Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

६ स्थानमा राजदूत फेर्ने तयारी, रिक्त ठाउँमा कहिले नियुक्त ?

काठमाडौं । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले भारतमा नेपाली राजदूत नहुँदा छलफलमा कठिनाइ भएको गुनासो गरेको तीन महिना भइसक्यो । ईपीजीले आगामी शुक्रबार र शनिबार काठमाडौंमा अन्तिम बैठक गरी प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। यसबीच ईपीजी सदस्यहरूले पटक–पटक राजदूत नभएको गुनासो गरे पनि सरकारले बेवास्ता गरिरह्यो। अाजको कान्तिपुरमा खबर छ-राजदूतविहीन अवस्थामै प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरे भने भारतीय प्रधानमन्त्रीले पनि नेपाल भ्रमण गरिसकेका छन्। सरकारले अझै पनि राजदूत नियुक्त गर्न सकेको छैन। प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजदूतबाट राजीनामा दिएर उपाध्याय फर्केदेखि नै भारतमा नेपालको राजदूत रिक्त छ। सहसचिवस्तरका कार्यवाहक राजदूत भए पनि उनलाई राजदूत स्तरको ‘ट्रिट’ गरिँदैन। राजदूत पठाउन सक्ने अवस्थामा पनि सरकार संसदीय सुनुवाइ समिति नभएको भन्दै पन्छिएर बस्यो। राजदूतलाई संसदीय सुनुवाइ गरेर पठाउने भए पनि विशेष परिस्थितिमा सुनुवाइ नगरिकनै पठाइएका दृष्टान्त ताजै छन्। भारत मात्र होइन, लाखौं नेपाली रहेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) पनि राजदूतविहीन छन्। राष्ट्रसंघीय नियोग न्युयोर्कमा कार्यकाल सकिएका व्यक्तिलाई अर्को व्यवस्था नभएसम्म भनेर परराष्ट्रले पुरानै व्यक्तिबाट काम चलाइरहेको छ। केही महिनामै खाली हुने क्यानडा, दक्षिण अफ्रिका, थाइल्यान्ड, फ्रान्स, कुवेत, ब्राजिल र राष्ट्रसंघीय नियोग जेनेभामा पनि नयाँ राजदूत नियुक्ति गर्नुपर्नेछ। खाली भएका र खाली हुनेबाहेक अन्य स्थानमा अघिल्ला सरकारले नियुक्त गरेका राजदूत पनि मूल्यांकनका आधारमा फिर्ता गरेर नयाँ नियुक्ति गर्ने सरकारको तयारी छ। परराष्ट्र मन्त्रालय र बाहिरबाट आधाआधा राजदूत जाने गरेका छन्। त्यही आधारमा कर्मचारीबाट गएकोमा कर्मचारी र बाह्य व्यक्तिबाट गएकामा बाहिरी व्यक्तिलाई नै पठाउने गरी सरकारले तयारी गरेको छ। स्रोतका अनुसार अघिल्लो सरकारले पठाएकामध्ये इजरायल, स्पेन, जापान, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र ओमानका राजदूतलाई फिर्ता बोलाउने तयारी यो सरकारको छ। श्रीलंका र ओमानकालाई चाहिँ फिर्ता नबोलाउने सम्भावना रहेको स्रोतको दाबी छ। केही स्थानमा दूतावाससमेत ‘रिभ्यु’ गरेर परराष्ट्र मन्त्रालय, संसद् सचिवालय, अन्य मन्त्रालयमा विज्ञता हासिल गरेका व्यक्ति र राजनीतिक दलनिकट विज्ञलाई राजदूत नियुक्त गर्ने तयारी छ। सरकारले विश्वविद्यालयमा प्राध्यापन कार्यमा सक्रिय र अन्य क्षेत्रमा आफूलाई खारेर अघि बढेका सफल व्यक्तिलाई पठाउने बताएको छ। यसअघि जस्तो जथाभावी राजदूत नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। सरकारले राजदूतको मापदण्डसमेत तय गरेर नियुक्ति गर्ने उनले यसअघि नै पत्रकार सम्मेलनमा बताएका थिए। ‘हामीले राजनीतिक दोषका आधारमा होइन, कार्यसम्पादनका आधारमा दूतावासलाई चुस्त र बलियो बनाउन राजदूत नियुक्त गर्ने वा फर्काउने हो। प्रतिशोधको भावमा सरकारले काम गर्दैन,’ उनले भने, ‘हामीले दूतावास बन्द गर्ने मात्र होइन, आवश्यक स्थानमा थप्छौं पनि। अहिलेचाहिँ काम नभएकाको अध्ययन भइरहेको छ।’ भ्रमण र आन्तरिक तयारीमा लाग्नुपरेकाले राजदूत नियुक्ति र ‘रिभ्यु’मा ढिलाइ भएको हो तर अब छिट्टै यसलाई सम्बोधन गर्ने उनले बताए। उनले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पनि पुन:संरचना गर्ने र त्यसलाई साँच्चै थिंक ट्यांकका रूपमा व्यवस्थित गर्ने बताए। उनले यसको प्रमुख नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिए। राजदूत नियुक्तिको चर्चापछि अहिले परराष्ट्र मन्त्रालयमा पुरानो परम्पराका आधारमा वा वरिष्ठताका आधारमा राजदूत नियुक्त हुने भन्ने होड चलेको छ। कूटनीतिक पोस्टिङबाट फर्केर मन्त्रालयमा बसेको समयलाई आधार मान्ने कि बढुवालाई भन्नेबारे यस पटक पनि राजदूत प्रत्याशी कर्मचारीबीच तीव्र प्रतिस्पर्धा चलेको छ। त्यसबाहेक राजनीति दलनिकट व्यक्तिका बायोडाटाको पनि प्रधानमन्त्री कार्यालय र परराष्ट्रमन्त्रीको सचिवालयमा ठूलो चाङ लागेको छ। सल्लाहकार भएकादेखि सेवानिवृत्त र पार्टीको विदेश वा संगठनमा रहेर काम गरेकाहरू यो दौडमा छन्। नेपालका विभिन्न ३० मुलुकमा दूतावास छ भने न्युयोर्क, जेनेभा र भियनामा राजदूतस्तरको स्थायी नियोग छ। ६ स्थानमा महावाणिज्य दूतावास छ। ६५ स्थानमा अवैतनिक महावाणिज्य एवं वाणिज्य दूतावास छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending