Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरियालाई पेनाल्टी घातक: मेक्सिको २-१ ले विजयी

मस्को । खेल सुरु भएको पहिलो मिनेट देखि नै विपक्षी पोस्ट्मा आक्रमण बुनेको मेक्सिकोले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई २-१ गोलले पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण कोरिया मेक्सिकोसँग पराजित भएको हो। पहिलो हाफको २४औं मिनेटमा कोरियाका हुयोन सो जाङले डीबक्सभित्र फल खेलेपछि रेफ्रीले मेक्सिकोलाई पेनाल्टी प्रहारको अवसर दिए। कार्लोस भेलाले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १-० गोलले पछि परेको दक्षिण कोरियाले आक्रामक खेल खेल खेल्यो। लगातार विपक्षी पोस्ट्मा प्रहार गरेको कोरिया फिनिसिङमा कमजोर देखिँदा दोस्रो हाफको ६६औं मिनेटमा मेक्सिकोले अग्रता दोब्बर बनायो। हार्भिङ लोजानोले उपलब्ध गराएको सुन्दर पासमा गोल गर्दै जाभियर हर्नान्डेजले मेक्सिकोलाई २-० को अवस्थामा पु¥याए। त्यसपछि ९० मिनेटसम्म कतैबाट गोल हुन सकेन। थपिएको समयको तेस्रो मिनेटमा कोरियाका लागि मिन सुनले उत्कृष्ट गोल गरे। दक्षिण कोरियाले रुस विश्वकपको आफ्नो पहिलो खेलमा स्विडेनसँग १-० गोलले पराजित भएको थियो। भिडियो असिस्टेन्स रेफ्री (भीएआर)को सहायतामा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले दक्षिण कोरियालाई स्तब्ध बनाएको थियो। सन् २००२ मा आफ्नै देशमा भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछिका संस्करणमा दोस्रो चरणभन्दा अगाडि बढ्न सकेको छैन। सन् २०१० को विश्वकपमा पनि दक्षिण कोरिया दोस्रो चरणसम्म पुगेको थियो।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies