Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

विश्वकप खेल चलिरहँदा पत्रकारलाई चुम्मा खान खोजेपछि...(भिडियोसहित)

रुसबाट विश्वकपबारे टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै गर्दा आफूलाई चुम्बन गर्न आउने एक व्यक्तिको ब्राजिलकी एक पत्रकारले सशक्त प्रतिकार गरेकी छन् ।

आइतवार जापान र सेनेगलको खेल हुँदा जुलिया गिमारइस एकाटरिन्बर्गमा थिइन्। टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदा नै उनलाई ती अपरिचित व्यक्तिले चुम्बन गर्न खोजेका थिए । त्यस्तो प्रयासबाट आफूलाई जोगाउँदै गिमारइसले ती व्यक्तिलाई झपारिन् । \"यस्तो नगर्नुहोस् ! यस्तो फेरि कहिल्यै पनि नगर्नुहोस् । ओके!\" भनेर उनी चिच्याएपछि ती व्यक्तिले क्षमायाचना गरेको भिडिओमा सुनिन्छ । उनले \"म तपाईँलाई त्यस्तो गर्ने अनुमति दिन्नँ......। यो शिष्ट छैन, यो उचित छैन । एउटी महिलासँग कहिल्यै यस्तो नगर्नुहोस् । सम्मान गर्नुहोस्\" भन्दै त्यो गतिविधिको प्रतिकार गरिन् । टीभी ग्लोबो र स्पोर्टटीभीमा काम गर्ने ती पत्रकारले ब्राजिलमा आफूसँग कहिल्यै त्यस्तो व्यवहार नभएको तर रुसमा दुईचोटि त्यस्तो घटना भएको भनेर ट्वीट गरेकी छन् । यसअघि मस्कोमा रुस र इजिप्टको खेल हुँदा पनि आफूसँग दुर्व्यवहार भएको उनले बताएकी छन् । गत हप्ता मस्कोमा पनि एक कोलम्बियाली पत्रकारसँग दुर्व्यवहार भएको थियो । टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै गर्दा एक अपरिचित व्यक्तिले उनको छाती समातिदिएका थिए । गत मार्च महिनामा ब्राजिलमा महिला पत्रकारले आफूसँग हुने यौनदुर्व्यवहारविरुद्ध एउटा अभियान चलाएका थिए । गिमारइसले ब्राजिलमा यौनदुर्व्यवहार हुने गरेको भए पनि व्यक्तिगत रूपमा आफूले त्यो नभोगेको ग्लोबो एस्पोर्तेलाई बताइन् । एजेन्सी

Neste domingo, o #Fantástico falou sobre os casos de assédio que tem acontecido na Copa do Mundo. Abaixo, a gente mostra um deles, que ocorreu com a repórter Júlia Guimarães. A bronca dada por ela ao engraçadinho, fica como recado: \"Não faça isso!\" https://t.co/XYlBMSCVEm pic.twitter.com/tERPgTzkZy

— Fantástico (@showdavida) June 25, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies