Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सिंहदरबारको विकास असारमा, दूरदराजको कहिले ? भलमा बगाउँदा पनि खर्च नहुने भो १ खर्ब १ अर्ब

काठमाडाैं । आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु, सर्वोच्च सचिवालयको आँगनमै विकासका नाममा मध्यअसारपछि पैसा बगाउने काम भइरहेको छ । अहिले फुटपाथ भत्काइएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबार मर्मतसम्भारको जिम्मा पाएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलो भएकाले अन्तिम अवस्थामा काम गर्नुपरेको जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-सचिवालयका सदस्यसचिव वसन्त राईले भने, ‘म समितिको नेतृत्वमा आएको दुई महिना मात्र भयो, म आएपछि काम भटाभट भएको हो, यसपालि असारमै प-यो के गर्ने त ?’ समितिका इन्जिनियर सरोज कायस्थले भने हाकिमका कारण कार्यक्रम स्वीकृत ढिलो भएको बताए । उनले किन ढिला कार्यक्रम स्वीकृत भयो भन्नेबारे थप जानकारी भने नभएको बताए । के काम भइरहेको छ ? इन्जिनियर सरोज कायस्थले सिंहदरबारमा गाडीको संख्या बढ्दै गएकाले फुटपाथमा पनि गाडी चढाउन सक्ने गरी स्लोप पार्ने काम भइरहेको बताए । ‘पहिला गाडी चढ्न सक्ने फुटपाथ थिएन, तैपनि गाडी चढाएर हैरान बनाए,’ उनले भने, ‘अहिले गाडी पनि चढ्न सक्ने गरी स्ल्याप बनाउन थालेका छौँ ।’ फुटपाथमा किन गाडी चढाउनुप-यो त ? प्रश्नमा कायस्थ थप्छन्, ‘राख्न त हुँदैन, तर गाडी चढाउने नै भएपछि धान्ने क्षमताको बनाउन थालेको हो ।’ कहाँ–कहाँ भइरहेको छ काम ? अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशद्वारदेखि अर्थ मन्त्रालयसम्मको एकातर्फको फुटपाथ भत्काउने र बनाउने काम भइरहेको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयदेखि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्मको दुवै फुटपाथ निर्माणको काम पनि भइरहेको छ । वन मन्त्रालयअगाडि पनि फुटपाथ मर्मतको काम भइरहेको छ । पुराना स्ल्याप हटाएर नयाँ स्ल्याप राख्ने कामको ठेक्का जयलक्ष्मी कन्स्ट्रक्सनले ८० लाखमा पारेको इन्जिनियर कायस्थले बताए । उनका अनुसार ठेक्का परेको बजेटमा घटीघटाउ गरेर जयलक्ष्मी कन्स्ट्रक्सनले ६५ लाखमा काम गरिरहेको छ । ठेकेदार र कर्मचारीको गुनासो समितिको काममा चरम भ्रष्टाचार छ सिंहदरबार सचिवालय पुनर्निर्माण समितिमार्फत हुने सिंहदरबारभित्रको ठेक्कापट्टामा चरम भ्रष्टाचार रहेको केही ठेकेदारकै आरोप छ । लेखा शाखामार्फत घटीघटाउमा कायम भएको मूल्यमा समेत १० देखि १५ प्रतिशतसम्म कर्मचारीलाई कमिसन दिनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् । एक ठेकेदारले भने, ‘भोलि पनि त्यहाँ काम गर्नुपर्छ, त्यसकारण पनि नाम नलेखिदिनुहोला । सचिवालयभित्र भ्रष्टाचार धेरै नै छ ।’ सचिवालयकै केही कर्मचारीको पनि आरोप ठ्याक्कै त्यस्तै छ । ती कर्मचारीका अनुसार लेखा र प्राविधिकतर्फका कर्मचारीको मिलेमतोमा भ्रष्टाचार मौलाएको छ । १५ जेठमा ठेक्का सम्झौता समयमै विकास निर्माणको बजेट सक्न सरकारले १५ जेठमै बजेट ल्याउने गरेको छ । तर, सिंहदरबारभित्रैको कामका लागि भने ठेक्का सम्झौता बजेट भाषण भएको ठीक एक वर्षपछि भएको छ । जयलक्ष्मी कन्स्ट्रक्सनका भुवनन्द गिरीले २५ असारभित्र काम सक्ने गरी आफूसँग १५ जेठमा सम्झौता भएको बताए । उनले सम्झौताअनुसार काम सक्ने पनि बताए । ठेकेदार गिरी सात वर्षअघिसम्म सिंहदरबार सचिवालय पुनर्निर्माण समितिमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए । उनले आफू अफिसको विश्वासिलो मान्छे भएकाले काम भएको पनि बताए । यो रोग प्रदेश र स्थानीय तहमा सर्न सक्छ : शान्तराज सुवेदी (पिएचडी), पूर्वअर्थसचिव बजेट कार्यान्वयनलाई सुधार गर्न नीतिगत तहमा सुधार गर्नेदेखि प्रक्रियागत झण्झटमा सुधार, कार्यसम्पादन मूल्यांकनमार्फत अधिकारीहरूलाई जिम्मेवार बनाउने सम्मका काम भएका छन् । तर, त्यसको प्रभाव बजेट खर्चमा देखिन सकेन । त्यसैले आयोजना कार्यान्वयनको वास्तविक समस्या पहिचान गरी गहिराइमै पुगेर समाधान गर्नु पर्ने अवस्था छ । अर्थ मन्त्रालयले मात्रै यो काम गर्न सम्भव छैन । सम्बन्धित मन्त्रालय सबै तात्नुपर्छ । बजेट खर्च बढाउन प्रधानमन्त्रीले नै लागिरहनु भएको छ । तर, पनि हुन सकेको छैन । नीतिगत परिवर्तनले मात्रै परिणाम ल्याउँदो रहनेछ । सम्बन्धित सरकारी अधिकारी र ठेकेदारलाई पनि कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने रहेछ । मुलुक संघीयतामा गएको छ । यो रोग प्रदेश र स्थानीय तहमा पनि सर्ने सम्भावना छ । त्यसप्रति सचेत हुनुपर्छ । सबै तहमा बजेट कार्यान्वयनको कार्यतालिका बनाएर काम गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending