Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

टोनी क्रुसको फ्रि किक गोलले जोगियो जर्मनी

मस्को । स्विडेनविरुद्धको खेलमा टोनी क्रुसले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी जोगिएको छ । जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीले पहिले गोल खाएर पनि अन्तिममा आप्नो पक्षमा नतिजा पार्न सफल भएको हो । खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको अवस्थामा अतिरिक्त समयको पाँचौ मिनेटमा पाएको फ्रिकिकलाई टोनी क्रुसले सीधै स्विडेनको जाली चुमाएका थिए । यसअघि खेलको ३२ औँ मिनेटमा स्विडेनले अग्रता बनाएको थियो । स्विडेनलाई अग्रता दिलाउने क्रममा स्विडेनका लागि वला टोइभोनेनले काउन्टर एट्याकमा ३२ औँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको तेस्रो मिनेटमा मार्को रेयुसलले गोल गरेपछि स्विडेनविरुद्ध जर्मनीले बराबरी गर्न सफल भएको थियो । स्विडेटको डी बक्समा अलमलिएको बललाई रेयुसले पोस्टको दिशा देखाएका थिए । यसअघि साविक विजेता जर्मनी विश्वकपको समूह चरणको दोस्रो खेलको सुरुवात पछि परेको थियो । स्विडेनविरुद्धको पहिलो हाफमा गोल खाएपछि सन् २०१४ को विश्व विजेता पछि परेको थियो । तर खेल १–१ को बराबरीमा रहेको अवस्थामा जर्मनीका मिडफिल्डिर जेरोमे बोटेङले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । त्यसपछि जर्मनी दबाबमा परेको थियो तर अन्तिममा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । ७० औँ मिनेटमा पहिलो पहेँलो कार्ड भेट्टाएका बोटेङले स्विडेनका खेलाडीलाई लडाएपछि खेलको ८२ औँ मिनेटमा रेफ्रीले अर्को पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । पहिलो हाफमा गोल खाएपछि दोस्रो हाफमा उसले स्विडेनविरुद्ध बराबरी होइन जित नै दर्ता गर्नुपर्ने अवस्था अनुसार जर्मनीले नतिजा पनि निकालेको हो । स्विडेनले खेल सुरु भएको केकही बेरमै जर्मनीविरुद्ध गोलको गतिलो अवर गुमाएको थियो । जर्मनीले ७२ प्रतिशत बल पोजेसन बनाउन सकेको थियो । जर्मनीविरुद्ध पहिलो हाफको अन्तिम समयमा स्विडेनका मार्कुस ब्रेगले गरेको हेड बललाई म्यानुअल नुएरले पोस्टको दाहिनेतर्फ कठिन बचाउ गरेका थिए । स्विडेनविरुद्धको खेलमा जित दर्ता गराउन सफल भएपछि जर्मनीले २ खेलबाट ३ अंक बटुलेको छ, स्विडेनको पनि समान अंक छ । मेक्सिकोले २ खेलबाट ६ अंक बनाइसकेको छ । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो । मेक्सिकोले दक्षिणकोरियालाई आजै साँझ पराजित गर्दै ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिसकेको छ । यस्तोमा अबको अन्तिम खेलमा जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ भने स्विडेनले मेक्सिकोसँग । एजेन्सी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending