Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

लाटोकोसेरो चोरीको अनौठो कारण, अार्थिक संकट

स्कटल्याण्डको लुइस टापुमा त्यो रात आँधी चलिरहेको थियो। स्थानीय डोनाल्ड म्याकलिओड सदाझैँ बिहान आफ्नो घरपालुवा चरालाई हेर्न बाहिर निस्के।

तर त्यो बिहान उनी चराको पिँजडा नजिक पुग्दा त्यसको छाना उखेलिएको थियो। डोनाल्डले राम्रोसँग नियाल्दा कसैले पिँजडाको छाना उखेले जस्तो देखियो र त्यहाँ स्क्याम्प नामक उनको लाटोकोसेरो थिएन। डोनाल्डले बाज र अरू पंक्षी पालनबारे प्रशिक्षण लिएका छन्। उनी एउटा रेष्टुराँ चलाउँछन् जहाँ मान्छेहरू खाजा र खाना खानुका साथै आफ्ना बच्चालाई चरा पनि देखाउन सक्छन्। आफूले पालेको लाटोकोसेरो चोरिएकोमा डोनाल्ड निकै दुःखी छन्। उनी भन्छन्, स्क्याम्प हाम्रो परिवारको सदस्य जस्तै थियो। स्क्याम्प चोरीको घटनाले उनको परिवारलाई ठूलै चोट पुगेको छ। डोनल्डका लागि त्यो सामान्य घटना होइन। लुइस टापुको तटमा रहेको डोनल्डको रेष्टुराँ आवासीय क्षेत्रभन्दा टाढा छ। त्यहाँ खासै आपराधिक क्रियाकलाप हुँदैन।
कुनै प्रकारको चोरी अझ चराको चोरी हुनु त एकदम असामान्य घटना नै थियो। तर यो अपराध पटक-पटक हुन थालेको छ। खासगरी चरा पाल्नेहरूका लागि यो सामान्य जस्तै भइसकेको छ। नगदका लागि चराहरूको चोरी हुन थालेको मान्छेहरूको आशङ्का छ। विश्वमा नगदरहित कारोबारले बिस्तारै बढावा पाइरहेको छ। यो दशकको अन्त्यसम्ममा विश्वमा नगदरहित कारोबार ७२६ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ। सन् २०१५ यता नगदरहित कारोबारमा १०.९ प्रतिशतले वृद्धि भइरहेको छ। ब्रिटेनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा नगद कारोबारमा १५ प्रतिशतले कमी आइ १३.१ अर्बमा सीमित भयो। कार्डले गरिने भुक्तानीमा वृद्धि भइरहेको छ। सन् २०१५ मा जापानमा नगद भुक्तानी ८.९ प्रतिशतले घटेको छ भने चीनमा सन् २०१६ को एउटा त्रैमासिकमा मोबाइलबाट गरिने भुक्तानीमा २० प्रतिशतले वृद्धि भयो। कार्ड, मोबाइल र अनलाइन भुक्तानीमा वृद्धि भएसँगै मानिसहरूले नगद राख्ने चलन पनि कम हुँदै गएको छ। नगदमा आएको कमी अपराधीहरूका लागि टाउको दुखाइको विषय बनेको छ। चोरहरूलाई नगद चोर्न सजिलो हुने गरेको बताइन्छ। उनीहरूलाई नगद चोर्न र खर्च गर्न पनि सजिलो हुने ठानिन्छ। विश्वभरि नगद कारोबारमा कमी आउन थालेसँगै अपराधीहरूले नयाँ नयाँ तरिका खोज्न थालेका छन्। स्वीडेनमा गत वर्ष कुल लेनदेनको जम्मा २ प्रतिशत मात्रै नगद कारोबार भयो। त्यहाँका २० प्रतिशत जनताले एक पटक पनि नगद झिकेनन्। स्वीडनमा अपराधीहरूलाई चुनौती थपिएको छ। सन् १९९० को दशकमा औसत १०० वटा चोरीका घटना हुने गरेकोमा चार वर्षअघि त्यो घटेर ३० मा सीमित भयो। सन् २०१७ मा ब्याङ्कमा चोरीका ११ वटा घटना मात्रै भए। कारमा हुने लुटपाटका घटनामा पनि निरन्तर कमी आइरहेको छ। तर त्यहाँ संरक्षित प्रजातिका चरा लगायतको चोरी हुने क्रम चाहिँ बढ्दो छ। सन् २०१६ मा त्यस्ता १५६ वटा घटना भएका थिए। अधिकारीहरूका अनुसार दुर्लभ प्रजातिको लाटोकेसेरोको अण्डा र अर्किड फूलको चोरीका घटनामा वृद्धि भइरहेको छ। स्वीडनमा ती दुवै संरक्षित प्रजातिभित्र पर्दछन्। \"\" चोरिएका ती वस्तु तस्करी गरी साउदी अरेबिया, कतार अथवा संयुक्त अरब एमिरेट्स लगायतका देशसम्म पुर्‍याइन्छ। ती देशमा दुर्लभ प्रजातिका चरा पाल्नुलाई हैसियतसँग जोडेर हेरिन्छ। स्वीडनका एक प्रहरी अधिकारी भन्छन्, खैरो रङ्गको लाटोकोसेरो अवैध बजारमा एक लाख १२ हजार डलरसम्ममा विक्री हुन्छ। यो समस्या स्वीडनको मात्रै होइन, कैयौँ देशमा संरक्षित प्रजातिका जीवजन्तुको चोरीशिकारी र तस्करी बढ्दो छ। ब्रिटेनमा ४० प्रतिशत जति कारोबार नगदमा हुने गर्छ। त्यहाँ पनि संरक्षित चराचुरुङ्गीसँग सम्बन्धित अपराध बढ्दो छ। डोनल्डको लाटोकोसेरोलाई सय पाउण्ड मूल्य पाइएको हुनसक्ला। तर अवैध बजारमा फिरन्ते भाले बाजको मूल्य चार हजार पाउण्डसम्म पर्छ। साइबेरियामा पाइने बाजको मूल्य अवैध बजारमा ७५ हजार डलरसम्म पर्नसक्छ। अरब देशहरूमा चराचुङ्गीको माग बढ्दो छ। सोही कारणले तिनीहरूको मूल्य र त्यससँग सम्बन्धित अपराध पनि बढ्ने क्रममा छ। ग्लास ईल भनिने एक प्रकारको दुर्लभ जीवको पनि ठूलो माग छ। एक टनको करिब १० लाख युरोसम्म पर्छ। चीनमा नरम ईललाई सेकुवा जस्तो परिकार बनाएर खाने चलन छ। यो वर्ष मात्रै युरोपेली देशबाट अनुमानित सय टन ईल तस्करी गरी चीन पुर्‍याइएको तथ्याङ्क छ। ब्रिटेनमा वन्यजन्तुसँग सम्बन्धित अपराध नियन्त्रण निकायका एक अधिकारी एलेन रोबर्ट भन्छन्, संगठित अपराधमा संलग्न अपराधीले यस्ता प्रजातिका जीवजन्तुको तस्करी गर्न थालेका छन् जसबाट ठूलो रकम कमाउन सकियोस्। इन्टरपोलका लागि काम गरिसकेका स्वीडनका पूर्वप्रहरी अधिकारी बियोर्न एरिक्सन भन्छन्, वन्यजन्तुको बढ्दो तस्करीको प्रत्यक्ष सम्बन्ध नगदको कमीसँग जोडिएको छ। \"\" \"नगदको अभाव भएपछि अपराधीहरू अरू सामान चोर्न थाल्छन्।\" पंक्षी र माछालाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न गाह्रो हुन्छ। अतः अपराधीहरू ठूलो किनमेल केन्द्रमा महँगा सामानमा चोर्न चाहन्छन्। चोरीका त्यस्ता सामानहरू उनीहरू अवैध बजारमा विक्री गर्छन्। अपराधीहरू आइफोन एक्स जस्ता महँगा फोनलाई निशाना बनाउन चाहन्छन्। चोरीका आइफोन उनीहरूले अर्को देशमा बेच्न सक्छन्। त्यसैगरी महँगा हातेझोला चोरेर अवैध बजारमा विक्री गर्न उनीहरूलाई सजिलो हुन्छ। कहिलेकाहीँ त्यस्ता महँगा सामान ठूलो पसलमा लगेर बिल हरायो अथवा त्यसको सट्टा पैसा फिर्ता गरिदिनुस् भनेर चोरहरू पैसा लिन पनि चाहन्छन्। उपहारमा पाएको भन्दै उनीहरू त्यस्ता सामान दिइ पैसा लिएर पनि जान्छन्। चाहे चोरले लाटोकोसेरो चोरून्, माछाको तस्करी गरून् अथवा अरू सामान नै चोरून्, पीडितहरूको पीडा त उस्तै हुन्छ। उदाहरणका लागि डोनल्ड म्याकलिओडको स्क्याम्प चोरी हुनु। उनी भन्छन्, \"स्क्याम्प हाम्रो लागि अमूल्य थियो।\" प्रहरीले अहिले पनि उनको चोरी भएको लाटोकोसेरोको खोजी गरिरहेको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending