Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल, नयाँ कार्यसमिति निर्वाचित

खबरडबली संवाददाता

काठमाडौं ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ । 

अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरेका थिए । मुलुकका २० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट  कलाकारहरु काठमाडौं आई सहभागी भएका छन ।

संघको शनिबार राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएका छन् । कटवालको अध्यक्षतामा संघका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती चयन भएका छन् । यस्तै उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रबिन्द्र रिमाल, सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भएका छन ।
यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् ।

यसैगरी संघको केन्द्रीय सदस्यहरुमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदिप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बि.सी., ढक बहादुर खत्री, उमेश शिवाकोटी, दिल बहादुर भण्डारी (दिनेश), यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन ।

नयाँ कार्यसमितिमा उपमहासचिब, सचिव, सहसचिब र महिला सदस्यमा मतदान भयो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भए । निर्वाचित पदाधिकारीहरुलाइ निर्वाचन समितीले आइतबार बिहान पद तथा गोपनियताको सपथ खुवाएको छ ।

पद तथा गोपनियताको सपथ लिएसँगै नव निर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थामा सबैलाई मिलाएर अगाडी बढाइने बताए,‘कलाकारको हक हितमा नयाँ योजना, यस संघको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र संगीत विकाश बोर्ड स्थापनमा मेरो विशेष प्रथमिता रहन छ ।’ उनले भने ।

श्रष्टा सम्मानसहित उद्घाटन समारोह सम्पन्न

यस अघि संघको उद्घाटन समारोह तथा १८ औं वार्षिक साधारणसभा कार्यवाहक अध्यक्ष प्रकाश कटवालको सभापतित्वमा शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो ।

सो उदघाटन समारोहमा प्रमुख अतिथिग बरिष्ट संगीतकार शम्भुजीत बासकोटा सहित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगाले, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापामगर, सोही प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल,राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, लोक सञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायतका अतिथि थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार रामजी बगाले, राष्ट्रिय लोकदोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, ग्रीनसिटिअस्पतालका अध्यक्ष एलबि टन्डन, साझासवाल मिडियाका सम्पादक अनिल अधिकारी, न्युजलाइन्स मिडियाका पत्रबार राजु भट्टसहित यस संघका विशेष सहयोगीहरुलाई सम्मानित गरिएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय संगीतकर्मी संघका तर्फबाट कलाकाहरुले निकै ठुलो योगदान पुर्याएको बताए । कलाकारहरुको एकता र हकहितका लागि यो संस्थाले गरेको काम प्रशंसनीय भएको बास्कोटाले बताए ।

सो समारोहमा राष्ट्रिय संगीतकर्मी संघका महासचिब अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै यो संघमा गायक गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेशाका कलाहरु आबद्ध रहेको बताए । आफु महासचिब हुँदाको अबस्थामा संघमा उल्लेख्य प्रगतिको कार्य भएको बताउँदै महासचिव खातिले सोबारे प्रकाश पारे ।

कार्यक्रमका विशिस्ट अतिथि, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एबम संघका सल्लाहकार रामजी बगालेले संघको १८ औं वार्षिक साधारण सभाको सफलताको  शुभकामना ब्यक्त गरे ।
यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले यो अधिवशेनले कलाकारहरु जुटेर अघि बढ्न सक्छन भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् । संघको अधिवेशनको शुभकामना दिँदै उनले आउँदा कार्यसमिति निकै राम्रो बन्ने जनाउदै प्रतिष्ठान र संघ एउटै आमाको दुई सन्तान भएको बताईन ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरु बद्री पँगेनी र चन्द्र शर्माले पनि संघको १८ औं वार्षिक साधारण सभाको सफलताको  शुभकामना ब्यक्त गरे ।

संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले आफु सँधै कलाकारहरुको हकहित र एकताको पक्षमा रहेको बताए । हरेक जिल्लामा पुगेर अधिवेशन गर्दै आफुले त्यहाँका कलाकारको समस्या बुझेकाले ती समस्या समाधानको लागि क्रियाशिल रहेको जनाए । अहिले बजारमा संघबारे विभिन्न गुटबन्दी चलिरहे पनि आफु एकताको पक्षमा रहेको कार्यवाहक अध्यक्ष कटवालले बताए । यो अधिवेशनब्स्स अध्यक्षको दावेदारी प्रस्तुत गरेका कटवालले आफु संघमा रहेर कलाकारहरुको सेवामा निरन्तर लागि पर्ने बताए ।

उद्घाटन समारोहका शुभारम्भमा नौमती बाजाले अतिथिहरुलाई स्वागत गरिएको थियो । देउडा नृत्य, झाँकी नाच, हुड्केली नृत्यसहित विभिन्न नृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending