Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री अोलीले भने-अब १० महिनाभित्र तातोपानी नाका सञ्चालन हुन्छ

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले आगामी १० महिनाभित्र तातोपानी नाका सञ्चालनमा आउने बताएका छन् । चीनको ६ दिने औपचारिक भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौताबारे मंगलबार संसद्लाई जानकारी गराउँदै ओलीले २०१९ मे बाट तातोपानी नाका सञ्चालनमा आउने तथा आगामी जुलाईसम्म पारवहन सम्झौताको प्रोटोकल तयार हुने बताए । अाजको नयाँ पत्रिकामा खबर छ-प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले सञ्चालनमा रहेको रसुवागढी नाकालाई अझ व्यवस्थित गर्ने, सडकको स्तरोन्नति गर्ने तथा दुई मुलुकबीचको समझदारीमा अन्य नाका सञ्चालन गर्ने सहमति भएको बताए । ‘रसुवागढी–केरुङ नाकालाई व्यवस्थित गर्न स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार गर्न तथा हिल्सामा पुल निर्माण यथाशीघ्र गर्न चीनसँग सहमति गरिएको छ । नेपालमा तेल तथा ग्यासको अन्वेषणको सम्भाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन चीन सहमत भएको छ,’ ओलीले भने । पेट्रोलियम पदार्थको भण्डारणका लागि पूर्वाधार निर्माणमा चीनले सहयोग गर्ने, नेपाली वस्तुको चीनमा निर्यातलाई सहजीकरण गर्ने समझदारी भएको उनले बताए । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने सरकारको घोषणाअनुरूप नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न चीन सहमत भएकोसमेत प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए । समृद्ध नेपाल सुखी नेपालीको अभियानमा चीनले सहयोग गर्ने चीनले वर्तमान सरकारले अवलम्बन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान सफल हुने विश्वास व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको प्रधानमन्त्री ओलीले बताए । पटक–पटक समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई संसद्मा उच्चारण गरेका ओलीले भने, ‘वर्तमान सरकारको योजना तथा आवश्यकताबारे चिनियाँ पक्षसँग कुरा गरेकाछौँ । समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने चीनले विश्वास लिएको छ र सहयोग गर्ने वचनबद्धता गरेको छ ।’ चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई भ्रमणको निम्तो राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको ओलीले बताए । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई मेरोतर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ । चिनियाँ पक्षबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ,’ उनले भने । चीनमा रहँदा राष्ट्रपति सी, प्रधानमन्त्री खछ्याङ, चिनियाँ राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली झाङ्सु तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा समेत त्यहाँका नेताहरूसँग भेट गरेको ओलीले बताए । उनका अनुसार नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा पहिले नै समझदारी भइसकेको र कार्यान्वयनमा तीव्रता दिन दुवै पक्ष समहत भएका छन् । कांग्रेस सांसद र  प्रधानमन्त्रीबीच प्रश्नोत्तर प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराइसकेपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले लिपुलेकबारे प्रश्न गरे । ‘चीन र भारतले दुई वर्ष पहिले लिपुलेकलाई ट्रेड रुटको रूपमा प्रयोग गर्ने सम्झौता गरेका छन्,’ प्रधानमन्त्री ओलीले दुवै छिमेकी मुलुकको भ्रमणमा लिपुलेकको विवादबारे कुरा नउठाउनुको कारण माग गर्दै बडूले भने । उनले चीन जानुअघि प्रधानमन्त्रीले संसद्मा चीनसँगको पारवहनको प्रोटोकलमा हस्ताक्षर हुने भने पनि त्यसो हुन नसक्नुको कारण माग गरे । जवाफमा प्रधानमन्त्री ओलीले कुनै बहानामा कसैसँग सीमाको लेनदेन हुन नसक्ने बताए । चीनले थप एक अर्ब युआन सहयोग गर्ने प्रधानमन्त्री ओलीले चीनसँग आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता भएको बताए । ‘भूकम्पपछिको पुनर्निर्माणका लागि तीन अर्ब युआन सहयोग गर्ने चिनियाँ पक्षको पूर्वघोषित प्रतिबद्धताअनुरूप बाँकी एक अर्ब युआन सहयोग प्राप्त हुनेछ,’ उनले भने । चीनले रसुवा, दोलखा तथा सिन्धुपाल्चोकका विद्यालय पुनर्निर्माण गर्ने सहमति भएकोसमेत ओलीले बताए । आ–आफ्ना मुलुकका एयरलाइन्सलाई सीधा हवाई उडानका लागि अभिप्रेरित गर्न दुवै पक्ष सहमत भएको, प्रत्येक वर्ष चार सयभन्दा बढी तालिम अवसर तथा सरकारी छात्रवृत्ति संख्या बढाउने विषयमा चिनियाँ पक्ष सकारात्मक भएको र आफूले चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेको उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending