Ntc summer Offer
Khabar Dabali १० जेष्ठ २०८१ बिहीबार | 23rd May, 2024 Thu
NIMB

सडक स्तरोन्नतिमा माटो उपलब्धताको समस्या

खबरडबली संवाददाता

मोरङ । एसियन हाइवेको मापदण्डअनुसार निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्डमा माटोको सहज उपलब्धता नहुँदा समयमै लक्षित प्रगति हासिल गर्न कठिनाइ हुनेमा देखिएको छ ।

काँकरभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६० किमी सडक मात्र ठेक्का लागेर काम सुरु भएको छ । 

सडक आयोजनाले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरिएको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरुखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । जसमा पूर्वी खण्डमा समग्रमा ३ प्रतिशत काम भइसकेको आयोजनाका दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए । 

पश्चिम खण्डमा माटो उपलब्धतामा खासै समस्या नभए पनि पूर्वी खण्डमा माटो उपलब्धतामा समस्या भइरहेको पूर्वी खण्डका आयोजना प्रमुख पन्तले बताए । “पूर्वी खण्डमा मात्र करिब १० लाख घनमिटर माटो आवश्यक रहेको र हालसम्म १० प्रतिशत मात्र माटो फिलिङको काम भएको छ”, पन्तले भने, “जेठ अन्तिमदेखि बर्खा लाग्ने हुँदा तीन महिनासम्म माटो झिक्न नमिल्ने भएकाले माटो उपलब्धता प्रक्रियामा स्थानीय निकायले चाँडै सहजीकरण खेल्नुपर्ने आवश्यकता छ ।”
पछिल्लो समय केही स्थानीय निकायले राजस्वको दर परिमार्जन गर्दा सडक निर्माणको पहिलो चरणको काम माटो फिलिङ प्रक्रियामा जटिलता सिर्जना हुनसक्ने पन्तले बताए । निर्माण ठेक्का लाग्नु अगाडिको निर्माण सामग्रीको राजस्व दर ठेक्कापछि फेरबदल पर्न गएमा त्यसले निर्माण व्यवसायमा पर्ने अतिरिक्त आर्थिक भारबापत क्षतिपूर्ति दाबी गर्न पाउने व्यवस्था रहेको पन्तले जानकारी दिए ।    

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा स्तरोन्नति सुरु भएको हो । आयोजना निर्माणमा ३० करोड डलर लाग्ने अनुमान गरिएको छ ।  कूल ९५ दशमलव ७६० किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण हुनेछन् भने एक सय ४० वटा बक्स कल्वर्ट रहेका छन् । सोमध्ये पाइल फाउण्डेसन विधिबाट केर्खा खोला र कमल खोला पुल निर्माण भइरहेको र ८० वटा कल्वर्ट निर्माण  जारी रहेको प्रमुख पन्तले बताए । 

उनका अनुसार पूर्वी खण्डका पुलको जग निर्माण पाइलको काम २५ प्रतिशत पूरा भइसकेको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् । 

काँकरभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले हाल सो खण्डमा माटो फिलिङको काम भइरहेको बताए । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको उनको भनाइ छ । 

निर्माणका क्रममा कतिपय स्थानमा बिजुलीको खम्बा सार्ने र सडक निर्माणको कामसँगै गर्नुपर्ने हुँदा यो प्रक्रिया चाँडै अघि बढाउनुपर्ने प्रजापतिले बताए । सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाइएको छ । 

उनका अनुसार ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ । साथै शून्यदेखि ४५ किमीसम्म, ४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव ७७० किमीसम्म पाँच वटा ठेक्का लागेको छ । निन्दा, विरिङ, कन्काइ पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का प्रक्रिया पूरा भइसकेको छ । काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको प्रजापतिले बताए ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने प्रमुख प्रजापतिले बताए । 

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले जोइन्डमा सडक निर्माण गर्नेछन् । हाल धमाधम ‘साइट क्लियरेनस’ भइरहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए । 

गत फेब्रुअरी २ बाट ठेक्का लागू भएको आयोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने, थप एक वर्ष त्रुटि सच्याउने अवधि र थप पाँच वर्ष मर्मत अवधिसमेतको ठेक्का लागेको सडक आयोजनाका इटहरी कार्यालयका प्रमुख प्रजापतिले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँके, कैलाली र पाँचथरमा करेन्ट लागेर तीनजनाको मृत्यु

काठमाडौ । बाँके, कैलाली र पाँचथरमा करेन्ट लागेर तीनजनाको मृत्यु भएकामे छ । बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलैया बस्ने ४० वर्षीया तैरूक खाँ आफ्...

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपाल...

तालमा डुबेर एक महिलाको मृत्यु

सुर्खेत । सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छन् । ...

दाजु–भाउजू मात्र होइन कांग्रेसमा गोत्र मिल्ने सबैको छानबिन गरे हुन्छः महामन्त्री शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने ब...

सँगै सुत्न खोज्दा श्रीमतीले हालिन् बिहे भएको एकसातामै बलात्कार मुद्दा

काठमाडौं । काठमाडौंमा एक नवविवाहित महिलाले बिहेको एक सातामै पतिविरुद्ध  बलात्कार मुद्दा हालेकी छन् ।  श्रीमान्‌ले आफ्नो असहमति हुँदाहुँदै पनि शारीरिक ...

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

काठमाडौं । पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताएका छन्  ...

विद्यार्थी नभएर धमाधम विद्यालय बन्द, दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

हुम्ला  । हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्...

जेठ ११ देखि सहकारी पीडितले तेस्राे चरणकाे आन्दोलन सुरु गर्दै

काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन्  । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडित...

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ ।  मुगुको खत्याड गाउँपालिका(२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९...

जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies