Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

विश्वकपमा सहभागी सर्वाधिक पाँच धनी खेलाडी, कसको कमाइ कति ?

फुटबलकै महाकुम्भ हिजो मात्रै रसियामा सुरु भएको छ । अहिले सबै फुटबलप्रेमीको ध्यान रसियामा छ । हरेक खेलको नायँ जानकारी लिन पाठक निकै उत्सुक छन् । खेलाडीको पृष्ठभूमि, सम्पत्ति, योगदान तथा वर्तमान अवस्था इत्यादि विषयमा जान्ने रुचि खेलप्रेमीलाई हुन्छ । बिहिबारदेखि सुरु भएको विश्वकमा फुटबलका स्टारदेखि नयाँ खेलाडी छन् । यो पटकको विश्वकमा ३२ राष्ट्र सहभागि छन् । ती राष्ट्रबाट विश्वकपमा ७ सय ३६ खेलाडी सहभागी छन् । यी सयौं खेलाडीमध्ये यो पटकको विश्वकपमा केही यस्ता छन्, जो विश्वचर्चित मात्र नभएर त्यत्तिकै धनी पनि छन् । यसैबीच अमेरिकन चर्चित पत्रिका फोर्ब्सले विश्वकपमा सहभागीमध्ये धनी खेलाडीको नाम सार्वजनिक गरेको छ । फोर्ब्सले सर्वाजनिक गरेको सूचिमा अर्जेन्टिनाका लियोनल मेसी सबैभन्दा धनी देखिएका छन् । त्यसपश्चात पोर्चुगलका क्रिस्टियानो रोनाल्डो स्थानमा छन् । यस्तै, ब्राजिलका नेइमार तेस्रो धनी खेलाडीमा देखिएका छन् । यी तीनजना समग्रमा विश्वकै धनी खेलाडीको शीर्ष दशभित्र समावेश छन् । खेलाडीहरूको मुख्य आम्दानी नै क्लबबाट पाउने वार्षिक पारिश्रमिक हो । यसैगरी, उनीहरूले विभिन्न कम्पनीसँग सहकार्य गर्दै आम्दानी गर्ने गर्छन् । फोर्सले सहभागी सबै ३२ राष्ट्रका खेलाडीको समग्रमा वार्षिक आम्दानी ४ सय मिलियन पाउन्ड रहेको जनाएको छ । उसले केवल विज्ञापन र वार्षिक आम्दानीको मात्र विश्लेषण गरी खेलाडी छनोट गरिएको जनाएको छ । फोर्सले राष्ट्रिय टिमबाट दिइने पारिश्रमिक जोडेको छैन । लियोनल मेसी (अर्जेन्टिना) पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेसीको कुल सम्पत्ति ११ करोड १० लाख डलर रहेको छ । आधुनिक फुटबलकै सर्वोकृष्ट खेलाडी मेसी बार्सिलोना र अर्जेन्टिनाका प्लेमेकर हुन् । बार्सिलोनाको आत्मा भनिने मेसीले क्लबबाट प्रतिवर्ष २ करोड ७० लाख डलर पारिश्रमिकका रूपमा लिने गर्छन् । एडिडास, मास्टर कार्ड तथा पेप्सीको विज्ञापन गरेबापत उनले २ करोड ७० लाख डलर थप आर्जन गर्छन् । क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) \"\"सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएयता पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा चुलिएको हो । म्याड्रिडका अध्यक्ष परेजले रोनाल्डोविनाको क्लब पूरा नहुने बताउने गर्छन् । रोनाल्डो रसिया विश्वकपकै दोस्रो धनी फुटबलरमा गनिन्छन् । उनको वार्षिक कमाइ १० करोड ८० लाख डलर रहेको छ । रोनाल्डोले रियलबाट प्रतिसता ३ लाख ६५ हजार डलर थाप्छन् । नेइमार (ब्राजिल) \"\"२६ वर्षीय ब्राजिलियन नेमार जुनियर व्यावसायिक फुटबलमा भाग्य चम्काउन युरोपतिर हानिएका फुटबलर हुन् । ब्राजिलको सान्तोषमा आफ्नो करिअर नदेख्दा उनले रियल म्याड्रिडको आकर्षक प्रस्तावसमेत स्विकारेनन् । सानैदेखि मेसीलाई आदर्श मानेका नेमार बार्सिलोनासँग सामान्य मूल्यमै अनुबन्ध भए । बार्सिलोनामा तीन सिजन बिताउँदा उनी विश्वकै एक स्टार खेलाडी बनिसकेका थिए । महत्वाकांक्षी सपना देख्ने नेमार पुनः आफ्नो स्टारडमलाई एक उचाइ दिन फ्रेन्च क्लब पिएसजीमा विश्वकीर्तिमान रकम १९ करोड ८० लाख पाउन्डमा अनुबन्धित हुन पुगे । जीवनमा परिवर्तन खोजिरहने नेमार अहिले विश्कपकै तेस्रो धनी फुटबलमा पर्छन् । ब्राजिलियन कप्तान नेमारले ७ करोड ३० लाख डलर पारिश्रमिकबाट कमाएका छन् । उनले १ करोड ७० लाख पाउन्ड विज्ञापनबाट आर्जन गरे । पाउल पाउग्बा (फ्रान्स) \"\"पाउग्बा रसिया विश्वकपकै महँगा खेलाडीमा पर्छन् । २५ वर्षीय उनको वार्षिक आम्दानी २ करोड ९५ लाख पाउन्ड रहेको छ । युनाइटेडका महँगा खेलाडी पोग्बाले प्रतिसाता २ लाख ९० लाख पाउन्ड कमाउन्छन् । ओस्कार (ब्राजिल) \"\"ब्राजिलियन मिडफिल्डर ओस्कार अहिले चीनको संघाई क्लबमा आबद्ध छन् । चेल्सीबाट संघाईमा अनुबन्धित हुँदा उनको सम्झौता रकम ६ करोड पाउन्ड रहेको थियो । चेल्सीमा साढे चार वर्ष बिताएपछि ओस्कारले एकाएक संघाईको राम्रो प्रस्ताव स्विकार्दै सबैलाई स्तब्ध पारे । राष्ट्रिय टोलीबाट अहिलेसम्म उनले १२ गोल गरेका छन् । उनले संघाईबाट प्रतिसाता ४ लाख पाउन्ड आर्जन गर्छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies