Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था, कुन पार्किङ कहाँ पुग्यो ?

काठमाडौँ। ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो । महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौँ, भक्तपुर र ललितपुरमा अस्थायीरुपमा सवारी पार्किङको व्यवस्था मिलाइएको बताए । “बस स्टपमा बोर्ड राख्ने, फराकिलो बाटोमा पार्किङ गर्ने, साँघुरो बाटोका सवारी हटाउनेलगायतका कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने । महाशाखाले भोटाहिटी, जमल, पुरानो बसपार्क, सुन्धारा गोश्वारा हुलाक गेट, खिचापोखरी, धर्मपथ, शंकरदेव गेट, ठमेल सञ्चयकोष गेट, दरबारमार्ग पाठशाला, कृष्णपाउरोटी पश्चिम, एयरपोर्ट अगाडि, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित पानी ट्याङ्की अगाडि, कोटेश्वर ट्राफिक अगाडि, विभिन्न अस्पताल अगाडि, लोकन्थली, कौशलटार, सातदोबाटो, एकान्तकुनालगायतका ६० स्थानमा ३९७ ट्याक्सी पार्किङ गर्न मिल्नेगरी स्थान छुट्याएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम उपत्यकामा ट्याक्सी पार्किङका लागि विसं २०६९ मा नै अध्ययन गरिसकिएको र सोहीअनुसार अहिले महाशाखा र महानगरपालिकाको सक्रियतामा स्थान छुट्याएर राम्रो कामको थालनी भएको बताए । “शुरुमा ट्याक्सी पार्किङका लागि स्थान छुट्याए पनि बाटो विस्तारका कारण हटेको थियो अहिले पुनः स्थान छुट्याएर राम्रो काम भएको छ”, उनि भन्छन् । यातायात व्यवस्था विभागले दिएको तथ्यांकअनुसार हाल काठमाडौँ उपत्यकामा झण्डै ११ हजार ट्याक्सी रहेका छन् । यस्तै महाशाखा र महानगरपालिकाले मोटरसाइकल तथा कार पार्किङका लागि पनि अल्पकालीन स्थान छुट्याएको छ । दरबारमार्ग, रानीपोखरी आयुक्त कार्यालय अगाडि, प्रज्ञाभवन पश्चिमपट्टी, चारखाल परिसर पश्चिम, शंकरदेव क्याम्पस अगाडि, बागबजार पद्ममकन्या क्याम्पस छेउ, २९ वडा कार्यालय अगाडि, खिचापोखरी, धर्मपथ, प्युखा चोक, धरहरा बाटो दक्षिण, कलंकी मालपोत अगाडि, किटा मन्दिर परिसरलगायत ८३ स्थानमा मोटरसाइकल तथा कार पार्किङको अल्पकालीन व्यवस्था गरेको छ । काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, सडक र यातायातका प्रतिनिधि बसेर तत्कालका लागि अल्पकालीनरुपमा पार्किङ व्यवस्थापन गरिएको बताउछन् । “तत्कालका लागि तोकिएको स्थानमा पार्किङको व्यवस्था मिलाए पनि दीर्घकालीन रुपका लागि नगरसभामार्फत बनेका कानूनको आधारमा अगाडि बढ्छौँ”, उनि भन्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारी साधन पार्किङका लागि राज्यले छुट्टै क्षेत्र बनाउनुपर्ने बताउनुहुन्छ । पूर्वाधारको विकास भए मात्र सवारी साधन आवतजावतमा सहजता हुने उनको भनाइ छ । हाल उपत्यकामा मात्र २९८ स्थानमा बसभित्र यात्रु चढाउन तथा ओराल्न मिल्ने व्यवस्था गरिएको छ । तोकिएको स्थानभन्दा अन्य स्थानमा यात्रु चढाउने तथा ओराल्ने गरेमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ । यस्तै गरी महाशाखाले महानगरपालिकासँग मिलेर उपत्यकामा भएका यात्रु प्रतिक्षालयको समेत अध्ययन गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकाका ३६ स्थानमा प्रतिक्षालय रहेका छन् । महाशाखाले गरेको अध्ययनअनुसार उपत्यकामा १०३ स्थानमा यात्रु प्रतिक्षालय आवश्यक रहेको छ । महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकाको ट्राफिक व्यवस्थापन राम्रो बनाउनका लागि महाशाखाले पार्किङ स्थल, प्रतिक्षालय, वैकल्पिक बाटोलगायतको अध्ययन गरिरहेको बताउनुहुन्छ । केही दिन अगाडिमात्र महाशाखाले पर्यटकीय बस पार्किङ क्षेत्रलाई कान्तिपथलाई सोह्रखुट्टे सारेको थियो । हाल नेपालभर २७ लाखभन्दा बढी ठूला तथा साना सवारी साधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन आवतजावत गर्छन् । ठूला सवारी साधनलाई भने तोकिएको स्थानमा मात्र बस पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending