Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

पोर्चुगल र स्पेनबीच अाज भिडन्तः कसले मार्ला बाजी ?

विश्वकप फुटबलअन्तर्गत शुक्रबार पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित भिडन्त हुँदै छ । उपाधि दाबेदार मानिएको स्पेन र पोर्चुगलबीचको प्रतिस्पर्धालाई क्रिस्टियानो रोनाल्डोविरुद्ध सर्जिओ रामोसको भिडन्तका रूपमा समेत हेरिएको छ । जबकि दुवै स्टार खेलाडी रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मैत्रीपूर्ण खेलमा पोर्चुगलको प्रदर्शन औसत रहे पनि युरो च्याम्पियन पोर्चुगललाई पहिलोपटक विश्वकप जित्नुपर्ने चुनौती रहँदा २०१० पछि दोस्रोपटक स्पेन उपाधि यात्रामा छ । तर, विश्वकप सुरु हुन एक दिनअघि मात्र प्रशिक्षकलाई बर्खास्त गरेको स्पेनको रणनीति कस्तो हुने भन्ने अन्योलता रहने सम्भावना बलियो छ । रोनाल्डोविरुद्ध रामोस क्रिस्टियानो रोनाल्डो र रामोस रियल म्याड्रिडमा रहँदा निकै नजिकका मित्रहरू हुन् । तर, शुक्रबार मध्यरातको ९० मिनेट एक अर्काविरुद्ध देशका लागि प्रतिस्पर्धा गर्दै छन् । ट्याकलका लागि निकै माहिर मानिने रामोसले रोनाल्डोलाई कसरी रोक्लान् भन्ने चासो सर्वाधिक बढी छ । त्यस्तै, रोनाल्डोले पनि रामोसलाई चिर्दै गोल गर्नु कम चुनौतीपूर्ण हुनेछैन । रियल स्टार रोनाल्डोले स्पेनविरुद्ध गोल गर्न नसकेकाले उनीमाथि थप मानसिक दबाब छ । करिअरका दुई ठूला प्रतियोगिताहरू विश्वकप २०१० र युरो २०१२ मा आमनेसामने भएका पोर्चुगल र स्पेन दुवैका लागि जारी विश्वकपको पहिलो खेल नै अर्थपूर्ण हुनेछ । युरो जितेसँगै विश्वकप चुनौती बढ्यो अहिलेको फुटबल पुस्तामा चर्चित रहेका रोनाल्डोले आफ्नो उत्कृष्ट करिअरमा टिमलाई युरोकप २०१६ दिलाएपछि उनीमाथि पोर्चुगलले ठूलो आशा गरेको छ । विश्व फुटबलमा उपाधिविहीन रहेको पोर्चुगल अहिले रोनाल्डोकै बलमा स्वर्णिम युगमा छ । अझ रोनाल्डोको राम्रो फर्मले विश्वकप अभियानमा सफलता पाउनुपर्ने चुनौती पोर्चुगललाई छ । तर, पहिलो खेल नै उसको अघिल्लो चरणको यात्राका लागि सुरुवाती कदम हुने भएकाले उद्घाटन खेलमा नै जित निकाल्नु पहिलो चुनौती हो । फर्नान्डोलाई चुनौती अप्रत्यासित रूपमा स्पेनको राष्ट्रिय टिम सम्हाल्न आइपुगेका फर्नान्डो हिरोरलाई टिमलाई छोटो समयमा नै बुझ्दै विश्वकप च्याम्पियन बनाउनु आफैँमा चुनौतीपूर्ण छ । विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्र राष्ट्रिय टिममा अनुबन्धन भएका हिरोरलाई चुनौतीसँगै सम्भावना भएका प्रशिक्षकका रूपमा हेरिएको छ । पूर्व रियल म्याड्रिड कप्तानसमेत रहेका हिरोरले जुलेन लोपेटेगुइको प्रतिस्थापन कसरी गर्छन् यो भने पहिलो खेलले नै केही हदसम्म निर्णय गर्नेछ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies