Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

२० बर्षपछि क्रोएसियाको भाग्य चम्क्यो, डेनमार्कको यात्रामा पूर्णविराम !

मस्को ।  रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आइतबार भएका दुवै खेल रोमाञ्चक भए । यस अर्थमा रमाइला भएकी दुवै खेल ट्राइबेकरमा गएर टुंगिए । जारी प्रतियोगितामा पहिलो पटक हिजो खेल ट्राइबेकरमा गए । पहिलो खेलमा रुसले स्पेनलाई हरायो, भने दोस्रो खेलमा ट्राइबेकरमा क्रोयसियाले डेनमार्कलाई । टाइब्रेकरमा क्रोयसियाले डेनमार्कलाई ३-२ ले हराएको हो । यो जितसँगै क्रोयसिया क्वाटरफाइनलमा पुगेको छ । निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो तर दुवै टोलिबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । डेनमार्कका लागि क्रिस्टियन एरिक्सन, लेसेस स्कोन र निकोलाई जोर्जेन्सन्ले गोल नगर्दा डेनमार्क घर फर्किन बाध्य भयो । उसका लागि सिमन केजयर, माइकल क्रोन डेलीले गोल गरे ।क्रोयसिया मिलन बडेज र जोसिव पिभारिक चुके पनि आन्द्रे कमरिच, लुका मोड्रिक र इभान रयाकिटिकले गोल गर्दै रुससँगको भेट पक्का गरेका हुन् । त्यस अघि खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा लुका मोड्रिक चुकेका थिए । क्रोयासियाविरुद्ध डेनमार्कले माथिस जोरजेन्सेनको गोलमा पहिलो मिनेटमै अग्रता लिएको थियो । तर चौथो मिनेटमै मारियो मान्डुरिकले गोल गर्दै बराबरी गरे । डेनमार्क २० वर्षपछि क्वाटरफाइनलमा पुग्न सफल भएको हो । क्रोएसिया समूह डी को विजेता तथा डेनमार्क समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा आएको थियो । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २-०, दोस्रो खेलमा अर्जेन्टिनलाई ३-० ले र तेस्रो खेलमा आइसल्याण्डमाथि २-१ को जित निकालेको थियो । यसअघि उरुग्वे र फ्रान्स पनि अन्तिम ८ मा पुगेका छन् । आइतबार राति स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको आयोजक रुससँग अब क्रोयसियाको भेट हुनेछ । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending