Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

श्रमिक महिलालाई कार्यस्थलमा काम गर्न चुनौती

\"\"काठमाडौँ। बढ्दो निजीकरण र उदारीकरणले श्रमिक महिलालाई कार्यस्थलमा काम गर्न चुनौती बढ्दै बताइएको छ । पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई) को एशिया प्यासेफिक रिजनल एक्जुकेटिभ कमिटीको महिला समितिको काठमाडौँमा जारी कार्यक्रममा बैठकमा यस्तो बताइएको हो । पब्लिक सर्भिस इन्टरनेशनल महासचिव रोसा पाभानेलले सरकारले उद्योग, कलकारखानालाई निजीकरण गर्दै लगिरहेको अवस्थामा श्रमिक महिलालाई विभिन्नखालका हिंसा बढ्दै गएको बताए। उनले भने, “कार्यस्थलमा महिलाको स्थिति दयनीय छ, एशियामा मात्र होइन पूरै विश्वमा नै महिलाहरु पीडित छन् ।” उहाँले महिला कामदारलाई अनौपचारिक अर्थव्यवस्था, बराबर कामका लागि बराबर ज्याला नपाउनु र श्रमिकको छाता संस्थामा पनि महिला नेतृत्वमा आउन नसक्नु ठूलो चुनौती रहेको बताए । विश्व बैंकले पनि निजीकरणतर्फ जोड दिएकाले पनि महिलाको अवस्था दयनीय भएको उल्लेख गर्दै निजीकरणले धेरै नाफामात्र खोज्दा कामदार पछि परिरहेको धारणा राखे । सार्वजनिक र सरकारी कामदारको स्थिति नाजुक रहेको उनको भनाइ छ । स्वास्थ्य, शिक्षा, पानीजस्ता क्षेत्रमा निजीकरण भइदिँदा कामदार समस्या पर्ने कार्यक्रममा बताइएको थियो । तर राज्यको इच्छाशक्ति र क्षमता भएन भने प्रभावकारी कम हुने सहभागीले बताएका थिए । श्रमिक महिलालाई कार्यक्षेत्रमा हुने हिंसाविरुद्ध श्रम मन्त्रालयले नेतत्व लिनुपर्ने बताइएको थियो । पब्लिक सर्भिस इन्टरनेशनलले पनि कार्यस्थलमा हुने महिला हिंसा कम गर्न विभिन्न काम गरिरहेको छ । श्रीलङ्का सरकारले स्थानीय सरकारमा २५ प्रतिशत कोटा अनिवार्य गरेको उल्लेख गर्दै नेपालमा पनि राजनीतिक दलले महिलालाई राजनीतिमा आउन हौसला दिएको बताइएको थियो । महिला पक्षमा सकारात्मक पहल शुरु भएको नेपालले महिला सहभागितामा ४० दशमलव ७४ प्रतिशत अनिवार्य गरेको प्रशंसनीय भएको बताइएको थियो । साउथ एशिया प्यासेफिकका उपक्षेत्रीय सचिव कन्नन् रमणले भोलिसम्म चल्ने महिला समितिको बैठकमा अहिलेको महिला श्रमिक अवस्था र भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending