Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एसपी र डिएसपीबीच दरबारमार्गमा ‘ग्याङ फाइट’

[caption id=\"attachment_155605\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक तस्विर[/caption] काठमाडौं । दरबारमार्गस्थित रोयल साइनो रेस्टुँरामा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ । दुई समूहमा विभाजित अधिकृतहरुबीच मुक्का प्रहार र हात हालाहाल समेत भएको थियो । प्रहरी नायब उपरीक्षक (डीएसपी) उप–अनुसन्धान निर्देशकबाट प्रहरी उपरीक्षक (एसपी) सह–अनुसन्धान निर्देशकमा बढुवा हुने विषयमा दुई समूह ठूलै विवाद भएपछि हात हालाहालको स्थिति बनेको थियो । अाजको नेपाल समाचारपत्रमा खबर छ-स्रोतका अनुसार उप–अनुसन्धान निर्देशकद्वय सुरेन्द्र कोइराला र टेकराज तिमल्सिनाको समूहबीच हात हालाहाल भएको थियो । आईतबार साँझको घटना हो’, स्रोतले भन्यो– ‘त्यो साँझ पनि सधैंझैं हाम्रो नियमित झमघट थियो, मादक पदार्थ सेवन गर्न थालेपछि सरहरुले बढुवाको कुरा निकाल्न थाल्नुभयो, बढुवामा तँभन्दा म नै योग्य छु भन्दै हात हालाहाल भएको हो ।’ यस्तै घटना पटक–पटक दोहोरिन थालेपछि कोइराला र तिमल्सिनाबीच अहिले पानी बराबरको स्थिति भएको स्रोतले बतायो । कोइराला हाल राष्ट्रपतिको कार्यालयमा कार्यरत छन् भने तिमल्सिना तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहँदा प्रधानमन्त्री सचिवालयमा कार्यरत थिए । तिमल्सिना हाल विभागमा कार्यरत छन् । राअविका अनुसार अहिले तत्काल २२ जना एसपीका लागि बढुवा प्रक्रिया अघि बढाइएको छ । दुवै एकै ब्याजका अधिकृत हुन् । यसबारेमा तिमल्सिनासँग जानकारी लिँदा यो विषय सरासर झुट भएको, कोइरालासँग आफ्नो सम्बन्ध दाजुभाइको जस्तो रहेको बताए । उनले भने– ‘हामीहरुले दरबारमार्गमा कहिले पनि भेटघाट गरेका छैनांै, झगडा भएको विषय सरासर झुट हो, हामीबीच दाजुभाइको जस्तो निकट र असल सम्बन्ध छ ।’ गृह मन्त्रालय स्रोतका अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका बेला विशेष सेवा ऐन केही घन्टाका लागि संशोधन गरेर कोइराला, तिमल्सिनासहित अन्य केहीलाई प्रहरी निरीक्षक सरह अनुसन्धान अधिकृत तहमा छड्के भर्ना गरिएको थियो । विभागमा भर्ना हुनु अघि कोइराला वैदेशिक रोजगार सिलसिलामा पटक–पटक खाडी मुलुक ओहोरदोहोर गरिरहन्थे भने तिमल्सिना शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending