Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिकाको न्यूयोर्कमा आयोजित दुई दिवसीय संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८ मा नेपालको तर्फबाट सहभागी भई मंगलबार स्वदेश फर्केका छन्। प्रहरी महानिरीक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरे । विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त सम्मेलनमा छलफलका एजेण्डा, प्रस्ताव र सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको प्रस्तुतीकरणलाई राष्ट्र संघको उच्च नेतृत्वले पुनरावलोकन गर्ने र तीमध्ये केही तत्काल कार्यान्वयन गरिने तथा केही आगामी वर्षका लागि रणनीतिक रूपमा योजना बनाइने निर्णय भएको बताए । राष्ट्र संघीय मिसनमा सहभागी हुन पूर्ण दक्ष हुने सीप विकास गर्ने र महिला प्रहरी अधिकृतहरूको सहभागिता बढाउन आ–आफ्नै देशमा विशेष तालिम सहित पहल गरिने निर्णय समेत भएको उनले उल्लेख गरे । राष्ट्र संघमा नेपाल प्रहरीको इमान्दारिता, अनुशासन, राष्ट्र संघको आचारसंहिता अनुरूप व्यवहारको साथै प्रहरी अधिकृतले प्रविधि र सुरक्षामा देखाएको तदारूकताको निकै ठूलो प्रशंसा भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्र संघबाट नेपाल प्रहरीले पाएको सकारात्मक प्रतिक्रिया तथा सम्मेलनमा सक्रिय सहभागिताले आफू उत्साहित भएको र नेपाल प्रहरी समेत उत्साहित भई आफ्नो भूमिकालाई अझै ठूलो दायरामा बढाउनुपर्ने बताए । मिसनमा खटिने प्रहरी अधिकृतहरूले स्थानीय भाषामै वार्तालाप गरी नागरिकको समस्यालाई सम्बन्धित ठाउँमा लगेर समाधान गर्न सक्ने गरी भाषागत सीप बढाउनेतर्फ सम्मेलनले जोड दिएको उनले बताए । सम्मेलनमा सदस्य राष्ट्रका सबल एवम् दुर्बल पक्ष, राष्ट्र संघमा प्रहरी अधिकृतहरूको परिचालन, आवश्यक स्रोतसाधनको व्यवस्था, मिसनको दायरा फराकिलो पार्दै क्षमता बढाउने, महिला प्रहरी अधिकृतको सहभागिता बढाउने, प्रि-डिप्लोएमेन्ट तालिमलाई प्रभावकारी बनाउने, सदस्य राष्ट्रबीच एकरूपता ल्याउने र प्रहरीको क्षमता तथा योग्यता बृद्दि गरी थप प्रभावकारिता ल्याउने लगायत तथा केही सांगठनिक एवम् नीतिगत बिषयमा समेत विस्तृत छलफल भएको प्रहरी महानिरीक्षक खनालले बताए । नेपालले आफ्नो प्रस्तुतीकरणको क्रममा राष्ट्र संघप्रतिको प्रतिवद्दता व्यक्त गर्दै राष्ट्र संघमा प्रहरी अधिकृतहरूको दृढ र क्रियाशील उपस्थितिको लागि जोड दिइएको तथा औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उनले उल्लेख गरे । असार ६ गते सुरु भई ७ गते सम्पन्न भएको उक्त सम्मेलनमा कूल १ सय २१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो । साथै सोही सम्मेलनमा सहभागी भई प्रहरी उपरीक्षक दानबहादुर कार्की समेत स्वदेश फर्केका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending