Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

चितवन।  चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त अभियान थालिएको हो । आगामी साउन, भदौबाट डेंगु रोगको प्रकोप बढ्नसक्ने भएकाले सचेतनामूलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्यूपा नष्ट गर्ने अभियान शुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । उहाँका अनुसार चितवनको भरतपुर महानगरपालिका तथा रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइने छ । राप्ती र रत्ननगरमा अभियान शुरु भएको र कालिका नगरपालिकामा आजदेखि तथा भरतपुरमा बुधबारदेखि र खैरहनीमा आगामी बिहीबारदेखि अभियान शुरु हुँदैछ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने यसपटक कार्यक्रम सञ्चालन भएको छैन । डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा तथा प्यूपा नष्ट गर्ने अभियानअन्तर्गत सबै क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीेसहित झण्डै १५० जना खटिने छन् । पानी पर्ने समय र गर्मी मौसमसमेत भएकाले डेंगु रोग यही समयमा बढी फैलने खतरा हुन्छ । त्यसैले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिए । चितवनको रत्ननगर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ९, १०, १२, र १३ नम्बर वडामा सोमबार ४० जना महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी उक्त अभियानमा खटाइएको छ । अभियान तीन दिनसम्म चलाइने छ । यसअघि आइतबारबाट चितवनको राप्ती नगरपालिकामा समेत तीन दिने अभियान शुरु भएको छ । कालिका नगरपालिकामा आजदेखि अभियान शुरु भएको केसीले जानकारी दिए । अभियानका लागि कालिका नगरपालिकामा स्वास्थ्यकर्मी र टोलविकास संस्थाका प्रतिनिधिलाई डेंगु रोग तथा यसबाट बच्ने उपाएका बारेमा अभिमुखीकरण गरिएको वडा नम्बर ६ का वडाध्यक्ष विनोद रेग्मीले जानकारी दिए । असार १२ देखि १४ गतेसम्म कालिकामा सञ्चालन हुने लार्भा नष्ट अभियानमा १० जना महिला स्वास्थ्य स्वयंसेविका खटिँदैछन् । स्थानीय सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष अर्जुन हुमागाईले भाँडामा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे हुर्कने भएकाले यस्ता भाँडामा पानी जम्न दिन नहुने कुरा अभिमुखीकरणबाट थाहा पाएकाले अभियानमा टोलवासीलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता जनाए । भरतपुरमा असार १३ देखि उक्त अभियान भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा ३० जना स्वयंसेवक खटाएर असार १३ देखि १५ गतेसम्म तथा खैरहनी नगरपालिकामा असार १४ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन हुने जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ । खैरहनी नगरपालिकाको वडा नम्बर ६, ८ र ९ मा १८ जना स्वयंसेवक खटाइने छ । सो अभियानका क्रममा स्वयंसेवकले घरघरमा गएर डेंगु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने, फेला परेमा नष्ट गर्ने र पर्चा पम्प्लेट वितरण गर्ने छन् । चितवनमा चालू आवको अहिलेसम्म एक हजार २९१ जनाको परीक्षणमा ५८ जनामा डेंगु रोग लागेको पाईएको छ । त्यसमध्ये ३२ जना चितवनका बिरामी र अरु अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । यसअघि यो वर्ष चितवनमा उपचारका लागि ल्याइएका मकवानपुरका एकजनाको मृत्यु भएको जनाइएको छ । गएको फागुनदेखि नदेखिएको डेंगु गएको जेठमा एकजनामा फेला परेको छ । साउनदेखि कार्तिकसम्म डेंगु संक्रमण हुने जोखिम समय हो । मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीको भनाइ छ । डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न दिन हुँदैन । नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो । २०१० अर्थात आव २०६७÷६८ सालमा चितवनमा महामारी फैलिँदा पाँचजनाको मृत्यु भएको थियो । नेपालका ४९ जिल्लामा यो रोग देखिइसकेको छ । चितवनमा डेंगु परीक्षणको आवश्यक कीटसमेत तयारी अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । मुख्यगरी डेंगु रोगको अहिलेसम्म उपचार पत्ता नलागेकाले लक्षणअनुसार चिकित्सकले उपचार गर्छन् । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरुची हुने, मांशपेशी दुख्ने, पेट गडबडी हुनेलगायतका लक्षण देखिन्छन् । यसबाट बच्न पहिले त लामखुट्टेको टोकाइबाट बच्ने र घर वरपर सरसफाइ गरेर कुनै पनि भाँडामा पानी जम्न नदिनु हो । त्यसपछि पूरा ढाकिएको कपडा लगाउने, झुलभित्र सुत्ने, खाली भागमा मल्हम लगाउने, झ्याल ढोकामा जाली लगाउनेजस्ता उपाय अपनाउनु पर्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies