Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

लोकप्रीय वडाध्यक्ष, रातदिन जनताको काममा व्यस्त

\"\"म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम नहुने धेरैको अनुमान थियो । जिल्लाका ठूला राजनीतिक दलका उम्मेदवारलाई समेत पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका बेनी नगरपालिका–३ भकिम्लीका पदम पुन गाउँमा लोकप्रिय छन् । बिहानदेखि बेलुकीसम्म जनताको सेवामा सक्रिय रहनुभएका पुनले आफूले शुरू गरेको बाख्रापालनलाई समेत समय दिन सकेको छैन । बेनी नगरपालिकाभित्रका वडामा सबैभन्दा बजेट कार्यान्वयन तथा योजना सम्पन्नमा समेत भकिम्ली अग्रस्थानमा छ । वडावासीको दैनिक काम, निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको २० कोठे भवनमा उनले धेरै समय खर्चनुपरेको छ । तीन वर्ष अगाडि करीब रु १२ लाखमा स्थापना गरेको बाख्रापालन व्यवसायलाई पर्याप्त समय दिन नसक्दा पुनले बाख्रापालन नै छोड्न लागेको बताए । “मैले जनप्रतिनिधिको भूमिकासँगै बाख्रापालनलाई अगाडि बढाउन नसक्ने भएकाले संख्या घटाउँदै छु, आफ्नो कार्यकालमा भकिम्लीमा धेरै काम गर्नुपर्नेछ”, पुनले भने । जनताको प्रतिनिधिको भूमिका र व्यवसायलाई सँगसँगै लैजान समय व्यवस्थापन गर्न नसकिने बताउँदै उनले खरी र उन्नत जातका ८५ वटा बाख्रा बिक्री गरिसकेको छ । जनप्रतिनिधिको उपस्थिति जनताको आवश्यकताअनुसार हुने भएकाले पनि व्यवसायमा ध्यान दिँदा जनताले समयमै काम नपाउने उहाँको भनाइ छ । जयन्ती माविको व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका पुनले २० कोठे भवन र खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा भइरहेको चन्दा संकलन अभियानका बारेमा जानकारी तथा भवन निर्माणमा समेत दैनिकजसो उपस्थिति जनाउने गरेको जयन्ती मावि भकिम्लीका प्रअ रामबहादुर पुनले बताए । सदरमुकामबाट नजिक भए पनि राजनीतिक दलको उपेक्षाका कारण सडक, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा पूर्वाधार विस्तारमा पर्याप्त बजेट विनियोजन हुन नसकेको गुनासो गर्दै अध्यक्ष पुनले प्रवासमा रहेका भकिम्लीवासीले विद्यालयको भवनलाई रु एक करोडभन्दा बढी आर्थिक सहयोग गरेको बताए उनले बेनी–भकिम्ली सडक, स्वार्गाआश्रम, बेलढुंगा, सुन्तला र पशुपालनका क्षेत्रमा बजेट तथा अनुदानका लागि पहल भइरहेको जानकारी दिए । तत्कालीन समयमा राज्य पक्षका सुरक्षाकर्मीको ज्यादतिले दुईवर्ष जेल जीवन बिताएर २०६० सालबाट भूमिगत राजनीति गर्नुभएका पुन गाउँकै मुुसुङ्डोले आधारभूत विद्यालयका पूर्वशिक्षक समेत छन् । स्थानीय तहको निर्वाचनमा दलीय प्रतिष्पर्धामा जनताले स्वतन्त्र उम्मेदवारलाई जिताए पनि उहाँले सेवा प्रवाहमा समान व्यवहार गर्ने गरेको र गाउँस्तरमा हुने योजना बाँडफाँडमा समेत आवश्यक सहयोग लिने गरेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाभित्रका वडामा सबैभन्दा धेरै जनश्रमदान हुने वडामा समेत पर्ने भकिम्ली सामाजिक तथा विकास निर्माणमा जनताको उत्साहजनक सहभागिता हुने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies