्याइरहेको दृश्य सम्झँदै भन्छन् । लाङटाङ–१ की ६५ वर्षीया पेमा लामा पेसाले चिया पसल गर्थिन् । पहिरोको विपद्ले काठमाडौँमा एक सातादेखि बस्दै आएकी उनले गर्मी खप्न नसकेको उनले बताएकी छिन् । उनी भन्छिन् – ‘गाउँमा पशु र खेतीपातीको बढी चिन्ता छ, रातमा निद्रा लाग्दैन ।’ भूकम्पपछि आएको पहिरोबाट आफ्नो घरबार गुमाएका लाङटाङवासी विपद्को जोखिम मोलेर भए पनि फेरि आफ्नै गाउँ फर्कन चाहन्छन् । आफ्नो थातथलो छोडेर नयाँ ठाउँमा शरण लिनुपर्दा उनीहरुलाई नरमाइलो लागेको छ । ‘आफ्नो पहिचान र संस्कृति उतै छ, यहाँ अनौठो ठाउँमा वातावरण पनि मिल्दैन, कसरी बस्ने हामी उतै फर्कन चाहन्छौँ’, लाङटाङ–३ का डिन्डु जाङबाले भने । लाङटाङ गाविसका सबै वडा पहिरोले ध्वस्त पारेपछि त्यहाँका १९७ घरधुरीका ४८८ जना परिवारलाई गत वैशाख १५ देखि यही जेठ ३ गतेसम्म उद्धार गरी काठमाडौँ ल्याइएको थियो । विभिन्न उमेरका २०० जना बालबालिका छन् । आमाबुबा नभएका १३ घरधुरीका करिब ५० जना बच्चा छन् । विभिन्न संस्था तथा व्यक्तिहरुको सहयोगमा बिहानबेलुका छाक टार्दै आएका लाङटाङवासीलाई अहिले राजधानीको बसाइँ निकै सकसपूर्ण छ । सामूहिक खाना खाइरहेका उनीहरुलाई चर्पीको समस्या छ, सफा पिउने पानीको अभाव छ । प्राकृतिक विपत्तिको घडीमा पनि उनीहरु आफ्नो धर्म र संस्कृतिलाई बिर्सन सक्दैनन् पशुपालन र स्थानीय उत्पादनको मोह त छँदैछ । पहिरोले लाङटाङमा घरको नामनिसानै छैन । त्यहाँ १७८ जनाको मृत्यु भएको थियो । जसमा ५० जना विदेशी पर्यटक परेका छन् । करिब तीन हजार ४०० मिटर उचाइमा रहेको रसुवाको महत्वपूर्ण पर्यटकीय क्षेत्र लाङटाङको नौवटै वडा पहिरोले ध्वस्त भएको छ । वर्षमा एक सिजन मात्र कमाइ हुने आलु, फापर र करुको खेती हुन्छ । यहाँको मुख्य व्यवसाय भनेको नै पर्यटन हो १५० घरधुरी पर्यटन व्यवसायमा आबद्ध थिए । रसुवाका १८ गाविसमध्ये लाङटाङ सबैभन्दा ठूलो गाविस पनि हो । लाङटाङ, गाङछिम्पु, मार्लापक, नयाकङलगायतका हिमाल यो क्षेत्रमा पर्छन् । राजधानी काठमाडौँबाट नजिकको हिमालयन ट्रेक रसुवाको लाङटाङलाई मानिन्छ । स्थानीयको भनाइअनुसार त्यहाँ दैनिक २०० पर्यटक पुग्ने गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending