Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

सडक स्तरोन्नतिमा माटो उपलब्धताको समस्या

खबरडबली संवाददाता

मोरङ । एसियन हाइवेको मापदण्डअनुसार निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्डमा माटोको सहज उपलब्धता नहुँदा समयमै लक्षित प्रगति हासिल गर्न कठिनाइ हुनेमा देखिएको छ ।

काँकरभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६० किमी सडक मात्र ठेक्का लागेर काम सुरु भएको छ । 

सडक आयोजनाले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरिएको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरुखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । जसमा पूर्वी खण्डमा समग्रमा ३ प्रतिशत काम भइसकेको आयोजनाका दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए । 

पश्चिम खण्डमा माटो उपलब्धतामा खासै समस्या नभए पनि पूर्वी खण्डमा माटो उपलब्धतामा समस्या भइरहेको पूर्वी खण्डका आयोजना प्रमुख पन्तले बताए । “पूर्वी खण्डमा मात्र करिब १० लाख घनमिटर माटो आवश्यक रहेको र हालसम्म १० प्रतिशत मात्र माटो फिलिङको काम भएको छ”, पन्तले भने, “जेठ अन्तिमदेखि बर्खा लाग्ने हुँदा तीन महिनासम्म माटो झिक्न नमिल्ने भएकाले माटो उपलब्धता प्रक्रियामा स्थानीय निकायले चाँडै सहजीकरण खेल्नुपर्ने आवश्यकता छ ।”
पछिल्लो समय केही स्थानीय निकायले राजस्वको दर परिमार्जन गर्दा सडक निर्माणको पहिलो चरणको काम माटो फिलिङ प्रक्रियामा जटिलता सिर्जना हुनसक्ने पन्तले बताए । निर्माण ठेक्का लाग्नु अगाडिको निर्माण सामग्रीको राजस्व दर ठेक्कापछि फेरबदल पर्न गएमा त्यसले निर्माण व्यवसायमा पर्ने अतिरिक्त आर्थिक भारबापत क्षतिपूर्ति दाबी गर्न पाउने व्यवस्था रहेको पन्तले जानकारी दिए ।    

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा स्तरोन्नति सुरु भएको हो । आयोजना निर्माणमा ३० करोड डलर लाग्ने अनुमान गरिएको छ ।  कूल ९५ दशमलव ७६० किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण हुनेछन् भने एक सय ४० वटा बक्स कल्वर्ट रहेका छन् । सोमध्ये पाइल फाउण्डेसन विधिबाट केर्खा खोला र कमल खोला पुल निर्माण भइरहेको र ८० वटा कल्वर्ट निर्माण  जारी रहेको प्रमुख पन्तले बताए । 

उनका अनुसार पूर्वी खण्डका पुलको जग निर्माण पाइलको काम २५ प्रतिशत पूरा भइसकेको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् । 

काँकरभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले हाल सो खण्डमा माटो फिलिङको काम भइरहेको बताए । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको उनको भनाइ छ । 

निर्माणका क्रममा कतिपय स्थानमा बिजुलीको खम्बा सार्ने र सडक निर्माणको कामसँगै गर्नुपर्ने हुँदा यो प्रक्रिया चाँडै अघि बढाउनुपर्ने प्रजापतिले बताए । सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाइएको छ । 

उनका अनुसार ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ । साथै शून्यदेखि ४५ किमीसम्म, ४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव ७७० किमीसम्म पाँच वटा ठेक्का लागेको छ । निन्दा, विरिङ, कन्काइ पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का प्रक्रिया पूरा भइसकेको छ । काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको प्रजापतिले बताए ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने प्रमुख प्रजापतिले बताए । 

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले जोइन्डमा सडक निर्माण गर्नेछन् । हाल धमाधम ‘साइट क्लियरेनस’ भइरहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए । 

गत फेब्रुअरी २ बाट ठेक्का लागू भएको आयोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने, थप एक वर्ष त्रुटि सच्याउने अवधि र थप पाँच वर्ष मर्मत अवधिसमेतको ठेक्का लागेको सडक आयोजनाका इटहरी कार्यालयका प्रमुख प्रजापतिले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending