Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

किन रोक्यो परराष्ट्रले प्रहरीको सूचना ?

काठमाडौं । द्वन्द्वकालमा कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त रुद्र आचार्यलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले चालेको कदमलाई परराष्ट्र मन्त्रालयले अडाएको तथ्य खुलेको छ । अभियुक्त आचार्य बेलायतमा रहेको भन्दै उनलाई पक्रन प्रहरी प्रधान कार्यालयले २०१४ जुनमा रेडकर्नर नोटिस जारी गरिसकेको थियो । त्यसलगत्तै बेलायती प्रहरीले विस्तृत जानकारी मागेपछि प्रहरी प्रधान कार्यालयले उनको विवरण गृह मन्त्रालय हुँदै परराष्ट्रमा पठाएको थियो । तर परराष्ट्रले उक्त महत्त्वपूर्ण सूचना बेलायत नपठाई लुकाएर राखेको छ । अाजको कान्तिपुरमा खबर छ-२०६१ जेठ २४ मा गते तत्कालीन माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । कृष्णको हत्यामा संलग्न अभियुक्तमध्येका एक रुद्र आचार्यलाई अदालतले फरार अभियुक्तको सूचीमा राखेको छ । हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै ३१ दिनयता कृष्णप्रसादकी आमा गंगामाया वीर अस्पतालमा आमरण अनशनरत छिन् । गंगामायाको स्वास्थ्य गम्भीर बन्दै जाँदा उनको माग पूरा गर्न सरकारले गरेको पहलबारे बुझने क्रममा प्रहरी प्रधान कार्यालयले पठाएको पत्र परराष्ट्रले अगाडि नबढाएको तथ्य खुलेको हो । गृह स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा पठाएको पत्र दुई वर्षभन्दा लामो समय बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले रोकिराखेको छ । आचार्यको जानकारी समेटिएको पत्र बेलायत नपुगेको थाहा पाएपछि प्रहरी प्रधान कार्यालयले जेठ ३१ गते दोस्रो पत्र काटदै पुरानो पत्रबारे चासो राखेको छ । गृह स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले काटेको पत्र गृह हुँदै परराष्ट्र मन्त्रालयमा पुगिसकेको छ । त्यसो त २०७२ जेठ ३१ मा गंगामायाले प्रहरी प्रधान कार्यालयमा सूचनाको हकअन्तर्गत निवेदन दर्ता गराएकी थिइन् । उनले बेलायतमा रहेका आचार्यलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएपछि के कस्तो प्रगति भएको छ भन्दै पत्राचार गरेकी थिइन् । गंगामायाले उक्त पत्रमा आचार्यलाई पक्राउ गर्न नसक्नुको कारण र बेलायतबाट सुपुर्दगी गर्न नसकिनुको कारण माग गरेकी थिइन् । उक्त पत्रको जवाफ प्रहरी प्रधान कार्यालयले २०७२ असार १० मा दिएको थियो । प्रहरी प्रधान कार्यालयले लेखेको जवाफी पत्रमा गोली प्रहार गरी कृष्णप्रसादको हत्या गरिएको घटनामा आचार्यको संलग्नता रहेको उल्लेख छ । आचार्यलाई पक्राउ गर्न इन्टरपोलमार्फत सुरुमा डिफ्युजन नोटिस जारी गरिएको र वारेन्ट म्याद प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा हुँदै इन्टरपोल महासचिवालय फ्रान्स लियोनमा पठाई रेडकर्नर नोटिस जारी गरिएको उल्लेख छ । उक्त पत्रमा बेलायतको इन्टरपोललाई आचार्य बेलायतको कुन क्षेत्र र स्थानमा बस्छन् भन्ने पस्ता लगाउन अनुरोध गरिएको समेत जनाइएको छ । प्रहरीले बेलायतसँग सुपुर्दगी सन्धि नभएकाले अभियुक्तलाई झिकाउन इन्टरपोलसँग समन्वय गरेको थियो । तत्कालीन प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमल सिंह बमको हस्ताक्षर भएको उक्त पत्रमा आचार्यलाई पक्राउ गरी नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको समेत उल्लेख छ । छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राखी गंगामाया लामो समयदेखि संघर्षरत छिन् । छोराको हत्यारालाई कारबाहीको माग राखेर ३ सय ३४ दिनसम्म अनशन बस्नेक्रममै गंगामायाका श्रीमानको मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमै राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending