Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विदेशमा कामदारको मुद्दा सरकारले लड्ने

काठमाडौं । विदेशमा फौजदारी अभियोग लागेका नेपाली कामदारको कानुनी प्रतिरक्षामा एक जना बराबर १५ लाख रुपैयाँसम्म खर्च गर्न सकिने भएको छ । ‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका– २०७५’ ले यस्तो व्यवस्था गरेको हो । अाजको कान्तिपुरमा खबर छ-यो रकम कामदारको कल्याणकारी कोषबाट बेहोरिनेछ । श्रमस्वीकृति लिएर गएकालाई करार अवधिभित्र फौजदारी अभियोग लागेमा कानुनी प्रतिरक्षा गर्ने निर्देशिकामा उल्लेख छ । मन्त्रिपरिषद्ले बिहीबार निर्देशिका पारित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एउटा पनि नेपाली अन्यायपूर्वक जेलमा बस्नु नपरोस् भनेर सरकारले यस्तो पहल गरेको बताए । सरकारका तर्फबाट कानुनी प्रतिरक्षा नगर्दा अनाहकमा नेपाली कामदार जेलमा बस्नुपर्ने स्थिति छ । परराष्ट्र मन्त्रालयका अनुसार विदेशी जेलमा मात्रै ३ सय ३५ नेपाली छन्, जसमा सबभन्दा बढी साउदी अरबमा २ सय १९, युनाइेटड अरब इमिरेट्स (यूएई) मा ६३, थाइल्यान्डमा ३९, बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायलमा २, ओमनमा २, लेबनान र कम्बोडियामा १/१ जना छन् । यसबाहेक कुवेतमा ७० र कतारमा ४५ जना जेलमा छन् । करार अवधि समाप्त भइसकेपछि फौजदारी कसुरमा परेका, श्रमस्वीकृति नलिई गएका र कुनै व्यक्ति, संस्था वा निकायले सहयोग गरेका कामदारका हकमा भने कानुनी प्रतिरक्षा गर्न सरकारले रकम उपलब्ध नगराउने श्रम मन्त्रालयले जनाएको छ । ‘फौजदारी अभियोग लागेका कामदार वा निजको परिवार आफैंले निवेदन नदिएमा वा दिन सक्ने अवस्था नभएमा उक्त विषयमा नियोगलाई जुनसुकै माध्यमबाट जानकारी प्राप्त भएमा नियोगले कानुनी प्रतिरक्षा तथा बहसपैरवीको कारबाही अघि बढाउन सक्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘नियोगले आवश्यक जाँचबुझ गरी कामदारलाई लागेको अभियोगको प्रकृति, सम्बन्धित रोजगारदाता मुलुकको अभियोगसम्बन्धी कानुनी व्यवस्था, अभियोगको सुनुवाइ प्रक्रिया तथा अभियोगउपर कानुनी प्रतिरक्षाका सम्बन्धमा सम्बन्धित अधिकारीसँग आवश्यक जानकारी लिनुपर्नेछ ।’ निर्देशिकाअनुसार फौजदारी कसुरको अभियोगको मुद्दामा पुर्पक्ष वा पुनरावेदन क्रममा धरौटी राख्नुपर्ने भए कामदार आफैंले तोकिएको धरौटी व्यवस्था गर्नुपर्नेछ । ‘फौजदारी कसुरको अभियोग लागेको कामदारको मुद्दा फैसला भई दण्ड–जरिवाना तिर्नुपर्ने भएमा फैसलाबमोजिमको दण्ड–जरिवानाको रकम कामदार आफैंले बेहोर्नेछ,’ निर्देशिकामा भनिएको छ । खाडी देशका स्थानीय नागरिकले मात्रै न्यायालयमा बहस गर्न पाउने व्यवस्था भएकाले वकिलको सेवा शुल्क निकै महँगो रहेको दूतावासहरूले गुनासो गर्दै आएका छन् । मुद्दाको अवस्था हेरी वकिलले एउटा बहस गर्दा ३० हजार रियाल (९ लाख रुपैयाँ) सम्म माग गर्ने दूतावासको अनुभव छ । ‘वकिल राखेर कानुनी प्रतिरक्षा गर्नका लागि बजेट नहुँदा समस्या भोगिरहेका थियौं, अब दूतावासलाई न्याय दिलाउन वकिल राख्ने बाटो खुलेको छ,’ कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending