Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

चार रिक्त नियोगमा राजदूत नियुक्तिको तयारी, न्युयोर्कमा प्रधानसेनापति क्षत्रीलार्इ बनाउने तयारी

काठमाडाैं । सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग तथा तीन देशमा राजदूत नियुक्तिको तयारी गरेको छ । हाल रिक्त रहेका भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)स्थित दूतावासमा राजदूत नियुक्तिको तयारी भएको हो । यसका लागि सरकारले संसदीय सुनुवाइ समिति पर्खेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-‘संसदीय सुनुवाइ समिति गठन भएलगत्तै हामी रिक्त रहेका नियोगमा राजदूत नियुक्त गर्छौं,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘त्यतिवेलासम्म सरकारले राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पनि टुंग्याउनेछ ।’ उनका अनुसार परराष्ट्र मन्त्रालयले राजदूतको योग्यतालगायतको मापदण्ड तयार गरेको छ र मन्त्रिपरिषद्ले  पारित गर्नेछ । न्युयोर्कस्थित नियोगका स्थायी प्रतिनिधि दुर्गा भट्टराईको म्याद सकिए पनि अर्को निर्णय नभएसम्म काम गर्नु भन्ने सरकारको निर्देशन छ । भारतका लागि राजदूत दीपकुमार उपाध्यायको राजीनामा १ कात्तिकदेखि लागू हुनेगरी अघिल्लो सरकारले स्वीकृत गरेको थियो । राजदूत नभएकै अवस्थामा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण भयो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरे । मलेसियामा डा. निरञ्जनमानसिंह बस्न्यात पदावधि सकेर फर्केपछि राजदूत खाली छ । युएई लामो समयदेखि कार्यवाहकले चलाउँदै आएका छन् । अघिल्लो सरकारले कांग्रेस कोटाबाट यशोदा लामालाई राजदूत नियुक्त गरे पनि उनको योग्यता र क्षमताको प्रश्न उठेपछि सरकारले निर्णय उल्ट्याएको थियो ।  राजदूतको मूल्यांकन हुँदै सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नभएर कार्यक्षमताका आधारमा राजदूत फिर्ता बोलाउने भएको छ । सरकार बदलिएपछि अर्को दलको पृष्ठभूमि बोकेका राजदूत फिर्ता बोलाउने चलन नदोहो-याउने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘हामी राजनीतिक आस्थाका आधारमा राजदूतसम्बन्धी निर्णय गदैैनौँ, उहाँहरूलाई त्यही आधारमा फिर्ता बोलाउँदैनौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सबैको कार्यसम्पादन मूल्यांकन गर्छौं, त्यसका आधारमा आवश्यक निर्णय लिन्छौँ ।’  प्रधानसेनापति चीन र म्यानमार जाँदै प्रधानसेनापति राजेन्द्र क्षत्री चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा चीन र म्यानमारका समकक्षीको निमन्त्रणामा त्यसतर्फ जाने भएका छन् । उनी मंगलबार चीनबाट म्यानमार हुँदै १० दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । चीनमा प्रधानसेनापतिले चिनियाँ समकक्षीसहित उच्च सैन्य तथा सरकारी अधिकारीसँग भेटवार्ता गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तिब्बत र सिन्जियाङ हेर्ने पश्चिम थियटर कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल लिउ सियाओउ नेतृत्वको उच्चस्तरीय टोली सोमबार भारत पुगेको भोलिपल्ट क्षत्री चीन जान लागेका हुन् । नेपालसँगको सैन्य सम्बन्धका लागि जनरल लिउ महत्वपूर्ण मानिन्छन् । सैनिक स्रोतका अनुसार पाँच दिनपछि सिचुआन फर्किन लागेका लिउ र प्रधानसेनापति क्षत्रीबीच चीनमा भेटवार्ता हुन सक्ने सम्भावना छ । प्रधानसेनापति क्षत्री २९ असारमा स्वदेश फर्किने कार्यक्रम छ । को-को छन् चर्चामा ? भारतका लागि  पूर्वप्रमुख निर्वाचन अायुक्त डा. निलकण्ठ उप्रेति र पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम चर्चामा छ । सरकारले भारत र मलेसियामा परराष्ट्र सेवा बाहिरबाट राजदुत पठाउनेछ भने न्युयोर्कस्थित नियोग र युएर्इमा परराष्ट्रका सहसचिवलाइ पठाउनेछ ।  परराष्ट्रका सचिवलाइ न्युयोर्क पठाउन चलन भएपनि सचिव शंकरदास वैरागीले अनिच्छा देखाएपछि  परराष्ट्रका सहसचिव भरतराज पाैड्याललाइ पठाउने सम्भावना छ । बहालवाला सहसचिवमध्ये वरिष्ठ रहेका थाइल्याण्डका लागि राजदुत खगनाथ अधिकारीले  उमेर हदका कारण एक महिनाभित्रै अवकाश पाउँदैछन् । न्युयोर्कका लागि भने भदाै अन्तिम साताबाट अवकाश पाउन लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाइ पठाउनुपर्ने प्रधानमन्त्रीकहाँ सुझाव पुगेको छ । क्षत्री निकटस्थले उनलाइ न्युयोर्क पठाए राष्ट्रसंघमा नेपालको उपस्थित सशक्त हुने सुझाव दिएका छन् । मलेसियाका लागि पूर्वएमाले उदय पाण्डेलार्इ राजदुत बनाउने तयारी छ । युएइका लागि परराष्ट सहसचिव कृष्णप्रसाद ढकाललार्इ पठाउने तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending