Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

आजको खेलमा यी खेलाडी चम्केलान् ?

इडन हजार्ड स्ट्राइकर, बेल्जियम बेल्जियमका प्ले मेकर इडन हजार्डको लक्ष्य नकआउट चरण हो । पानामामाथि ३–० को जित निकाल्दा उनले रामेलु लुकाकुलाई सटीक पास उपलब्ध गराएका थिए । बलमाथिको नियन्त्रण, विपक्षी डिफेन्स रणनीति, डिबक्सभित्र बल पाउँदा हजार्ड रणनीतिअनुरूप बल पास दिन्छन् । सन् २०१२ मा इंग्लिस क्लब चेल्सीमा आबद्ध भएपछि हजार्डले अहिलेसम्म ८९ गोल गरेका छन् । इंग्लिस प्रिमियर लिगमा उनी दुईपटक क्लबकै उत्कृष्ट खेलाडी बनिसकेका छन् । सन् २००८ मै राष्ट्रिय टोलीमा डेब्यु गर्दा हजार्ड केवल १७ वर्षका मात्र थिए । निरन्तर रूपमा राष्ट्रिय टोलीमा रहेका हजार्डले रसिया विश्वकप छनोटका ८ खेलमा ६ गोल गरेका थिए । अहिलेसम्म राष्ट्रिय टोलीबाट उनले ८६ खेलमा २२ गोल गरेका छन् । सिनियर र जुनियरको मिश्रित टिम बेल्जियमले हजार्डबाट धेरै आशा गरेको छ । जाभियर हर्नान्डेज मेक्सिको, स्ट्राइकर मेक्सिकोको राष्ट्रिय टिमबाट सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने थोरै व्यक्तिमा जाभियर हर्नान्डेज पर्छन् । फिफाले आयोजना गर्ने लगभग सबै ठूला प्रतियोगितामा जाभियरले प्रतिस्पर्धा गरेका छन् । मेक्सिकोका धेरै अनुभवी खेलाडी जाभियर दक्षिण कोरियाविरुद्ध निर्णायक बन्न सक्छन् । साबिक विजेता जर्मनीमाथि १–० को जित निकालेका कप्तान हर्नान्डेजले अहिलेसम्म एक सय तीन अन्तर्राष्ट्रिय खेलमा ४९ गोल गरेका छन् । नौ वर्ष लगातार राष्ट्रिय टोलीमा परेका हर्नान्डेज धेरै समयसम्म ठूलो युरोपियन क्लबबाट आबद्ध हुन सकेनन् । यद्यपि, म्यानचेस्टर युनाइेटड, रियल म्याड्रिड तथा बार्यन लेभरकुसेनजस्ता चर्चित क्लबमा खेलिरहेका उनी हाल प्रिमियर लिग वेस्टह्यामबाट खेल्छन् । थोमस मुलर  जर्मनी, स्ट्राइकर सम्भवतः थोमस मुलर अन्तिम विश्वकप फुटबल प्रतियोगिता खेलिरहेका छन् । प्रशिक्षक जोचिम लोको राष्ट्रिय टिम निर्माणमा थोमस पनि एक प्रमुख खेलाडी हुन् । यद्यपि, मेक्सिकोसँगको पहिलो खेलमा थोमसले खासै जादु देखाउन नसके पनि दोस्रो खेलमा आफ्नो प्रदर्शनमा कमी नआउने विश्वास राखेका छन् । दोस्रो खेलमा पनि रामो नतिजा आएन भने जर्मनीको भविष्य खतरामा पर्न सक्छ । यसकारण पनि थोमस आफू शतप्रतिशत योगदान दिन चाहन्छन् । सन् २०१० देखि टिममा रहेका थोमसले अहिलेसम्म ९२ खेलमा ३८ गोल गरेका छन् । उनले वायर्न म्युनिखबाट दुई सय ८६ खेलमा एक सय चार गोल गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending