Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कांग्रेस भन्छ -क्षेत्रमुखी बजेटले कनिका छर्ने काम भयो

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बजेटको विपक्षी दलका सांसदहरुले विरोध गरेका छन् । विनियोजना विधेयकमाथिको छलफलमा सहभागी लिँदै प्रतिपक्षका सांसदहरुले परम्परागत बजेट आएको बताएका छन् । सांसद हिमाल कार्कीले आवश्यकता र औचित्यको आधारमा भन्दा पहुँच र प्रभावको आधारमा बजेट विनियोजन भएको बताए । जिल्लामुखी र क्षेत्रमुखी बजेट आएको र स-साना योजनाको नाम कनिका छर्ने काम भएको उनले बताए । बजेट बनाउने क्रममा मन्त्रीहरु जिमदार बनेको र सांसदलाई रैतीको व्यवहार भएको उनको दाबी छ । कांग्रेसका अर्को सांसद सूर्यमा राईले सत्तारुढ संसदहरुलाई मात्र खुसी बनाउने बजेट आएको बताए । प्रतिपक्षका सांसदले पेश गरेका कार्यक्रमलाई खासै महत्व नदिएको उनको गुनासो छ । राईले भने, ‘प्रतिपक्षका तर्फबाट पेश भएका कार्यक्रम काट्ने काम भएको छ, यस्तो विभेद गरिन्छ भने हामीले प्रदेशलाई समृद्ध बनाउने देखेको सपना फिक्का हुनेछ ।’ सांसद शिवनारायण गनगाईले बजेट विनियोजनमा दलीय आधारमा विभेद भएको बताए । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानका लागि ४० लाख बजेट विनियोजन गर्दा मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ दिइएको उनले सुनाए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: