Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण

दुई वर्षदेखि भइरहेको परीक्षणबारे अस्पतालका निर्देशक र विभागीय प्रमुख नै अनभिज्ञ कान्ति बाल अस्पतालमा उपचाररत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाइरसविरुद्धको खोप परीक्षण भइररहेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले झाडापखालको उपचारका लागि अस्पतालमा ल्याइएका बालबालिकामा झन्डै दुई वर्षदेखि उक्त भ्याक्सिन परीक्षण गर्दै आएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-तर, भ्याक्सिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केही जानकारी छैन । कानुनतः अस्पतालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपूर्ण औषधिको परीक्षण गर्न पाइन्छ । सर्वोच्च अदालतले गत बिहिबार मात्रै परीक्षण नगरिएका खोप तथा औषधि प्रयोग नगर्न सरकारको नाममा आदेश जारी गरेको थियो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश जारी गरेको हो । सरकारलाई नागरिकको स्वास्थ्यमा गम्भीर हुनुका साथै संवेदनशील विषयमा प्रमाणित भएका र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका औषधि मात्रै प्रयोग गर्न सर्वोच्चले निर्देशन दिएको थियो । कान्ति अस्पतालका निर्देशक डा. राइले रोटो भाइरसविरुद्धको भ्याक्सिन ‘ट्रायल’ भइरहे पनि औपचारिक रुपमा थाहा नभएको बताए । ‘पूर्वनिर्देशक डा. अजित रायमाझीको पालामा सुरु भएको हो । मलाई त कसैले यसबारे औपचारिक जानकारी पनि दिएको छैन, हल्ला सुनेको मात्रै हो । कति बालबालिकामा परीक्षण गरे, कस्तो परिणाम आयो भन्नेबारे रायमाझीसँगै बुझ्नू’, उनले भने । कान्तिका अनुसन्धान विभाग प्रमुख डा. कैलाश शाह पनि ट्रायलबारे थाहा नभएको बताए । ‘अनुसन्धान विभाग प्रमुख भए पनि मलाई भ्याक्सिन ट्रायलबारे कसैले जानकारी गराएको छैन । कम्तीमा निर्देशकलाई त थाहा दिनुपर्ने हो । उहाँलाई पनि थाहा दिइएको रहेनछ’, उनले भने । भ्याक्सिनले बटार्छ बालबालिकाको आन्द्रा रोटा भाइरसविरुद्धको खोपले साना केटाकेटीको आन्द्रा बटार्ने चिकित्सकहरूले बताएका छन् । भ्याक्सिनको साइड इफेक्टबाट आन्द्रा बटारिए तत्काल अप्रेसन गर्नुपर्ने र अप्रेसन गर्न नसके आन्द्रा नै कुहिएर बच्चाको मृत्यु हुन सक्ने कान्ति अस्पतालका निर्देशक डा. गणेश राईले बताए । तर, उनका अनुसार आन्द्रा बटारिने समस्या थोरै बालबालिकामा मात्रै देखिएको छ । कान्तिबाहेक बच्चाको अप्रेसन अन्त हुँदैन सरकारले नियमित खोपका रूपमा देशैभर एकैसाथ ल्याउन लागेको रोटा भाइरसविरुद्धको भ्याक्सिनले साइड इफेक्ट गरिहाले तत्काल अप्रेसन गर्नुपर्ने हुन्छ । तर, त्यस्तो अप्रेसन गर्ने सुविधा कान्ति अस्पतालबाहेक अन्यन्त्र छैन । निर्देशक डा. राइका अनुसार साना नानीहरूको अप्रेसन गर्न चिकित्सक आफैँ डराउँछन् र जोखिम लिन चाहँदैनन् । रोटा भाइरसविरुद्धको खोप दुर्गम क्षेत्रका बालबालिकालाई लगाउँदा उनीहरूको उपचार गर्ने आवश्यक ठाउँसमेत छैन । भ्याक्सिन नियमित गर्न तयारी सुरु परीक्षणमा रहेको उक्त भयाक्सिन नियमित खोपका रूपमा ल्याउन लागेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य महाशाखाले जनाएको छ  । ‘हामीले स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरिसकेका छौँ, सकेसम्म २०१९ को सुरुबाट भ्याक्सिन लगाउन सुरु गर्छौं,’ महाशाखाका निर्देशक डा. विकास लामिछानेले भने । सो भ्याक्सिन इन्टरनेसनल भ्याक्सिन अलाइन्स ‘गाभी’को सहयोगमा नियमित खोपका रूपमा ल्याउन लागिएको र भ्याक्सिनको कुल मूल्यको २० प्रतिशत रकम नेपाल सरकारले पनि व्यहोर्ने लामिछानेले जानकारी दिए । नेपालमा आवश्यक नपर्ने औषधि पनि परीक्षण निर्देशक लामिछानेका अनुसार नेपालमा ट्रायल भइरहेका धेरै औषधि नेपालीलाई तत्काल आवश्यक नपर्ने खालका छन् । तर, विदेशी संघसंस्थाले परीक्षणका लागि गरेको आग्रहलाई ‘हुन्न’ भन्न नसकेकै कारण यस्ता भ्याक्सिन परीक्षण भएका हुन् । उनले भने, ‘हामी नेपाली विदेशीले जे भने पनि नाइँ भन्न सक्दैनौँ, त्यसकै परिणाम हो औषधिको परीक्षण ।’ अधिकारीहरूका अनुसार कमजोर मुलुक भएको फाइदा पनि विदेशी संघसंस्थाले विभिन्न कारणले उठाउँदै आएका छन् । परीक्षणबारे अस्पताल निर्देशक र विभागीय प्रमुख नै अनभिज्ञ पूर्वनिर्देशक रायमाझीलाई सोध्नू डा. गणेश राई निर्देशक, कान्ति अस्पताल कान्तिमा रोटो भाइरसविरुद्धको भ्याक्सिन ‘ट्रायल’ भइरहे पनि विस्तृतमा थाहा छैन । पूर्वनिर्देशक डा. अजित रायमाझीको पालामा सुरु भएको हो । मलाई त कसैले यसबारे औपचारिक जानकारी पनि दिएको छैन, हल्ला सुनेको मात्रै हो । कति बालबालिकामा परीक्षण गरे, कस्तो परिणाम आयो भन्नेबारे रायमाझीसँगै बुझ्नू । कम्तीमा निर्देशकलाई त थाहा दिनुपर्ने हो डा. कैलाश शाह प्रमुख, अनुसन्धान विभाग, कान्ति अस्पताल अनुसन्धान विभाग प्रमुख भए पनि मलाई भ्याक्सिन ट्रायलबारे कसैले जानकारी गराएको छैन । कम्तीमा निर्देशकलाई त थाहा दिनुपर्ने हो । उहाँलाई पनि थाहा दिइएको रहेनछ । मलाई पनि थाहा छैन, बुझेर पछि भनौँला डा. अजित रायमाझी पूर्वदिर्नेशक, कान्ति अस्पताल भ्याक्सिन ट्रायल भइरहेको हो । तर, कति बालबालिकामा भएको छ, मलाई पनि यकिन भएन । मैले परीक्षण गर्ने संस्थासँग जानकारी मागेको छु, जवाफ आएको छैन । जवाफ आएपछि जानकारी गराउँला । यस्तो छ सर्वोच्चको आदेश सर्वोच्च अदालतले परीक्षण नगरिएका खोप तथा औषधि प्रयोग नगर्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले गत बिहीबार यस्तो आदेश जारी गरेको हो । सरकारलाई नागरिकको स्वास्थ्यमा गम्भीर हुनुका साथै संवेदनशील विषयमा प्रमाणित भएका र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका औषधि मात्रै प्रयोग गर्न निर्देशन दिइएको छ । ६ वर्षअघि डोटीमा दादुराविरुद्धको खोप लगाउने क्रममा चारजना बालबालिकाको ज्यान गएपछि औषधिको परीक्षण र क्षतिपूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति तीन महिनाभित्र दिलाउन परमादेश जारी गरेको छ । खोपहरूको परीक्षणविना नै प्रयोग गरिँदा विभिन्न स्थानमा बालबालिकाको ज्यान गएको भन्दै सर्वोच्चले नेपाल भित्रिएका खोप र औषधिको मापदण्ड सही र गुणस्तरीय भएको ग्यारेन्टी भएपछि मात्र वितरण र प्रयोगमा ल्याउन आदेश दिएको छ । सर्वोच्चको धेरै आदेश मान्दैन सरकार  ज्योति बानियाँ अधिवक्ता सर्वोच्च अदालतका धेरै आदेश सरकारले कार्यान्वयन गरेको छैन । ढिलै भए पनि सर्वोच्चले जनताको पक्षमा आदेश गरेको छ । यसलाई कार्यान्वयन गर्ने पनि सरकारले नै हो । तर, यो आदेश पनि कार्यान्वयन गर्ला भनेर विश्वास गर्न सकिन्न । सरकार आफ्ना नागरिकप्रति जिम्मेवार नहुँदा नपाली जनतामाथि विदेशी औषधि कम्पनीले वर्षौंदेखि परीक्षण गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending