Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

यसकारण भूकम्पको उच्च जोखिममा छ नेपाल...

पृष्ठभूमि भनिन्छ, नेपाल भूकम्पीय दृष्टिकोणले विश्वमै ११औं स्थानमा छ । विज्ञहरुका अनुसार  भूकम्पीय दृष्टिले नेपाल उच्च जोखिममा रहनुको मुख्य कारण नेपालको भूमिमुनि तिब्बतीयन र इन्डियन प्लेट खप्टिनु हो । यी दुई प्लेटबीच हुने घर्षणले जमिनमा हलचल पैदा गरिदिन्छ, त्यही हलचललाई हामी भूकम्प भन्ने गर्छौं । विश्वमै जमिनमुनि रहेका जम्मा ७ वटा प्लेटमध्येका दुईवटा प्लेट नेपालमुनि पर्ने भएकै कारण नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको विज्ञहरुको तर्क छ । र, विश्वका भूगर्भविद्हरुले पनि बारम्बार नेपाललाई भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको उल्लेख गरेर ‘सचेत’ गराउँदै आउका छन् । इतिहासलाई केलाएर हेर्दा समेत यहाँ खासखास कालखण्डमा नियमितजसो नै शक्तिशाली भूकम्पहरु गएका छन् । ती भूकम्पले ठूलो मात्रामा धनजनको क्षति गराउने गरेको कुराले समेत नेपाल राष्ट्र भूकम्पको उच्च जोखिममा रहेको बुझिन आउँछ । वि.सं. १२१८ मा नेपालमा पहिलो पटक भूकम्प मापन भएको हो । यो मितिदेखि यता दर्जनौं ठूला भूकम्प गएका छन्, जसबाट हजारौंको ज्यान जानुका साथै लाखौं नागरिक घरबारविहीन भएका छन् । तथ्यांकलाई सरसर्ती हेर्दा हरेक एक शताब्दी वा त्यसको आसपासमा शक्तिशाली भूकम्प जाने गरेका छन् । यीमध्येका सबैभन्दा विनाशकारी भूकम्प वि.सं १८८०, वि.सं. १९९०, वि.सं. २०४५ र १२ वैशाखमा गए । यी भूकम्पका कारण क्षणभरमै हजारौंले ज्यान गुमाए, लाखौं मानिस घरबारविहीन भए र हजारौं घाइते हुन पुगे । अन्तर्राष्ट्रिय सन्दर्भ विकासशील राष्ट्र हैटीमा सन् २०१० मा गएको भूकम्पले २ लाख ५० हजारभन्दा धेरै मानिसको ज्यान लियो, लाखौं घरबारबिहीन भए; त्यहाँको राजधानी सहर समेत तहसनहस भयो । परिणामस्वरुप हैटीबासीले ठूलो अभाव र महामारी समेतको सामना गर्नुपर्यो । यस्तै दुःखदायी यथार्थ सन् २००२ मा इन्डिोनेशियाले भोग्यो । भूकम्पपछिको सुनामीले लाखौंको मृत्यु भयो । भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, श्रीलङ्कालगायत देशहरुका लाखौं मानिसलाई समुद्री छालले बेपत्ता बनाइदियो । भूकम्पको सहर भनेर चिनिने जापानमा सन् २००८ मा गएको विनाशकारी भूकम्पपछि आएको सुनामीले ठूलो जनधनको क्षति गरायो । तर, विश्वको तथ्याङ्कलाई हेर्ने हो भने प्राकृतिक प्रकोपबाट सबैभन्दा प्रभावित चाहिँ विकासशील र गरिब मुलुकहरु नै देखिन्छन् । भूकम्प आफैं खास जोजिम नभएर मानवनिर्मित संरचनाहरु नै भूकम्पीय जोखिमका दृष्टिले अभिशाप बन्ने गरेका छन् । राष्ट्रिय सन्दर्भ ः महाभूकम्प २०७२ वि.सं. २०७२ वैशाख १२ गते शनिबार गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको भूकम्पले ठूलो मात्रामा धनजनको क्षति पुर्यायो । हजारौं घाइते भए, लाखौं घरबारबिहीन भए । यो भूकम्पलगत्तैदेखि सयौंको संख्यामा ठूलठूलै ‘प्रतिकम्पन’ का धक्काहरु कायमै रहे । यसबाट नागरिकमा छाएको सन्त्रास सेलाउन नपाउँदै वैशाख २९ गते पुनः गएको अर्को शक्तिशाली भूकम्पले वर्तमान भूकम्पीय त्रासदीलाई थप जटिल बनाइदियो । वैशाख १२ को भूकम्पलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.६ रेक्टर स्केल बताएको छ भने अन्तर्राष्ट्रियजगतमा ख्यातिप्राप्त विभिन्न भौगर्भिक संस्थाहरुले त्यसको क्षमता ७.९ रेक्टर स्केल भएको उल्लेख गरेका छन् । त्यसैगरी वैशाख २९ को धक्कालाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.८ रेक्टर स्केल बताएको छ भने अन्तर्राष्ट्रिय संस्थाहरुले ७.३ या ७.७ रेक्टर स्केल मापन गरिएको उल्लेख गरेका छन् । भूकम्पका कारण नागरिक त्रसित छन्, धेरैले घर–डेरा छाडेर सडक, चौर या अन्य कुनै खालि ठाउँमा पाल–प्लाष्टिकमुनि वास सारेका छन् । र, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले समेत ठूलो भूकम्प गएको अवस्थामा धेरै समयसम्म शक्तिशाली खालकै पराकम्पन पनि आउन सक्ने उल्लेख गर्दै त्यसबाट नआत्तिन तर सजग र सुरक्षित रहन सबैमा आग्रह गरेका छन् । थप शक्तिशाली भूकम्पको सम्भावना तथा पराकम्पनले पार्न सक्ने असरबारे जिज्ञासा राख्दा राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले खबर डबलीसँग भने– ‘भूकम्पपछि धेरै समय पराकम्पन आउनु स्वाभाविक हुन्छ । पराकम्पनले कुनै असर गर्दैन, बाहिरको अफवाह झुटो हो । भ्रमको पछि नलाग्नोस् ।’ उनले अहिलेसम्म ४ रेक्टर स्केलमाथिका २ सय ५० जति पराकम्पनहरु आइसकेको समेत जानकारी दिए । बैसाख १२ तथा २९ गतेका भूकम्पले राजधानी उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरजस्ता क्षेत्रहरुमा ठूलो असर पुर्याएको छ । योभन्दा ठूलो मानवीय एवम् भौतिक क्षति त सिन्धुपाल्चोक, गोरखा र दोलखामा पुर्याएको छ । यीबाहेकका नुवाकोट, रामेछाप, काभ्रेपलाञ्चोकलगायतका ८ जिल्लामा पनि अहिलेको भूकम्पले ठूलै क्षति पुर्याएको छ । यसको अर्थ राजधानी र आसपासका क्षेत्र मात्रै भूकम्पीय दृष्टिले उच्च जोखिमा छन् भन्ने होइन । सबै क्षेत्र उत्तिकै जोखिममा छन्, यसपटक यी क्षेत्रमा बढी प्रभाव पर्नु बेग्लै कुरा हो । तथ्यांकमा महाभूकम्प– २०७२ प्रहरी प्रधान कार्यालयका प्रवक्ता कमलसिंह बम मौसमी प्रतिकूलता एवम् स्रोत–साधनको अभावका कारण भूकम्पको अतिप्रभावित क्षेत्रअन्तर्गत परेका दोलखा, सिन्धुपाल्चोक, गोरखा, रसुवा र नुवाकोटका कतिपय दुर्गम घाउँबस्तीमा अझैसम्म पनि उद्धार कार्य पूरा हुन नसकेको बताउँछन् । विनासकारी महाभूकम्पको प्रभाव मूल्याङ्कन गर्दै उनी भन्छन्–‘विगतको भूकम्पभन्दा यसपालिको भूकम्प तुलनात्मक रुपमा खतरनाक छ । यसले हामीलाई धेरै पाठ सिकाएको छ । यसखाले उच्च जोखिमको सन्त्रासबाट बच्न राज्यले उचित ध्यान दिएन भने भविष्यमा हुने प्राकृतिक प्रकोपबाट बच्न निकै कठिन छ ।’ प्रहरीले प्राविधिक, वातावरणीय सबैखाले जोखिम मोलेर पनि उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखेको उनको दावी छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकअनुसार भूकम्पका कारण ८ हजार ५ सय ८७ को मृत्यु भएको छ भने घाइते हुनेको संख्या १७ हजार ८ सय ८४ छ । प्रहरीका अनुसार मृतक संख्यामध्ये ३० प्रतिशत पुरुष, ३९ प्रतिशत महिला, १५ प्रतिशत बालक र १६ प्रतिशत बालबालिका छन् । भूकम्पका कारण ४ लाख १७ हजार ९ सय ९७ घरहरु ध्वस्त भएका छन् । भूकमपको मुख्य प्रभाव मध्यमाञ्चलमा परेको छ । यस क्षेत्रमा मृतक संख्या ६ हजार २ सय ४० रहेका छ । उपत्यकामा १ हजार ७ सय १० को निधन भएको छ भने पश्चिम क्षेत्रमा मा ४ सय २१ को निधन भएको छ । पूर्वमा ५३ र मध्यपश्चिममा २ जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् । सुदूरपश्चिममा भने यसपालिको भूकम्पमा परेर कसैको पनि मृत्यु भएन । त्यसैगरी भूकम्पका कारण काठमाडौंमा १० हजार ७ सय ७३, मध्यक्षेत्रमा ५ हजार ५ सय ६४, पश्चिममा १ हजार १ सय ९८, पूर्वीक्षेत्रमा ३ सय २५, मध्यपश्चिममा २२ र सुदूरपश्चिममा २ जना घाइते भएका छन् । महाभूकम्पमा निजामती कर्मचारी ११, नेपाली सेना ९, नेपाल प्रहरीका ६ र सशस्त्र प्रहरीका १ जनाको मृत्यु भएको छ भने ७९ जना विदेशीले पनि ज्यान गुमाएका छन् । त्यस्तै, नेपाल प्रहरीका १ सय ४०, सशस्त्र प्रहरीका २१ र विदेशी ५२ विदेशी नागरिक भूकम्पमा परी घाइते भएका छन् । यस्तै, २ सय ५४ नेपाली नागरिक, १ सय ११ विदेशी र नेपाल प्रहरीका १ नागरिक भूकम्पमा परी बेपत्ता भएका छन् । र, यो पनि... विनासकारी महाभूकम्पबाटसरकारले समयमै पाठ नसिके भविष्यमा अझै ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी विपत व्यवस्थापनविद् रतीन्द्र खत्रीले दिएका छन् । उनी भन्छन्–‘सामान्यभन्दा सामान्य लापरबाहीले धेरै जनधनको क्षति भएको छ । यसलाई मनन् गरी तत्काल भवन निर्माण मापदण्ड तथा प्राकृतिक व्यवस्थापन ऐन पारित गर्नुपर्छ ।’ यस्तो छ भूकम्पको नेपाली इतिहास
  • वि.सं. १२१८– नेपालमा पहिलो पटक असार शुक्ल तृतीयाका दिन सोमबार ७.७ रेक्टर स्केलको भूकप्प मापन भएको थियो । यस भूकम्पले काठमाडौंका तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो । उपत्यकाका एकतिहाई जनसंख्या प्रभावित भएको भूकम्पका कारण स्थानीयले एक महिनासम्म सहर छाडेका थिए ।
  • वि.सं. १३१६– यसवर्ष आएको भूकम्पले उपत्यकामा धेरै क्षति पुर्याएको थियो । महामारीको साथै अनिकाल निम्त्याएको थियो ।
  • वि.सं. १४६५– यस वर्षको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत दर्जनौं मन्दिर भत्काएको थियो ।
  • वि.सं. १८२४– यस वर्षको असार १ गते एकै दिनमा २१ पटक भूकम्पको धक्का महशुस भएको थियो ।
  • वि.सं. १८६७– यो वर्ष जेठ १० गते आएको भूकम्पले काठमाडौंमा धेरै भौतिक संरचना ध्वस्त पारेको थियो भने भक्तपुरमा मानवीय क्षति बढी भएको थियो ।
  • वि.सं. १८८०– यो साल यमपञ्चका दिन एकै स्थानमा बसेका ७ वटा ग्रह छुट्टिँदा भूकम्प गएको थियो ।  एकै दिनमा १७ वटा धक्का महशुस भएका थिए ।
  • वि.सं. १८९०– भदौ १२ गते सोमबार बेलुकी ६ बजे र राति ११ बजे दुई पटक भूकम्प गए । यस पटकको भूकम्पले दुई वटा धरहरामध्ये एउटालाई पूर्ण रुपमा क्षति पुर्यायो र अर्कोमा आंशिक क्षति भयो । उपत्यकालगायत बनेपाको पुरानो सहरी वस्ती ध्वस्त भएको थियो । उपत्यकामा ४ हजार २ सय १४ घर पूर्ण रुपमा ध्वस्त भई देशभर १८ हजार घर भत्किएका थिए । एक महिन नबित्दै असोज १० गते पुनः अर्को शक्तिशाली भूकम्प गएको थियो ।
  • वि.सं. १८९१– यस वर्ष पनि असार र असोजमा दुई पटक भूकम्प गए । पानी परिरहेको समयमा भूकम्प आएकाले बागमतीमा ठूलो बाढी आएको थियो ।
  • वि.सं. १९९०– यस वर्ष माघ दुई गते सोमबार दिनको दुई बजे पूर्वको संखुवासभाको चैनपुर केन्द्रविन्दु भई ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । ९० सालको भूकम्पले काठमाडौंमा ४ हजार ५ सयसहित जम्मा ८ हजार ५ सय १९ जनाको ज्यान लिएको थियो । यो भूकम्पले धरहरालगायत २ लाख ७ हजार ४० भौतिक संरचना ध्वस्त पारेको थियो । यस्तै, सुदूरपश्चिमको बझाङलाई केन्द्रविन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पले २ हजार ५ सय घर ध्वस्त पार्नुको साथै ४६ जनाको ज्यान लिएको थियो भने सयौं चौपाया मरेका थिए ।
  • वि.सं. २०३७– यस वर्ष ६.५ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पले १ सय २५ जनाको ज्यान लिएको थियो भने १३ हजार ४ सय १४ घर नष्ट भएका थिए ।
  • वि.सं. २०४५– यस वर्षको भूकम्पका कारण ७ सय २१ जनाको मुत्यु हुनुका साथै ६४ हजार १ सय २५ घर नष्ट भए ।
  • वि.सं. २०५०– यस वर्ष आएको भूकम्पका कारण १ जनाको मृत्यु हुनुका साथै ४ सय ५१ घर ध्वस्त भए ।
  • वि.सं. २०५८– यस वर्षको भूकम्पमा परी २ जनाको मृत्यु भयो ।
  • वि.सं. २०६०– यस वर्षको भूकम्पमा पनि १ जनाको मृत्यु भयो ।
  • वि.स. २०६८– यस वर्ष असोज १ गते भारतको सिक्किम केन्द्रविन्दु भई आएको ६.७ रेक्टर स्केलको भूकम्पले उपत्यकामा ३ सहित नेपालमा ७ जनाको मृत्यु भयो । पूर्वमा धेरै घरहरु ध्वस्त भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies