Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

२० मिनेटको पत्रकार सम्मेलनमा पूर्वयुवराज पारस शाहले ३ खिल्ली चुरोट सल्काएपछि...

काठमाडाैं । विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै बुधबार भैरहवा आइपुगेका हुन् । अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि पूर्वयुवराजले कार्यक्रमस्थलमै धुम्रपान गरेपछि मुख्य विषय छायामा प-यो । झन्डै २० मिनेट पत्रकारसँग सवाल–जवाफ गर्नेक्रममा उनले तीनपटक धुम्रपान गरे । अभियानका सन्दर्भमा बोल्दै पूर्वयुवराजले राज्यका प्रत्येक क्षेत्र, समुदाय, वंशहरूलाई राष्ट्र चाहिएको बताए । ‘राजसंस्था हुँदा होस् वा अहिले जब देशमा संकट आउँछ त्यसको चिन्ता राजसंस्थालाई हुन्छ,’ उनले भने, ‘राजा हुनु–नहुनुभन्दा पनि मुलुक रहनुपर्छ र राष्ट्रियताको रक्षा हुनुपर्छ । यही विषयमा हाम्रो चिन्ता छ ।’ उनले नेपालमा राष्ट्र हित र जनहितमा काम गर्ने जनप्रेमी शासकको खाँचो रहेको बताए । राजसस्ंथा विस्थापित भएकाले गाई र राष्ट्रको रक्षा हुन नसकेको उनले बताए । गाई–गोरुको रक्षा र समग्र देशको संरक्षणका लागि एकजुट हुन सबैलाई आग्रह गरे । छिमेकी मुलुकको हस्तक्षेप, नेपाली युवाको विदेश पलायनलगायतका कारणले मुलुक दिनानुदिन संकटमा परेको उनले बताए । मुलुकको दीर्घकालीन निकासका लागि अभियानमा लागेको उनको भनाइ छ । कार्यक्रममा योगी व्यग्र वेदनाथ (प्रवञ्जनबहादुर सिंह)लगायतका गेरु वस्त्रधारी योगीहरूको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending