Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भाइरलको जोखिम, पत्तै नपाइ जान सक्छ ज्यान

काठमाडौं । सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्ष (आईसियू) मा पुग्ने अवस्था सिर्जना भयो । भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । र, शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको खबर बाहिर आयो ो अाजको अन्नपूर्णमा खबर छ-चिकित्सकहरू भन्छन्– पत्रकार थपलिया मात्र होइन, उनीजस्तै धेरै बिरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रूपमा मृत्युको मुखमा लैजाने गरेको छ । तर भाइरल प्रकोपबारे नेपालका सरकारी र निजी अस्पतालहरूसँग कुनै तथ्यांक छैन । भाइरलसँग सम्बन्धित रोगले गर्दा अमेरिकामा बर्सेनी झण्डै ३६ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘नेपालमा भने यसबारे अध्ययन हुन सकेको छैन ।’ वर्षायामको सुरुवातसँगै भाइरल प्रकोपबाट बालबालिका र ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा पर्ने गरेका छन् । चिकित्सकहरूका अनुसार नेपालमा भाइरल इन्फ्लुएन्जा ए र बीको जोखिम बढी छ । पश्चिमी देशमा विशेष गरी जाडो समयमा देखा पर्ने भाइरल इन्फ्लुएन्जा नेपालमा भने वर्षायाम र जाडो दुवै समयमा देखिने गरेको छ । कतिपय देशमा भने बाह्रै महिना भाइरल देखा पर्ने गरेको छ । ‘नेपालमा भाइरल इन्फ्लुएन्जा सुरु हुने बेला भइसकेको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक समेत रहेका डा. पुनले भने, ‘निमोनिया हुनुको मुख्य कारण नै फ्लु हो ।’ श्वासप्रश्वास र छातीसँग सम्बन्धित समस्याका दीर्घ रोगीहरूलाई भाइरल इन्फ्लुएन्जाले बढी जोखिममा पार्ने गरेको छ । भाइरल इन्फ्लुएन्जा ‘ए’अन्तर्गत स्वाइन फ्लु, बर्ड फ्लु र हङकङ फ्लु पर्दछ । अन्य इन्फ्लुएन्जाभन्दा ए र बी नेपालमा बढी देखा परेको डा. पुनले बताए । त्रिवि शिक्षण अस्पताल महराजगन्जका पल्मोनोलोजी एन्ड क्रिटिकल केयर मेडिसिन विभागका उपप्राध्यापक डा. निरज बमका अनुसार भाइरल इन्फ्लुएन्जाको संक्रमण भएमा रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने लगायतका लक्षण देखा पर्छन्। त्यस्तै शरीर दुख्ने, छाती घ्यारघ्यार हुने, स्वाँस्वाँ हुने र बान्ता समेत हुन सक्छ । कसै–कसैलाई पेट दुख्ने एवं पखाला लाग्ने लगायत लक्षण देखिन सक्छन् । डा. बमका अनुसार भाइरल इन्फ्लुएन्जाले जटिलताको रूप ग्रहण गर्दै निमोनिया, सेप्सिस र एक्युट रेस्पिरेटरी डिस्टे«स सिन्ड्रोम (एआरडीएस)समेत हुन सक्दछ । उनले भने, ‘अहिलेको समय सिजनल इन्फ्लुएन्जाको समय हो । सबैजना सतर्क रहनु आवश्यक छ ।’ ‘भ्याक्सिन लगाऊँ’ डा. पुनका अनुसार भाइरल इन्फ्लुएन्जा ठ्याक्कै ठीक पार्ने औषधि नबनेका कारण निको पार्न सहयोग पु¥याउने औषधिको सेवन गराइन्छ । सतर्कता अपनाउनका लागि भ्याक्सिन लगाउनु पर्ने डा. पुनको सुझाव छ । ‘छ महिनाभन्दा माथिका व्यक्तिका लागि यस्तो भ्याक्सिन लगाउन मिल्छ’, पुनले भने, ‘लक्षण देखिनु दुई साताअघि नै भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ ।’ भाइरल इन्फ्लुएन्जाका लक्षणहरू १. ज्वरो आउने २. खोकी लाग्ने ३. टाउको तथा घाँटी दुख्ने ४. शरीर दुख्ने ५. बान्ता हुने ६. छातीमा घ्याघ्यार तथा स्वाँस्वाँ हुने ७. पेट दुख्ने
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending