Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

प्रहरीलाई नै झस्काउने यी दुइ सुन तस्करीका घटना

काठमाडौं । संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ । महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते तीन केजी सुन बरामद गर्‍यो । त्यसको भोलिपल्टै आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ केजी सुनसहित पक्राउ गर्‍यो । अाजको कान्तिपुरमा खबर छ-एक दिनको अन्तरमा भएका यी दुई घटनाले संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान चलिरहे पनि तस्करी नरोकिएको पुष्टि गरेको छ। यी दुवै घटनामा तस्कर समूहले फरकशैली प्रयोग गरेको देखिन्छ। भारतीय चालक दीपककुमार मौर्यले चलाएको यूके ०२४६८४ नम्बरको कारको इन्जिनमाथि एअर फिल्टर बक्सभित्र लुकाएर राखेको तीन केजी सुनमा इमिरेटस गोल्ड लेखिएको छ। अर्थात् यसअघिका ठूला तस्करीमा जस्तै उक्त सुन पनि दुबईबाट भित्रिएको थियो। १७ गते नागढुंगाबाट पक्राउ परेको तीन केजी सुन भने स्विट्जरल्यान्डको मेटालोर नामक कम्पनीमा बनेको देखिन्छ। कम्पनीको वेबसाइटका अनुसार सन् २००१ मा मेटालोर टेक्नोलोजिज नामक कम्पनीको नाम परिवर्तन गरेर मेटलोर ग्रुप कम्पनी बनाइएको हो। जसको १८ वटाभन्दा धेरै देशमा शाखा कम्पनी छ। उच्च प्रहरी स्रोतका अनुसार संगठित तस्करले अक्सर स्विट्जरल्यान्ड र दुबईमा निर्मित सुन नेपालको बाटो हुँदै ओसारपसार गर्ने गरेका छन्। यसअघि २०७४ भदौको दोस्रो साता क्षेत्रपाटीबाट बरामद ८८ केजी सुन पनि स्विट्जरल्यान्डकै मेटालोर कम्पनीमा बनेको थियो। संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान भइरहेका बेला एकपछि अर्को तस्करीका घटना सार्वजनिक हुनु सामान्य कुरा नभएको प्रहरीका एक उच्च अधिकारी बताउँछन्। ‘सुन तस्करीमाथि प्रधानमन्त्रीको गम्भीर चासो रहेको र त्यसैमाथि अनुसन्धान चलिरहेका बेला तस्करीका घटना सार्वजनिक हुनु सामान्य कुरा होइन,’ उनले भने, ‘यसले तस्करको मनोबल कस्तो छ भन्ने देखाउँछ।’ दुवै घटनामा प्रहरीले सुनका मुख्य लगानीकर्तालाई पहिचान गर्न सकेको छैन। प्रहरीका अनुसार यी दुवै घटनामा पक्राउ परेकाहरू भरिया मात्रै हुन्। कम्मरमा खैरो कालो रंगको लेडिज सलभित्र सुनका ६ वटा बिस्कुट बाँधेर केरुङदेखि बा१५प ८१६४ नम्बरको दुई सय २० सिसीको कालो पल्सरमा आएका तेन्जिङ तामाङले ५० हजार रुपैयाँ पाइने लोभमा सुन ल्याएको बयान दिएका छन्। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार उनले सुन कोबाट लिएर कसलाई दिन जान लागेको भन्ने सूचना दिन इन्कार गरिरहेका छन्। मारुती सुजुकी कारबाट बरामद ३ केजी सुनसहित पक्राउ परेका मनोज विकले पनि केही हजारको लोभमा सुन ओसारेको प्रहरीसँग बताएका छन्। प्रहरीले यो घटनामा संलग्न ४ भारतीयसहित ५ जनालाई पक्राउ गरेको छ। उनीहरूले काठमाडौंबाट स्थलमार्ग हुँदै महेन्द्रनगर नाकाबाट भारतीय बजारमा सुन पुर्‍याउने लक्ष्य राखेको देखिन्छ। प्रहरीले पाँचै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको छ। यी दुवै घटनामा भन्सार ऐन २०६४ अनुसार मुद्दा चलाइने भएको छ। प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार सुन तस्करीका एकपछि अर्को घटनाले संगठित तस्करीको सघनतालाई बुझाउँछ। उनले कान्तिपुरसँग भने, ‘यसविरुद्ध देशव्यापी अभियान नै चलाउनुपर्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending