Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

वडाध्यक्षकाे कुटाइबाट वृद्ध घाइते

काठमाडाैं । जुम्लाको गुठीचौर गाउँपालिका–५ का वडाध्यक्षको आक्रमणबाट एक वृद्ध घाइते भएका हुन् । वडाध्यक्ष चन्द्रबहादुर नेपालीले आफ्नो कार्यकक्षको टेबलमा राखिएको नेमप्लेटले हान्दा सोहि वडाका ६९ वर्षीय बृद्ध हरिबहादुर खत्री घाइते भएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-टाउकोमा चोट लागेपछि खत्रीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । वडा कार्यालय र त्यहाँका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा विकास निर्माणदेखि सामाजिक सुरक्षा भत्तामा बजेट हिनामिना गरेको भन्दै खबरदारी गर्न जाँदा वडाध्यक्षले आफूलाई आक्रमण गरेको खत्रीले बताए । सकारात्मक सुझाव दिँदापनि आफुमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारवाही हुनुपर्ने उनको माग छ । यता खत्रीले बारम्बार अपशब्द बोल्दै आफुमाथि आक्रमण गरेपछि रिसले प्रतिकार गर्दा घटना हुन पुगेको वडाध्यक्ष नेपालीले स्वीकार गरे । ‘कार्यालयमा स्टाफ मिटिङ भैरहेको थियो । उनले सबै स्टाफका लागि खाजा नास्ता लिएर आएका थिए । मैले पैसा लिनका लागि बिल लिएर आउन अनुरोध गरेपछि उनले हामीलाई बिना कारण एकोहोरो गाली गर्दै भ्रष्टाचारको आरोप लगाउन थाले’, नेपालीले भने, ‘बिना तथ्य जे पायो त्यही आरोप नलगाउनुहोस् भन्दा उल्टै मलाई दलित भनेर दुव्र्यवहार गर्न थाले, उनले ३ पटक ममाथि झम्टिएपछि मैले प्रहार गरेको हुँ ।’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाशकुमार केसीका अनुसार घाइते पक्षबाट उजुरी दर्ता भएको छ । उनका अनुसार वडाध्यक्ष नेपालीले पनि आफुमाथि बृद्धले जातीय दुव्र्यवहार गरेको भन्दै प्रहरी चौकी गज्र्याङकोटमा उजुरी दिएका छन् । घटनाबारे थप अनुसन्धान भैरहको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending