Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मध्यपहाडी राजमार्गमा तीन पुलको निर्माण अझै भएन

\"\"पाँचथर। मध्यपहाडी(पुष्पलाल) राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङ नजीकका पुल निर्माणमा ढिलाइ भएको छ । उद्गमस्थल पुग्नका लागि बन्नैपर्ने तीन पुलको एक वर्षअघि नै ठेक्का प्रक्रिया पूरा भए पनि काम हुन सकेको छैन । ओसाम खोला, खँदुवा खोला र सुखा खोला पुल निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको मितिअनुसार काम सक्नुपर्ने समय अझै एक महीना समय बाँकी नै रहे पनि सोे अवधिमा काम सकिने कुनै संकेत छैन । पाँचथरखण्डको गणेश चोकदेखि ५४ किलोमिटर माथि पर्ने ती पुल निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सन प्रालिले लिएको छ । तीन पुलबाहेक गणेश चोकदेखि चिवाभञ्ज्याङसम्मको खण्डमा १० पुल निर्माण हुनेछन् । त्यसमध्ये धेरै पुल बनिसकेका छन् । केही बन्ने क्रममा छन् । छाँगे–१ र छाँगे–२, शिवा खोला पुल, ओयाम खोला पुल, फलामे खोला पुल, सुवा खोला पुल, मेवा खोला पुल निर्माण भएको र निर्माण हुने मुख्यमध्येका पर्छन् । त्यसमध्ये केही पुल बनिसकेर सवारी आवतजावतसमेत भइरहेको छ । तिनको कागजी प्रक्रिया पूरा भइनसकेको आयोजना कार्यालयले जनाएको छ । कामै शुरु नभएका तीन पुल हालसम्ममा बनिसक्नुपर्ने थियो । पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीमा शंका पैदा भएको छ । आलटाल गर्दै काम लम्बिँदै जाने कार्यले शंका पैदा गरेको स्थानीयवासीको भनाइ छ । तत्काल काम थाल्नका लागि आयोजना कार्यालयले चासो दिनुपर्ने नागरिक समाजका अर्जनु वेगाले बताए । लोकमार्गको गणेशचोकदेखि चिवाभञ्ज्याङसम्मको ६० किलोमिटर दूरीमा बन्दै गरेका संरचनामा स्थानीयवासीले चासो दिइरहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies