Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

चुहिन थाल्यो आइसिपीको मुख्य भवन

\"\"पर्सा। वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको पानी चुहिन थालेपछि काम गर्न कर्मचारीलाई समस्या भएको हो । भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केएस स्फटनेट सोलुशन प्रालिले गुणस्तरीय निर्माण नगरेको कारण आइसिपीको मुख्य भवन र गोदाम सामान्य वर्षामै चुहिन थालेकोे भन्सारका कर्मचारीले गुनासो गरेका छन् । चार/पाँच दिन अगाडि भएको सामान्य वर्षा हुँदा मुख्य भवन र गोदाममा पानी चुहिएको हो । मुख्य भवन र गोदाममा पानी चुहिन थालेपछि काम गर्न र मालसामान भण्डारण गर्न समस्या भएको आइसिपी व्यवस्थापनको जिम्मा पाएको इटरमोडेल आइसिपी कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले जानकारी दिए । उनले अहिले देखिएको समस्यालाई समाधान गर्न केएस स्फटनेट सोलुशन प्रालिका कर्मचारीलाई भनिए पनि समस्या यथावत् नै रहेको बताए । यसै विषयमा सोलुशन प्रालिका परियोजना प्रबन्धक सुभाषचन्द्र दाससँग बुझ्दा उनले भवनको छत र गोदाममा देखिएका समस्यालाई चाँडै समाधान गरिने बताए । निर्माण कार्य गुणस्तरीय भएपनि परियोजनाको डिजाइनमा कमजोरी रहेका कारण पानी चुहिने समस्या देखिएको उनले दाबी गरे । आइसिपीको मुख्य भवनलगायत गोदाम निर्माणमा भएको लापर्बाहीबारे आइसिपी निर्माण कार्यको रेखदेखको जिम्मा पाएका शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेसँग बुझ्दा उनले निर्माण कार्य तथा अनुगमनको सम्पूर्ण जिम्मा भारतीय पक्षलाई नै भएको र नेपाली कार्यालयलाई भूिमकाविहीन बनाइएका कारण समस्या देखापरेको तर्क गरे । आइसिपीको भवन निर्माण गर्दा गुणस्तरीयतालाई गम्भीतापूर्वक नलिएका कारण तीन महिना नबित्दै चुहिने समस्या देखा परेको उनको भनाइ रहेको छ । निर्माण कार्यको अनुगमन तथा गुणस्तरको परीक्षणसमेत भारतीय पक्षले नै गरेकाले हाल देखिएको समस्याको मुख्य दोषी भारतीय पक्ष नै भएको कार्यालय प्रमुख वाग्लेको ठम्याइ छ । रु एक अर्ब ३९ करोडको लगानी भएको आइसिपी निर्धारित समयभन्दा पाँच वर्ष ढिलो निर्माण सम्पन्न भएको थियो । गएको चैत ११ गते नेपाल सरकारलाई भारतीय पक्षले विधिवत्रुपमा आइसिपीलाई हस्तान्तरण गरेको थियो । आइसिपी हस्तान्तरण गर्दा निर्माण गरिएको भवन, गोदामलगायतका पूर्वाधार मापदण्डअनुसार भएनभएको बारे कुनै अनुगमन नगरिएको आइसिपीकै कर्मचारीको भनाइ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending