Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

यसरी हराए ८ लाख त्रिपाल

काठमाडौं : शून्य भन्सार सुविधा पाएपछि व्यापारीहरूले दुई साताभित्र साढे आठ लाख थान टेन्ट, त्रिपाल र तारपोलिन भित्र्याएका छन्। तर ती सामान भूकम्पपीडित नागरिकले सहजै बजारबाट सस्तो मूल्यमा खरिद गर्न नपाएपछि व्यापारीलाई दिइएको सुविधा नियन्त्रण गर्ने निर्णयमा सरकार पुगेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सरकारले नागरिकलाई सहुलियत दरमा टेन्ट र त्रिपाल खरिद गर्न दिने सुविधा दिए पनि व्यवसायीले त्यसको दुरुपयोग गरेका छन्। केही स्थानमा व्यवसायीले त्रिपाल र पाल लुकाएको घटना बाहिर आएको छ। यसले भन्सार छुटमा भित्र्याएको त्रिपाल र पालमा कतिपय व्यवसायीले बढी मूल्य असुली कालोबजारी गरेको पाइएपछि आइतबार भन्सार विभागले त्यस्ता व्यवसायीमाथि निगरानी राख्न पत्राचार गरेको छ। व्यापारीले त्रिपाल र टेन्ट सहजै नदिई लुकाएको आशंकामा स्थानीयले राजधानीकै बालाजु, थलीलगायतका स्थानमा पसल कब्जामा लिने प्रयास गरेपछि प्रहरी परिचालन गर्नुपरेको घटनालाई समेत आधार बनाई भन्सार विभागले यस्तो पत्राचार गरेको हो।
व्यापारीले त्रिपाल र टेन्ट सहजै नदिई लुकाएको आशंकामा स्थानीयले राजधानीकै बालाजु, थलीलगायतका स्थानमा पसल कब्जामा लिने प्रयास गरेपछि प्रहरी परिचालन गर्नुपरेको घटनालाई समेत आधार बनाई भन्सार विभागले यस्तो पत्राचार गरेको हो। भन्सारको पत्रमा तीन सय ३४ वटा व्यापारिक कम्पनी तथा फर्ममाथि निगरानी राख्न भनिएको छ।
पत्रमा केही कम्पनीहरूले आठपटकसम्म भन्सार छुटमा ४५ हजार थानस म टेन्ट र त्रिपाल भित्र्याएको जानकारी दिइएको छ। भन्सारले निगरानीका लागि प्रधानमन्त्री कार्यालय र त्यसमार्फत सबै निकायहरूलाई आग्रह गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
भन्सार विभागका अनुसार यस्तो पत्र गृह मन्त्रालय, राजस्व अनुसन्धान विभाग, वाणिज्य विभागलगायतका नियमनकारी निकायमा समेत पठाइएको छ।
भन्सार सुविधामा भित्र्याएका त्रिपाल र टेन्ट कति परिणाममा बजारमा छन् भन्ने जानकारी यो पत्र नपाउँदास म वाणिज्य विभागलगायतका केही सरकारी कार्यालयसँग थिएन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending