Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नजिकिदै देउवा-पौडेल

काठमाडौ । निर्वाचन पछि तिक्क्तपुर्ण सम्बन्धका कारण एक अर्काको चर्को आलोचना गर्ने गरेका काग्रेस सभापति शेरबहादर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पछिल्लो समयमा नजिकन थालेका हुन । अघिल्लो हप्तामा मकवानपुरको हेटौडामा भएको जिल्ला सभापति भेलामा जिल्ला सभापतिहरुले केन्द्रीय नेतृत्व तहमा देखिएको असमझदारीको चर्को आलोचना गरे पछि सभापति देउवा र वरिष्ट नेता पौडेल आपसी संवादमा जुटेको काग्रेस नेताहरुले बताएका छन् । अाजको अन्नपूर्णमा खबर छ-सभापति भेलाको उदघाटन सत्र मै असन्तुष्टी देखिए पनि वरिष्ट नेता पौडेलले भेलाको समापन समारोहमा भने, मेरो कुनै गुट नै छैन, म अव सभापतिसंग केहि कुरामा सल्लाह गर्छु र त्यस पछि सभापतिलाई सहयोग गर्ने गरि अघि वढछु । भेलाको उदघाटन सत्रमा सभापति देउवाले पौडेल पक्षका प्रभावशाली नेताहरु कृष्णपसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतकालाई बोल्ने समय नदिए पछि उनीहरु बन्द्यसत्रमा समेत सहभागी नहुदै काठमाडौ फर्किएका थिए । तर वरिष्ट नेता पौडेलले भेला अघिको आफनो गुटगत अडानमा नदेखिए पछि उनी प्रति आफै पक्षका नेताहरुको विचमा शंका उपशंका देखिएको नेताहरुले बताउन थालेका छन । पौडेलको पछिल्लो भुमिकालाई लिएर चौतर्फी शंका उब्जन थाले पछि नेताहरु सिटौला, सिंह र केसीले मंगलवार काठमाडौमा भेटेरै छलफल सम्म गरेका छन । नेता केसीले अन्नपुर्णसंग भने, हाम्रो वरिष्ट नेताको वारेमा हामी केहि साथीमा शंका उब्जीएकै हुन तर मंगलवार उहासंगको छलफलमा उहाले यी कुराहरुलाई गलत भएको बताउनु भयो । हेटौडामा गएको ५ देखि ८ गते सम्म भएको जिल्ला सभापतिहरुको भेलामा सहभागी हुन जादा वरिष्ट नेता पौडेल, सभापति देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा एउटा होटलमा बसेका थिए । पौडेलले आफनो पक्षका एक जना नेतालाई पनि त्याहा नराखेर पछि पछिल्लो समयमा सभापति देउवा इत्तर समुह बनाएका नेताहरुको विचमा शंकाहरु देखिएका हुन । पौडेल निकटका एक नेता भन्छन, त्यस पछि सभापति देउवाको हरेक निर्णयमा उहाले सही गरे जस्तो देखियो । जिल्ला सभापति भेलामा सभापति शेरबहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिएको सन्देश दिएको नेताहरु बताउछन । स्रोतका अनुसार पौडेल सभापति शेरबहादुर देउवासँग जुहारी खोजेर नभई सहमतिबाटै आउँदो कार्यकालमा आफूलाई नेतृत्वमा उभ्याउने पक्षमा लागेका छन् । उनलाई देउवाले आउँदो महाधिवेशनमा सघाउने आश्वासनमा समझदारी गरेका छन् । ‘हेटांैडामा वरिष्ठ नेता पौडेलले एकाएक कसरी खुट्टा छोड्नु भो, हामी नै चकित भएका छौं । सिटौला र सिंहलाई बोल्न नदिँदा उहाँ आक्रमक हुनुहोला भन्ने थियो, उल्टै ओइलाउनुभयो,’ एक युवा नेताले भने । गएको निर्वाचन पछि सभापति देउवाको विरुद्धमा पार्टी बैठकमा लिखित धारण नै राखेका पौडेल पदाधिकारी मनोयनको निर्णय नमान्ने उदघोष गरेका थिए । सभापति देउवाले पौडेललाई वाइपास गरेर पदाधिकारी मनोयन गरे पछि पौडेलले आफु त्यसको विरुद्धमा देश दौडाहामा निकल्ने बताएका थिए । हेटौंडा जानुअघि गत २९ जेठमा मात्रै ट्रेड युनियन कांग्रेसको निर्वाचनसम्म एकअर्काप्रति कडा रूपमा प्रस्तुत भएका दुवै शीर्ष नेताले हेटौंडामा सम्पन्न भेलाको समापनबाट भने पार्टी्भित्र गुट-उपगुटको अन्त्य गर्नुपर्ने सन्देश दिएका थिए । नेता केसीका अनुसार पार्टीमा देखिएको व्यापक सुधारका लागी आफुहरुले सभापति देउवको विरोध गरेको र त्यसका लागी संवाद नै नगर्ने कुरा होईन । तर सभापति सच्चिएर आउनु पर्यो, केसी भन्छन, त्यतीकै संवादमा जानुको कुनै अर्थ नै हुदैन । यद्यपी पौडेल निकटका एक जना प्रभावशाली युवा नेताका अनुसार हेटौडा भेलाकै सेरोफोरो देखि सभापति देउवा र वरिष्ट नेता पौडेल लागातार संवादमा देखिएका छन । यसलाई कतिपयले सभापति देउवाको रणनितीक मुभ समेत भन्ने गरेको छ । आउदो महासमिती भेलावाट निर्णयहरु पारित गराउनका लागी दुई तिहाईको आवश्यता पर्ने छ । सभापति देउवाले त्यसमा पौडेललाई साथ नलिएमा त्यो मुस्कील पर्ने देखिन्छ । त्यही भएर सभापति भेला अघि पौडेलले नाम नदिदा सभापति देउवाले विद्याँन कस्यौदा समिती समेत घोषणा गरेन । हेटौडावाट सुरु भएको देउवा र पौडेल विचको संवालाई काग्रेस भित्र सबै पक्षले चासो पुर्वक हेरेको छ । कतिपय भित्रियाका अनुसार यसमा उपसभापति विमलेन्द्र निधिको भुमिका पनि अह्म देखिएको छ । नेताहरु भन्छन, वरिष्ट नेता पौडेल कोइराला परिवारको पछिल्लो समयमा प्रगट भइरहेको सक्रियता र नेता सिटौलाले महाधिवेशनमा नसघाउने निश्चित जस्तै देखिएकाले पौडेल सभापति देउवासंगको संवादका लागी साकारात्मक देखिएको हुन सक्छ । प्रोग्रेसीप एलाइन्सको कार्यक्रममा सहभागी नहुन पौडेललाई आफनै नेताहरुको चेतावनी सभापति देउवासंग संवादमा लागेको सुइको पाएर मंगलवार वरिष्ट नेता पौडेलसंग छलफल गरेका नेताहरु सिटौला, सिंह र केसीले यही १५ गते देखि हुन लागेको प्रोगेसीप एलाइन्सको कार्यक्रममा सहभागी नहुन पौडेललाई सुझाएका छन । देउवाले आन्तरिक छलफल नै नगरी सोसलिस्ट इन्टरनेसनल विरुद्धमा प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको भन्दै यी नेताहरु सम्मेलनमा सहभागी नहुने निष्कर्ष निकालेका हुन । सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्षसमेत रहेका देउवाले उक्त संगठनलाई विभाजीत गरेर प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको यी नेताहरुले आरोप लगाएका छन । असार १५ गते देखि एलाइन्सको भेला काठमाडौंमा सभापति देउवाले गर्न लागेका हुन । पार्टीका संस्थापक सभापति बिपी कोइरालाको अन्तराष्ट्रिय छवि बनाउन सोसलिष्ट फोरमको महत्वपूर्ण भूमिका भएको संस्थालाई देउवाले आफनो मनपरी गरेको आरोप नेताहरुले लगाएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending