Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

ज्यानै लिने गोल…तनावमा सान्चेज, कसले दियो ज्यान मार्ने धम्की ?

गत मंगलबार (असार ५ गते) रुसको सारान्स्कस्थित मोर्डोभिया एरिना रंगशालामा विश्वकप फुटबलको समूह ‘एच’को पहिलो खेलमा कोलम्बिया र जापानबीच भेट भयो । खेलको सुरुवातीमै जापानले आक्रमण ग-यो । जापानका सिन्जी काबागाले खेलको तेस्रो मिनेटमै कोलम्बियाली गोलपोस्टमाथि धावा बोले । अाजको नयाँ पत्रिकामा खबर छ-उनले लगभग गोल हुनेगरी गरेको प्रहारलाई कार्लोस सान्चेजले रोक्ने क्रममा अञ्जानवश उनको हात अघि स-यो । उनले हातले बल रोके ।
कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान  गरेका थिए । तर, त्यस्तो भएन ।  हारको सबै दोष सान्चेजलाई दिइएको छ । सामाजिक सञ्जालमार्फत उनलाई ज्यान लिने धम्की दिइएको छ । उनको सुरक्षा सतर्कता बढाइएको छ ।
गोलखानबाट टिमलाई जोगाए । तर, स्लोभेनियन रेफ्रीले तत्कालै रेडकार्ड देखाएर सान्चेजलाई मैदान बाहिर पठाए । डिबक्सभित्रै ह्यान्ड भएकाले जापानलाई पेनाल्टी दिए । काबागाले त्यसलाई गुमाएनन् । खेलको छैटौँ मिनेटमै जापानले १–० को अग्रता लियो । अर्कोतिर कोलम्बिया दोहोरो मारमा प-यो । खेलको सुरुवातीमै १० खेलाडीमा सीमित पनि भयो र एक गोलले पछि पनि प-यो । एक खेलाडी गुमाउनका बाबजुद पनि कोलम्बियाले ३९औँ मिनेटमा गोल फर्कायो । उसका लागि जुवान फर्नान्डो क्विइन्टेरोले गोल गरे । तर, पुनः जापानका युया ओसाकाले ७३औँ मिनेटमा गोल गरे र कोलम्बियालाई स्तब्ध बनाए । योसँगै इतिहास पनि लेखियो । जापान विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियाली  टिम बन्यो । कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । र, यसको सबै दोष सान्चेजलाई दिइएको छ । उनलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सान्चेजको सुरक्षा सतर्कता अपनाइएको छ । राष्ट्रिय टिममा ८६ खेल खेलेका सान्चेजको पक्षमा उनका प्रशिक्षक पनि उभिएका छन् । प्रशिक्षक जोसे पेकम्यानले भने, ‘सान्चेज टिमकै भरपर्दा खेलाडी हुन् ।’ दक्षिण अमेरिकामा फुटबललाई प्रतिष्ठाको रूपमा लिइन्छ । अझ विश्वकप फुटबललाई निकै महत्वका साथ हेरिन्छ । नजानीकनै गरेको गल्तीलाई पनि छुट नदिने ‘पागल दर्शक’ त्यहाँ छन् । सन् १९९४ को विश्वकपमा आत्मघाती गोल गरेका कारण कोलम्बियाका एक खेलाडीको गोली हानी हत्या गरिएको थियो । त्यस घटनाले पनि सान्चेजलाई दिइएको धम्की खेलवाड हुननसक्ने अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending