Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

रैथाने जात लोप हुँदै जाँदा परम्परागत धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

पोखरा। “झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए । हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।” पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २०७५ का सन्दर्भमा रचेको असारे गीत हो यो । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै गर्दा पाखेले भने जस्तै परम्परागत खेती प्रणालीका साथै रैथाने धानका बीउहरू लोप हुँदै जाने क्रम यतिखेर चिन्ताको विषय बनेको छ । कृषि प्रधान देश नेपालमा बढिरहेको कृषिप्रतिको अनिच्छालाई र बढ्दो खेत प्लटिङको वास्तविकतालाई गीतमा व्यक्त गर्दै पाखे भन्छन्, “बेसीका फाँट प्लटिङ्ग भन्दै धेरै नै मासिए । लेक र पहाड फाँटका खेत झाडीमा बदलिए ।।” बढ्दो प्लटिङ्गका समस्याले धान खेतीको कमी हुँदै जानुका साथै कृषिप्रतिको अनिच्छा यतिखेर गम्भीर समस्याका रुपमा देखिएको छ । पछिल्लो समयमा कास्कीमा रैथाने औषधीय गुण बोकेका धान विस्तारै लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । उत्पादनका दृष्टिबाट पनि नयाँ उन्नत जातका धान रोप्न कृषक आकर्षित हुन थालेपछि रैथाने जात विस्तारै लोपोन्मुख हुँदै गएको कृषक धनीराम सुवेदीले बताए । उनको अनुसार ताल किनारको सिमसार क्षेत्रमा पाइने जङ्गली धान नाभो लगभग लोप भइसकेको छ । धानको अति प्राचीन प्रजातिका रुपमा रहेको नाभोबाटै विस्तारै अन्य धानको विकास भएको मानिन्छ । पछिल्ला वर्षमा धेरै रैथाने जातका धान विस्तारै हराउन थालेको बताउने क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बाली प्रजनक अमृत पौडेलले राज्यस्तरबाटै तिनीहरूको संरक्षणको पहल थालिएको जानकारी दिए । रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिएको बताउँदै उहाँले लोपोन्मुख जातको संरक्षणका लागि बीउ संकलन गरी खुमलटारस्थित जिम बैंकमा राख्ने गरिएको जानकारी दिए । रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथ नगरपालिकाको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल गरिएको छ । उक्त केन्द्रले धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरेको छ । रैथाने जातको संरक्षणका लागि पछिल्लो समय कृषक पनि सक्रिय बनेका छन् । उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेको अर्का कृषक जीवनाथ लामिछाने बताउछन् । कास्कीमा झण्डै डेढ दशक अघिसम्म प्रचलनमा आएका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेका छन् । करिब ३०० मिटरदेखि ६०० सय मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेको छ । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो ९पहेँले०, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको कृषक बताउँछन् । कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो । आँगा, अनदी जस्ता धेरै औषधीय गुण बोकेका धान विस्थापित बन्दै गएको बताउँदै लामिछानेले रासायनिक मलको प्रयोगबाट जेठोबूढो, पहेँंले, बिरमफूल जस्ता बास्नादार धानमा पनि बास्ना आउन छाडेको बताए । रैथाने जात लोप हुँदै जाने र यसको संरक्षण पनि हुन नसक्ने हो भने यी धानहरू पछिल्लो पुस्ताका लागि केवल जनजिब्रोमा सीमित बन्ने उनको भनाइ छ । पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको शिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ । नेपालमा धान खेतीले कृषिको कूल ग्राहस्थ्य उत्पादनमा २१ प्रतिशत योगदान गरेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख रामबहादुर केसीले बताए । कृषिको प्रमुख बालीका रुपमा धान रहे पनि बढ्दो शहरीकरण, प्लटिङ आदिका कारण समस्या बढ्दै गएको उहाँले बताए । कृषियोग्य जमिन उपयोगका लागि वैज्ञानिक भूउपयोग नीतिका माध्यमबाट कार्यक्रम अघि बढाउनुपर्ने उनको धारणा छ । रैथाने जातका आफ्नै किसिमका विशेषता रहने बताउँदै उहाँले यसको संरक्षणको विषय राज्यस्तरका साथै जनस्तरमा पनि बढीरहेको धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending