Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा

काठमाडाैं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् । नेपाली बजारमा अहिलेको भाउअनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पर्छ । अाजको नयाँ पत्रिकामा खबर छ-समितिले उनलाई मंगलबार दरबारमार्गस्थित होटेल अन्नपूर्णबाट पक्राउ गरेको थियो । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार उनले तस्करी गरेको सुनको यो परिमाण १०–१२ वर्षदेखिको हो । एसएसपी लामाले भने, ‘उनको बयान लिने क्रम सुरु भएको छ । बयानकै क्रममा उनले पटकपटक गरी अहिलेसम्म ६ क्विन्टल सुन तस्कर गरेको स्विकार गरेका छन् । विगत १०–१२ वर्षदेखि उनी सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।’ तस्करी गरेको  सुन भारत लगेर बेच्थे दारुकाले एमके अग्रवाल, विमल पोद्दार, राजेन्द्र शाक्य, भुजुङ गुरुङसँग सुन लिने र वीरगन्ज नाका हुँदै भारतीय बजारमा लगेर बेच्ने गरेको छानबिन समितिले जनायो । समितिका सदस्य एसएसपी लामाले भने, ‘दारुकाले विभिन्न व्यक्तिसँग तस्करीका लागि सुन खरिद गर्ने गरेको देखिन्छ । अहिलेसम्म एमके, भुजुङ, पोद्दार, आरके ज्वेलर्सलगायत समूहसँग कारोबार गरेको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । बाँकी तथ्य खुल्दै जाला ।’ एमकेको घर तलासी गर्दा भेटिएको प्रमाण र पक्राउ परेका विमलको बयानका आधारमा समितिले उनलाई पक्राउ गरेको हो । समितिका अनुसार दारुकाको वीरगन्जमा सुन रिफाइनरी कारखानासमेत छ । बिहे भोजबाटै यसरी परे पक्राउ एमकेको घर तलासीका क्रममा भेटिएका डकुमेन्ट अध्ययनपछि राजु दारुका समितिको निगरानीमा थिए । यहीबीचमा विमल पनि पक्राउ परे । विमलसँगको बयानले सुन तस्करीमा दारुकाको संलग्नता झन् पुष्टि ग-यो । पक्राउ गर्न समितिको टोली खटियो । तर, उनी छोरा अंकितको विवाहको तयारीमा रहेछन् । यस्तो वेला पक्राउ गर्नु समितिले ठीक ठानेन । त्यसपछि विवाह सकेलगत्तै पक्राउ गर्ने योजना बन्यो । अंकितको विवाह भएको पुल्चोकस्थित होटेल हिमालयनमा पनि प्रहरीले निगरानी गरिरहेको थियो । भोज भने दरबारमार्गस्थित होटेल अन्नपूर्णमा राखिएको थियो । विवाह सकिएपछि मंगलबार बेलुका जन्ती होटेल अन्नपूर्णतिर लागेपछि प्रहरी पनि पुग्यो । विवाहको भोज सकिएपछि दारुका परिवारसँग घर फर्किने तयारीमा थिए । छानबिन समितिको टोलीले उनलाई त्यहीवेला पक्राउ ग-यो । अहिले हिरासतमा राखेर बयान लिने काम भइरहेको छ । समितिको अनुसन्धान संघारमा, साढे ३३ केजी सुनको अत्तोपत्तो छैन साढे ३३ केजी सुन र सनम शाक्य हत्या अनुसन्धान गर्न गठित समितिको अनुसन्धान करिब–करिब संघारमा पुगेको छ । समितिले सुन तस्करीका ‘मास्टर माइन्ड’ मानिएका चूडामणि उप्रेती उर्फ गोरेदेखि प्रहरीका उच्च अधिकारीसम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । तर, तस्करी भएको भनिएको साढे ३३ केजी सुन भने बरामद गर्न सकेको छैन । समिति संयोजक पौडेलले भने, ‘समितिको अनुसन्धान अब करिब–करिब संघारमा पुगेको छ । हामीलाई साढे ३३ केजी सुनसँगै जोडिएर हत्या भएका सनम शाक्य घटना अनुसन्धान गर्न म्यान्डेट थियो । यस क्रममा ७० भन्दा धेरै पक्राउ परेका छन् । प्रहरीका उच्च तहका अधिकृत पनि पक्राउ परेका छन् । हाम्रो अनुसन्धान सकिएको छ । अब बाँकी काम अदालतको हो । तर, घटनामाथि हामीले अनुसन्धान नै नगर्ने भन्ने होइन । समितिको म्याद असार मसान्तसम्म छ । त्यस अवधिसम्म हाम्रो अनुसन्धान जारी रहनेछ । फरार अभियुक्तको खोजी जारी रहनेछ ।’ अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री केपी ओलीले छानबिन समितिलाई निर्देशन दिएका छन् । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अनुसन्धानको ब्रिफिङ गरेपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । सोमबार करिब एक घन्टा भएको ब्रिफिङमा गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई पनि सहभागी थिए । समितिले अहिलेसम्म गरेका अनुसन्धान र त्यसको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending