Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

साउनदेखि मन्त्रीका हातमा ‘म्याकबुक’ !

काठमाडौं । प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद् बैठकलाई स्मार्ट बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । बैठकमा पेस हुने विषयवस्तु र छलफललाई चुस्त, सटीक र प्रभावकारी बनाउन कार्यालयले बैठक कक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गर्दैछ । मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने गरी तयारी गरिरहेको छ। अाजको कान्तिपुरमा खबर छ-प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार अबदेखि सबै मन्त्रीका हातमा म्याकबुक हुनेछ भने बैठकका विषय मन्त्रीहरूलाई इमेल गरिनेछ। ‘मन्त्रीका म्याकबुकमै बैठकका एजेन्डा हुनेछन्,’ कुँवरले भने, ‘त्यही हेरेर मन्त्रीले छलफलमा भाग लिनेछन्।’ प्रधानमन्त्री कार्यालयले मन्त्रीलाई ‘म्याकबुक ऐर’ खरिद गरिदिन सबै मन्त्रालयलाई पत्राचार गरेको थियो। सबै मन्त्रीलाई समान किसिमको ल्यापटप होस् भनेर प्रधानमन्त्री कार्यालयले तोकेरै ‘म्याकबुक ऐर’ खरिद गर्न भनेको हो। त्यसअनुसार सबैजसो मन्त्रालयले खरिद गरिसकेको जानकारी पनि गराएका छन्। अहिले बैठक हुनु एक दिनअघि मन्त्रीलाई बैठकको विषयवस्तुका कागजका फाइल, प्रस्ताव र पत्र मन्त्रालयमै गएर दिने गरिएको छ। अहिलेको पद्धति भद्दा, प्रभावकारी र मानव जनशक्तिसमेत बढी खर्च भएको पाइएपछि बैठकलाई स्मार्ट बनाउन खोजिएको प्रवक्ता कुँवरले बताए। महत्त्वपूर्ण/विशिष्ट विषयबारे भने मन्त्रीलाई बैठक कक्षमा प्रोजेक्टरमार्फत प्रस्तुति दिने तयारी भएको छ। त्यसो हुँदा विषयबस्तुबारे बुझ्न र छलफलमा भाग लिन सजिलो हुने विश्वास छ। ‘अहिलेजस्तो कागजका ठेली हेर्नु नपरोस् र बैठक पनि चुस्त होस् भन्ने हो,’ कुँवरले भने। प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्गर अलीले बैठकका एजेन्डाबारे तयारी गर्न मन्त्रीलाई सजिलो होस् भनेर ल्यापटप/म्याकबुकबाट सुरु गरिएको बताए। ‘यसले मन्त्रीहरूलाई सूचना प्रविधिमा अभ्यस्त बनाउन सहयोग पनि गर्नेछ,’ अलीले भने, ‘ढिलै भए पनि सुरुअात हुनु राम्रो हो।’ सरकारले सबै कार्यालयमा कागज प्रयोग कम गर्दै जाने नीति लिएकाले यसको सुरुवात मन्त्रिपरिषद्‌बाट गर्न खोजिएको हो। ‘अटोमेसिन सिस्टम’ जडानपछि मन्त्रीहरूलाई अहिलेजस्तो पत्र र बैठकका एजेन्डा बोकेर मन्त्रिपरिषद् कार्यालयका कर्मचारी सबै मन्त्रालय धाउनुपर्ने छैन। ‘मुख्य सचिवज्यूले सबै मन्त्रीलाई एकैपटक एजेन्डा र बैठकबारे जानकारी पठाउन सकिने गरी सफ्टवेयर बनाइएको छ,’ कुँवरले भने, ‘सबै एजेन्डाका कपी, प्रतिवेदन र प्रस्तावसमेत ल्यापटपमै हुने भएकाले छलफल गर्न सजिलो हुनेछ।’ बैठक कक्षमा वाईफाई हुनेछ। मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउन यो पद्धति अपनाउन लागिएको हो। एउटा बैठकका विषयवस्तु प्रिन्ट गरेर दिँदा एकजना मन्त्रीलाई सय पेजसम्म पुग्छ। त्यो हिसाबले हरेक बैठकमा २ हजार पेजसम्म कागज प्रिन्ट हुने गरेको छ। म्याकबुक/ल्यापटपसँग अभ्यस्त र प्रविधिमैत्री नभएका मन्त्रीलाई कार्यालयले सहयोगसमेत गर्नेछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending