Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

बाढीपहिरोको वितण्डा: ११ को मृत्यु, हजार घर डुबे

काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ । आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन् । अाजको कान्तिपुरमा खबर छ-रोल्पा र बाँकेमा बाढीपहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन् । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भयो । बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षापछि रुन्टिगढी गाउँपालिका–५ सैबाङमा घरमाथि खसेको पहिरोमा पुरिएर नवजात शिशु र पत्नी एकैपटक गुमाउँदा राजकुमार विश्वकर्मा अचेत छन् । राजकुमारकी २२ वर्षीया पत्नी कमला र १८ दिनकी छोरी आयुषाको सोमबार बिहान ज्यान गएको हो । लगातारको भारी वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न छन् । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन् । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ । एक विद्यार्थी अझै बेपत्ता छन् । प्रतिमासहित विद्यालयमा परीक्षा दिएर घर फर्कंदै गरेका ४ विद्यार्थीको समूहलाई सोमबार बिहान करिब साढे ९ बजे पन्थी खोलाले बगाएको थियो । कक्षा ९ का ती विद्यार्थीमध्ये १५ वर्षीय सुरेन्द्र राम बेपत्ता छन् । अर्का दुई संगीता चौरसिया र सुमन पासवानको स्थानीयले उद्धार गरेका थिए । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पर्सागढी नगरपालिका–४ बर्बाछटौलीस्थित नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा विद्यार्थी हुन् । वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ । सडकमा तीन फिटसम्म पानी जमेको छ । महानगरका आदर्शनगर, पानीटंकी, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, भिस्वा, नगवा, छपकैया, जेलरोडलगायत महानगरका थुप्रै क्षेत्र डुबानमा परेपछि २ अर्ब ८० करोड रुपैयाँ खर्चमा यसै वर्ष बनेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको उपादेयतामा प्रश्न खडा भएको छ । कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ । काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । थापापुरका गंगाराम चौधरीले बाढीबाट विस्थापित परिवारलाई खान र बस्न समस्या भएको बताए । अर्काको घरमा आश्रय लिइरहेका परिवारको अनाज र लत्ताकपडा सबै भिजेको उनले बताए । उनका अनुसार बाढी नपसेको अग्लो ठाउँमा रहेका आफन्तको घरमा विस्थापित परिवारले आश्रय लिइरहेका छन् । दुई दिनयताको लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसो ३ बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ । करिब सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला खालका सवारी साधनको आवागमन बन्द गर्दै आएको छ । नदी तटीय क्षेत्रमा तत्काल खतरा नभए पनि निरन्तर नदीमा जलस्तर बढदै गएकाले सुरक्षित रहन आसपासका बासिन्दालाई सचेत गराइएको उनले बताए । हेलिकप्टर तयारी अवस्थामा गृह मन्त्रालयले राहत तथा उद्धार कार्य प्रभावित हुन नदिन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । तत्काल उद्धार र राहतका लागि इटहरी, सुर्खेत, पोखरा र काठमाडौंमा रहेका नेपाली सेनाको हेलिकप्टरलाई तयारी हालतमा राखिएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार क्षेत्रीय गोदाममा राहत सामग्रीहरू तयारी अवस्थामा राखिएको छ । उनका अनुसार बाढी र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोषले तत्काल राहत दिनेछ । राजमार्गमा अवरोध राजधानी प्रवेशको मुख्य मार्ग मुग्लिन–नारायणगढ सडकको ठाउँ–ठाउँमा पहिरो गएको छ । टोपे खोलामा ठूलो पहिरो गएपछि सोमबार सडक अवरुद्ध भयो। उक्त ठाउँमा राति अबेर मात्र सडक खुल्यो। आइतबार रातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिन सडकमा सोमबार बिहानैदेखि यातायात प्रभावित भएको थियो । मध्याह्न पौने १२ बजे टोपे खोलामा पहिरो खसेपछि बाटो पूरै ठप्प भएको हो । मध्याह्नअघि बिहान जलबिरे, चारकिलो, कालीखोला क्षेत्रमा स–साना पहिरो गएको थियो । ती पहिरो सफा गर्दै एकतर्फी भए पनि गाडी चलेका थिए । उडान पनि ठप्प भारी वर्षाका कारण सोमबार सुर्खेत विमानस्थल ठप्प रह्यो । सुर्खेतबाट काठमाडौं र कर्णालीका हिमाली क्षेत्रमा जाने कुनै पनि उडान भएनन् । सुर्खेतबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा र मुगुमा उडान हुन्छ । नागरिक उड्डयन कार्यालयका प्रमुख विनोद पन्तले सोमबार सुर्खेतबाट कुनै उडान नभएको जानकारी दिए । हुम्लामा आइतबार रातिदेखि भएको वर्षाका कारण उडान नहुँदा भारतीय पर्यटक सिमकोटमै रोकिएका छन् । भारतीय तीर्थयात्रीलाई हिल्सासम्म ओसारपोसार गर्ने हेलिकप्टर कम्पनीले पनि उडान गर्न सकेका छैनन् । सिमकोट विमानस्थलमा विभिन्न कम्पनीका ७ हेलिकप्टर छन् । झन्डै पाँच सय भारतीय तीर्थयात्रु सिमकोटका होटलमा जहाजको प्रतीक्षामा छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending