Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

उर्जामन्त्री पुन र नेपालका लागी जापानी राजदूतबीच भेटवार्ताः उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडाैं । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले उर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागी जापानी सहयोगको अपेक्षा राखेको बताए । उनले भने, ‘हामीले उर्जा र जलविद्युतको क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं, यसमा जापानबाट हामीले ऋण,सहयोग र लगानीको अपेक्षा गरेका छौं ।’ उनले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी वातावरण बनाईदिन समेत राजदूत साईगोसंग आग्रह गरे । नेकपाका स्थायी समिती सदस्य समेत रहेका मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । भेटमा जापानी राजदूत साईगोले नेपाल र जापानको सम्बन्ध विगतदेखी सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राखे । उनले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा उर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान ईच्छुक रहेको बताए । जापानी राजदूत साईगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालिगण्डकी ए मा समेत सहयोग गरेको जानकारी दिंदै आगामी दिनमा समेत उर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको धारणा राखे । मन्त्री पुनले जाजरकोटस्थित नलगाड जलविद्युत परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउन समेत जापानी राजदूतलाई आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending