Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

बहानामा बनाई विद्यालय बन्द गर्ने परम्पराको अन्त्यको माग

काठमाडौँ। निजी शैक्षिक संगठनले विद्यालयलाई व्यावहारिक रुपमा नै शान्ति क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन) र बृहत् राष्ट्रिय शिक्षा अभियानले आज पत्रकार सम्मेलन गरी सरकारले विद्यालयलाई शान्ति क्षेत्रका रुपमा व्यावहारिक तवरबाट कार्यान्वयन गरेर विभिन्न बहानामा हुने विद्यालय बन्द गर्ने परम्पराको अन्त्य गर्न माग गरे । प्याब्सनका कावा अध्यक्ष डिके ढुंगानाले विद्यालय शान्ति क्षेत्र घोषणा भए पनि अहिलेसम्म विद्यालयलाई विभिन्न ढंगले बन्द गराउने काम भइरहेको बताउँदै ‘निजी शैक्षिक संस्थाले शुल्क नबढाए पनि’ अनावश्यक ढंगबाट विद्यालय बन्द गर्न खोजिएको आरोप लगाए । विद्यालय शान्ति क्षेत्र घोषणा भएको एक दशक बित्न लाग्दा पनि विद्यालय बन्दहडतालमुक्त क्षेत्र, बालबालिका शान्तिका संवाहक र विद्यालयका सवारी साधनलाई एम्बुलेन्ससरह मान्यतालाई व्यवहारमा नै मान्यता दिनुपर्ने, बालबालिकाले भयरहित तरिकाले पढ्न, लेख्न र खेल्न पाउने अन्तर्राष्ट्रिय अधिकार, नेपालको संविधानमा मौलिक हकका रुपमा उल्लिखित बालबालिकाको अधिकारप्रति राजनीतिक दल र विद्यार्थी संगठनले गरेका प्रतिबद्धता व्यवहारमा नै प्रयोग गर्न माग गरेका छन् । एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बन्दले पाठ्यक्रमले परिकल्पना गरेको लक्ष्य प्राप्त नहुने भएकाले बन्द नगर्न सरोकारलाई आग्रह गरे । उनले विनाकारण बन्द गर्न खोजिए सरकारले सुरक्षा दिए आफूहरुले विद्यालय सञ्चालन गर्ने बताए। बृहत् राष्ट्रिय अभियानका अभिषेक घिमिरेले शैक्षिक हडतालले विद्यार्थीलाई नकरात्मक असर पर्ने भएकाले वार्ता र छलफलका माध्यमबाट शैक्षिक हडताल फिर्ता लिनुपर्ने माग गरे । सडकमै पठनपाठन आन्दोलनरत विद्यार्थी संगठनले शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शैक्षिक शुल्क फिर्ताको माग गर्दै आज सांकेतिक रुपमा सडकमा नै पठनपाठन गरी प्रदर्शन गरेका छन् । चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विवेक राई, मोहन वैद्य निकट अनेरास्ववियु ९क्रान्तिकारी० लगायत संगठनले शैक्षिक विकृतिको अन्त्य र चर्को शैक्षिक शुल्क फिर्ताको माग गर्दै सांकेतिक रुपमा पठनपाठन गरी प्रदर्शन गरे । अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष आलोक रायमाझीले आफूले राखेका माग सम्बोधन गर्न सरकारलाई घचघच्याउनका लागि सांकेतिक रुपमा सडकमा नै पठनपाठन गरी प्रदर्शन गरिएको बताए । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि उनीहरुले आज बिहान १० देखि ११ बजेसम्म प्रदर्शन गरेका हुन् । सांकेतिक पठनपाठनमा विद्यार्थी नेताले शिक्षामा भएको निजीकरण र व्यापारीकरणका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । विद्यार्थी संगठनले शिक्षामा सुधार र वृद्धि शुल्क फिर्ताको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending