Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नजिकिदै देउवा-पौडेल

काठमाडौ । निर्वाचन पछि तिक्क्तपुर्ण सम्बन्धका कारण एक अर्काको चर्को आलोचना गर्ने गरेका काग्रेस सभापति शेरबहादर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पछिल्लो समयमा नजिकन थालेका हुन । अघिल्लो हप्तामा मकवानपुरको हेटौडामा भएको जिल्ला सभापति भेलामा जिल्ला सभापतिहरुले केन्द्रीय नेतृत्व तहमा देखिएको असमझदारीको चर्को आलोचना गरे पछि सभापति देउवा र वरिष्ट नेता पौडेल आपसी संवादमा जुटेको काग्रेस नेताहरुले बताएका छन् । अाजको अन्नपूर्णमा खबर छ-सभापति भेलाको उदघाटन सत्र मै असन्तुष्टी देखिए पनि वरिष्ट नेता पौडेलले भेलाको समापन समारोहमा भने, मेरो कुनै गुट नै छैन, म अव सभापतिसंग केहि कुरामा सल्लाह गर्छु र त्यस पछि सभापतिलाई सहयोग गर्ने गरि अघि वढछु । भेलाको उदघाटन सत्रमा सभापति देउवाले पौडेल पक्षका प्रभावशाली नेताहरु कृष्णपसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतकालाई बोल्ने समय नदिए पछि उनीहरु बन्द्यसत्रमा समेत सहभागी नहुदै काठमाडौ फर्किएका थिए । तर वरिष्ट नेता पौडेलले भेला अघिको आफनो गुटगत अडानमा नदेखिए पछि उनी प्रति आफै पक्षका नेताहरुको विचमा शंका उपशंका देखिएको नेताहरुले बताउन थालेका छन । पौडेलको पछिल्लो भुमिकालाई लिएर चौतर्फी शंका उब्जन थाले पछि नेताहरु सिटौला, सिंह र केसीले मंगलवार काठमाडौमा भेटेरै छलफल सम्म गरेका छन । नेता केसीले अन्नपुर्णसंग भने, हाम्रो वरिष्ट नेताको वारेमा हामी केहि साथीमा शंका उब्जीएकै हुन तर मंगलवार उहासंगको छलफलमा उहाले यी कुराहरुलाई गलत भएको बताउनु भयो । हेटौडामा गएको ५ देखि ८ गते सम्म भएको जिल्ला सभापतिहरुको भेलामा सहभागी हुन जादा वरिष्ट नेता पौडेल, सभापति देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा एउटा होटलमा बसेका थिए । पौडेलले आफनो पक्षका एक जना नेतालाई पनि त्याहा नराखेर पछि पछिल्लो समयमा सभापति देउवा इत्तर समुह बनाएका नेताहरुको विचमा शंकाहरु देखिएका हुन । पौडेल निकटका एक नेता भन्छन, त्यस पछि सभापति देउवाको हरेक निर्णयमा उहाले सही गरे जस्तो देखियो । जिल्ला सभापति भेलामा सभापति शेरबहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिएको सन्देश दिएको नेताहरु बताउछन । स्रोतका अनुसार पौडेल सभापति शेरबहादुर देउवासँग जुहारी खोजेर नभई सहमतिबाटै आउँदो कार्यकालमा आफूलाई नेतृत्वमा उभ्याउने पक्षमा लागेका छन् । उनलाई देउवाले आउँदो महाधिवेशनमा सघाउने आश्वासनमा समझदारी गरेका छन् । ‘हेटांैडामा वरिष्ठ नेता पौडेलले एकाएक कसरी खुट्टा छोड्नु भो, हामी नै चकित भएका छौं । सिटौला र सिंहलाई बोल्न नदिँदा उहाँ आक्रमक हुनुहोला भन्ने थियो, उल्टै ओइलाउनुभयो,’ एक युवा नेताले भने । गएको निर्वाचन पछि सभापति देउवाको विरुद्धमा पार्टी बैठकमा लिखित धारण नै राखेका पौडेल पदाधिकारी मनोयनको निर्णय नमान्ने उदघोष गरेका थिए । सभापति देउवाले पौडेललाई वाइपास गरेर पदाधिकारी मनोयन गरे पछि पौडेलले आफु त्यसको विरुद्धमा देश दौडाहामा निकल्ने बताएका थिए । हेटौंडा जानुअघि गत २९ जेठमा मात्रै ट्रेड युनियन कांग्रेसको निर्वाचनसम्म एकअर्काप्रति कडा रूपमा प्रस्तुत भएका दुवै शीर्ष नेताले हेटौंडामा सम्पन्न भेलाको समापनबाट भने पार्टी्भित्र गुट-उपगुटको अन्त्य गर्नुपर्ने सन्देश दिएका थिए । नेता केसीका अनुसार पार्टीमा देखिएको व्यापक सुधारका लागी आफुहरुले सभापति देउवको विरोध गरेको र त्यसका लागी संवाद नै नगर्ने कुरा होईन । तर सभापति सच्चिएर आउनु पर्यो, केसी भन्छन, त्यतीकै संवादमा जानुको कुनै अर्थ नै हुदैन । यद्यपी पौडेल निकटका एक जना प्रभावशाली युवा नेताका अनुसार हेटौडा भेलाकै सेरोफोरो देखि सभापति देउवा र वरिष्ट नेता पौडेल लागातार संवादमा देखिएका छन । यसलाई कतिपयले सभापति देउवाको रणनितीक मुभ समेत भन्ने गरेको छ । आउदो महासमिती भेलावाट निर्णयहरु पारित गराउनका लागी दुई तिहाईको आवश्यता पर्ने छ । सभापति देउवाले त्यसमा पौडेललाई साथ नलिएमा त्यो मुस्कील पर्ने देखिन्छ । त्यही भएर सभापति भेला अघि पौडेलले नाम नदिदा सभापति देउवाले विद्याँन कस्यौदा समिती समेत घोषणा गरेन । हेटौडावाट सुरु भएको देउवा र पौडेल विचको संवालाई काग्रेस भित्र सबै पक्षले चासो पुर्वक हेरेको छ । कतिपय भित्रियाका अनुसार यसमा उपसभापति विमलेन्द्र निधिको भुमिका पनि अह्म देखिएको छ । नेताहरु भन्छन, वरिष्ट नेता पौडेल कोइराला परिवारको पछिल्लो समयमा प्रगट भइरहेको सक्रियता र नेता सिटौलाले महाधिवेशनमा नसघाउने निश्चित जस्तै देखिएकाले पौडेल सभापति देउवासंगको संवादका लागी साकारात्मक देखिएको हुन सक्छ । प्रोग्रेसीप एलाइन्सको कार्यक्रममा सहभागी नहुन पौडेललाई आफनै नेताहरुको चेतावनी सभापति देउवासंग संवादमा लागेको सुइको पाएर मंगलवार वरिष्ट नेता पौडेलसंग छलफल गरेका नेताहरु सिटौला, सिंह र केसीले यही १५ गते देखि हुन लागेको प्रोगेसीप एलाइन्सको कार्यक्रममा सहभागी नहुन पौडेललाई सुझाएका छन । देउवाले आन्तरिक छलफल नै नगरी सोसलिस्ट इन्टरनेसनल विरुद्धमा प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको भन्दै यी नेताहरु सम्मेलनमा सहभागी नहुने निष्कर्ष निकालेका हुन । सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्षसमेत रहेका देउवाले उक्त संगठनलाई विभाजीत गरेर प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको यी नेताहरुले आरोप लगाएका छन । असार १५ गते देखि एलाइन्सको भेला काठमाडौंमा सभापति देउवाले गर्न लागेका हुन । पार्टीका संस्थापक सभापति बिपी कोइरालाको अन्तराष्ट्रिय छवि बनाउन सोसलिष्ट फोरमको महत्वपूर्ण भूमिका भएको संस्थालाई देउवाले आफनो मनपरी गरेको आरोप नेताहरुले लगाएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending